सरकारी उदासिनताले भ्रष्टाचार संस्थागत हुँदैः टिआइ नेपालका अध्यक्ष प्रधानाङ्ग
२४ फागुन २०७७
•
२ मिनेट पाठ
सरकारी उदासिनताले भ्रष्टाचार संस्थागत हुँदैः टिआइ नेपालका अध्यक्ष प्रधानाङ्ग
ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले नेपालमा  भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी छन । फोनीज रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानाङ्गले सरकारी उदासिनताका कारण भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी हुन ।




संस्थागत हुँदै गएको भ्रष्टाचारको जालो तोड्न सरकार र नागरिक समाज गम्भिर भएर लाग्नु पर्नैमा उनले जोड दिइन । सरकारी उदासिनताकै कारण पछिल्लो एक दशक देखि मुलुक भ्रष्टाचारको दलदलबाट बाहिर निस्कन नसकेको उनको भनाइ थियो ।  ‘टिआइ नेपालले भ्रष्टाचार कहाँ कहाँ छ देखाइदिने हो । तर सरकारी पक्षले तथ्याङ्क नै गलत भएको टिका टिप्पणी गरेको सुनिन्छ । त्यसले सरकार भ्रष्टाचार रोक्न उदासिन छ भन्ने प्रष्ट हुन्छ’ प्रधानाङ्गले भनीन । भुकम्प पछि दातृराष्ट्रबाट आएको सहयोगमा समेत भ्रष्टाचार भएको भन्दै उनले शिक्षा,स्वास्थ्य,रोजगार जस्ता अतिसंवेदनशिल क्षेत्रमा समेत भ्रष्टाचार मौलाउदै गएको बताइन ।

भ्रष्टाचार रोक्न सरकारसंगै आम नेपाली नागरिक पनि आ आफनो स्थानबाट लाग्नु पर्ने भन्दै उनले त्यसमा महिलाहरुको सक्रियता अझ बढ्नु पर्ने बताइन । आधा भन्दा धेरै जनसंख्या रहेका महिलाहरुलाइ पाखा राखेर भ्रष्टाचार नियन्त्रण सम्भव नभएको भन्दै उनले भ्रष्टाचार नियन्त्रणको अभियानमा जुटन आग्रह पनि गरीन । एकजना महिलाले आफनो घरमा आउने रकम भ्रष्टाचार बापतको हो की हैन भन्नेमा निगरानी गरेर भ्रष्टाचार बिरुद्धको अभियानलाइ  साथ दिन सकिने प्रधानाङ्गले बताइन ।

यसैबिच पारदर्शी सरोकार समूह नेपाल बुटवलले नवनिर्वाचित अध्यक्ष प्रधानाङ्गलाइ सोमबार सम्मान गरेको छ ।  योगीकुटीमा आयोजित एक काय्रकममा  समुहका अध्यक्ष महेन्द्र पाण्डे,उपाध्यक्ष लालहरि पाण्डे,सचिव दिपक ढकाल,निर्वमान अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले सम्मानपत्रले प्रधानाङ्गलाइ सम्मान गर्दै सफल कार्यकालको सुभकामना दिए ।
अर्को समाचार
मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार
१९ पौष २०७८
•
५ मिनेट पाठ
मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिएपी मल खरिदमा भ्रष्टाचार गरेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १२ जनाविरुद्ध १ अर्ब ५३ लाख २२ हजार बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको छ। कमसल मल खरिदमा मुछिएका कृषि सामग्री कम्पनी लिमिटेडका बहालवाला कर्मचारीहरू, कमसललाई गुणस्तरीय मल भन्दै गलत प्रतिवेदन तयार पार्ने कम्पनी, ठेकेदार कम्पनीविरुद्ध अलगअलग १ अर्ब ५३ लाख रूपैयाँ माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको हो। आरोपपत्रमा दोषीमाथि तीन महिनादेखि ३ वर्ष सजायको माग पनि गरिएको छ।  




मल खरिदमा संलग्न लिमिटेडका प्रबन्ध सञ्चालक भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढासमेतले संस्थालाई हानिनोक्सानी पु¥याएको दाबीसहित अख्तियारले आरोपपत्र दर्ता गरेको छ।

सरकारले अनुदानको रासायनिक मल खरिद गर्न आर्थिक वर्ष ०७७/७८ मा ११ अर्ब रूपैयाँ विनियोजन गरेको थियो। मलका लागि विनियोजित कुल बजेटमध्ये ७० प्रतिशत लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिने गरिएको छ। अनुदानको मल खरिदमा भ्रष्टाचार भएको हो। डिएपी मल खरिद गर्दा लिमिटेडका कर्मचारी र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरीय भनी गलत प्रतिवेदन तयार गरेर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। मलको गुणस्तर परीक्षण गर्दा कमसल देखिएको मललाई गुणस्तरीय भनी प्रतिवेदन दिन लगाएको भन्दै ठेकेदार कम्पनीलाई पनि मुद्दा चलाइएको छ।

गलत प्रतिवेदन बनाउन संलग्न रहेका नेपाल इन्भाइरोन्मेन्ट साइन्टिफिक प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्रकुमार डागा, भोलानाथ चौधरी र मनोज आचार्यउपर बिगो १ अर्ब, ५३ लाख २२ हजार ४ सय ६ रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) को कसुरमा निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुनुपर्ने मागदाबी गरिएको छ।

त्यसैगरी लिमिटेड र आपूर्तिकर्ताबीच भएको ठेक्का सम्झौताको गुणस्तर मापदण्डभन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति गरेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त प्रयोगशाला प्रतिवेदनबाट प्रमाणित भएकाले आपूर्तिकर्ता जोशी बिज हाउस प्रालि, काठमाडौंका तर्फबाट लिमिटेडलाई १ अर्ब ५३ लाख र ठेक्का सम्झौताबमोजिम सर्त उल्लंघन भएको भन्दै त्यसका कार्यकारी निर्देशक विनित जोशीउपर १ अर्ब ५३ लाख रकमबराबरको बिगो मागदाबी गरी आरोपपत्र दर्ता भएको छ।

सरकारले तोकेको आदेश– २०५५, सार्वजनिक खरिद ऐन– २०६३, नियमावली– २०६४ विपरीत कृषि सामग्री कम्पनी लिमिटेडले बिनाप्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भाइरोन्मेन्ट एण्ड साइन्टिफिक सर्भिस प्रालिलाई ठेक्का दिएको थियो। लिमिटेडले खरिद गरेको मलमा सरकारले तोकेको गुणस्तर नरहेको, गलत प्रतिवेदन बनाएर पेस गरेको, आर्थिक अनियमितता गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपत्रमा उल्लेख छ।

गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट मल तोकिएको गुणस्तरको मापदण्डभन्दा कम गुणस्तरको पाइएको हो। लिमिटेडले तयार गरेको मापदण्डबमोजिम गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेस गरिएको थियो। त्यसै प्रतिवेदनसमेतका आधारमा आपूर्तिकर्तालाई कुल रकमको ९० प्रतिशतले हुन आउने रकम १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रूपैयाँ भुक्तानी दिइएको थियो। यसरी दिइएको रकम हानिनोक्सानी भएको पुष्टि भएकाले सजायसहितको मागदाबी अख्तियारले गरेको हो।

लिमिटेड र आपूर्तिकर्ताबीच भएको ठेक्का सम्झौताको मापदण्ड गुणस्तरभन्दा कम भएको डिएपी मललाई सर्भेयरको सूचीमा अद्यावधिकसमेत गरिएको छैन। स्वतन्त्र सर्भेयरसँग बिनाप्रतिस्पर्धा प्रचलित खरिद कानुन एवं रासायनिक मल (नियन्त्रण) आदेशका प्रावधानविपरीत गैरकानुनी रूपमा गुणस्तर परीक्षण गरिएको छ। मल कम्पनीको स्वीकृत मापदण्डबमोजिमकै गुणस्तरीय भएको भन्ने गलत प्रतिवेदन तयार गर्न लगाई त्यसका आधारमा मलको ९० प्रतिशत भुक्तानीसमेत दिने निर्णय गरिएको थियो।

‘ठेक्काबाट आपूर्ति गरिएको डिएपी मलको ९० प्रतिशत हुन आउने भुक्तानी दिने निर्णयमा संलग्न भएको भन्दै नेत्रबहादुर भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्करदीप बुढाउपर १ अर्ब, ५३ लाख २२ हजार ४ सय ६ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा १७ को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१), दफा ३ को उपदफा (१) को (झ) बमोजिम सजाय गरी दफा १७ बमोजिम बिगो असुलउपर गरी प्रबन्ध सञ्चालक भण्डारी कृषि सामग्री कम्पनी लिमिटेडको प्रमुख पदाधिकारीसमेत रहेको देखिँदा ऐनको दफा २४ बमोजिम थप सजाय हुनुपर्छ,’ अरोपपत्रमा लेखिएको छ।  

प्रबन्ध सञ्चालक भण्डारी कृषि सामग्री कम्पनी लिमिटेडको प्रमुख पदाधिकारीसेमत रहेको देखिँदा ऐनको दफा २४ बमोजिम थप सजाय हुनुपर्ने मागदाबी लिइएको छ।  

‘संगठित संस्थाको सुविधा वा अधिकारको दुरूपयोग गरेमा वा त्यस्तो कुनै कार्य गर्न प्रयत्न गरेमा वा मद्दत गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ’ ऐनमा उल्लेख छ।

गलत प्रतिवेदन तयार गर्ने/गराउने नेपाल इन्भाइरोन्मेन्ट साइन्टिफिक प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा संस्थाका मुख्य व्यक्ति रहेका छन्।

त्यसै संस्थामा ल्याब निर्देशकको जिम्मेवारीमा रही परीक्षण प्रतिवेदन पूर्ण जवाफदेही बहन गर्नुपर्ने सुनिलबाबु खत्री, आफू प्रयोगशाला परीक्षण कार्यमा संलग्न नरहेरसमेत परीक्षण प्रतिवेदन प्रमाणित गरी भन्सार कार्यालय प्रतिवेदन तयार गर्ने सिनियर सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी, कम्पनी र नेपाल इन्भाइरोन्मेन्ट साइन्टिफिक प्रालिका बीच संस्थाका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यसमेतको कसुरमा संलग्नता देखिएको अख्तियारको दाबी छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस