यसरी घट्यो फेवातालको १६०९ रोपनी
२५ फागुन २०७७
•
४ मिनेट पाठ
यसरी घट्यो फेवातालको १६०९ रोपनी
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ ले २०६९ सालमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो। तर पुण्यप्रसाद पौडेलको संयोजकत्वमा हालै गठित फेवाताल चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम गर्‍यो। अहिले कायम गरिएको क्षेत्रफल लामिछाने प्रतिवेदनले कायम गरेको क्षेत्रफलभन्दा १ हजार ६ सय ९ रोपनी कम हो। फेवातालको अघिल्लो प्रतिवेदनमा देखिएको १ हजार ६ सय ९ रोपनी जमिन कहाँ गयो ? नागरिक समाजका अगुवादेखि अधिकांश पोखरेली यसको जबाफ मागिरहेका छन्।




पौडेल समितिले लामिछाने प्रतिवेदनको सीमांकन र अहिलेको सीमांकन एकै भएको दाबी गरेको छ। यसलाई उच्चस्तरीय आयोगका तत्कालीन संयोजक लामिछानेले पनि स्विकारेका छन्। त्यसो भए किन फरक पर्‍यो त दुई प्रतिवेदनको क्षेत्रफल ?

फेवाताल चार किल्ला निर्धारण समितिले तालको पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवनलाई चार किल्ला कायम गरेको छ। तल्लो तटीय क्षेत्र ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौंदी, लामीडाँडा, अनदुसमेतको क्षेत्रमा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मानिएको छ। त्यस्तै फेवातालको मुहानपट्टि मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पनखोला पार गरी भकुन्डे खोलाको अन्तिम घुम्तीनजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोएर पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेट्दै पामे घाँटीछिना मोटरबाटोसम्म सीमांकन गरिएको छ। तालको सीमारेखाको परिधि १८ किलोमिटर कायम गरिएको छ।

पौडेल समिति र लामिछाने प्रतिवेदनको सीमांकन लगभग उस्तै छ। यो दुई प्रतिवेदनबीच फरक भनेको भकुण्डे खोला तालअन्तर्गत पर्छ कि पर्दैन भन्ने मात्रै हो। लामिछाने प्रतिवेदनले भकुन्डे खोलालाई तालको स्रोत मानेर त्यसलाई राखेर सीमांकन गरेको छ। तर पौडेल समितिले भकुन्डे खोलालाई ताल क्षेत्र नभएकाले समेटेको छैन। लामिछाने प्रतिवेदनका संयोजक लामिछाने भकुन्डे खोला र आसपासको क्षेत्र तालकै भएको बताउँछन्। उनी भन्छन्, ‘यो पहिले ताल नै थियो तर कालान्तरमा धापमा परिणत भयो।’ भकुन्डे खोला मात्र नभई त्यसभन्दा माथिको क्षेत्र पनि तालकै भएको उनको दाबी छ। २०३१ सालअघि ताल भएको सो क्षेत्र २०३१ सालमा बाँध फुटेर ताल सुक्दा स्थानीयले जग्गा अतिक्रमण गरेको र उनीहरूले २०३२÷३३ सालमा नापी हुँदा सो जग्गा दूषित रूपमा आफ्नो नाममा दर्ता गरेको उनको भनाइ छ।

आफ्नो प्रतिवेदनले स्पष्ट किटान गरी त्यस क्षेत्रमा कुल २ हजार १ सय ५ रोपनी जमिन रहेको र त्यसमध्ये ५ सय ४० रोपनीमा स्थानीयले १९९० सालदेखि नै तिरो तिर्दै आउनुका साथै भोगचलनसमेत गर्दै आएको पाइएकाले त्यसलाई व्यक्तिकै नाममा राख्दा त्यसबाहेकको १ हजार ५ सय ६५ रोपनी जमिन तालमा राखिएको उनले प्रस्ट्याए। त्यसबाहेक सोही क्षेत्रनजिक रहेको १ सय २७ रोपनी जमिनसमेत त्यसरी नै अन्य व्यक्तिले दूषित रूपमा दर्ता गरेकाले सो जमिनलाई पनि तालमा समेटिएको उनको भनाइ छ। उनले ती दूषित रूपमा दर्ता भएको जग्गाको लालपुर्जा नै खारेज गर्नुपर्ने बताए।

फेवाताल चार किल्ला निर्धारणसमितिका संयोजक पौडेल भने सो जग्गा तालको हुनै नसक्ने ठोकुवा गर्छन्। भकुन्डे खोला २०१० सालदेखि आफ्नो स्वरूप परिवर्तन नगरी निरन्तर एउटै धारमा हिँडेको र तालले सो खोलालाई कहिल्यै छोएको नदेखिएकाले त्यस क्षेत्रलाई तालको क्षेत्रफलमा नसमेटिएको उनको भनाइ छ। यही समितिका सदस्य सचिव तथा नापी विभागका इन्जिनियर खिमलाल गौतम पनि भकुन्डे खोलालाई ताल मान्न नसकिने बताउँछन्। ‘सबै खोला ताल हुन सक्दैन,’ उनले भने, ‘खोलाले लामो समयसम्म स्वरूप वा धार परिवर्तन नगरेकाले त्यहाँ ताल मिसिएको मान्न सकिँदैन, त्यो ताल क्षेत्र होइन।’ यो समितिले फेवातालको सीमांकन सकिएकाले अब दूषित जग्गा छानबिन गरिरहेको भन्दै अहिल्यै फेवातालको जमिन हरायो भन्दै नकुर्लिन आग्रह गरेको छ। सदस्य सचिव गौतमले भने, ‘हामीले पहिलो चरणमा सीमांकन मात्रै गरेका हौं, दूषित जग्गा खोज्दैछौं। त्यो पनि पत्ता लगाएरै छाड्छौं।’

२०३२ सालमा पहिलो कित्ता नापी हुँदा कित्ता नम्बर २९७ मा रहेको फेवातालको क्षेत्रफल ४.४३ वर्गकिमि देखिएको छ भने २०३८ मा नेपाल सरकार र युएनडीपीको अध्ययन प्रतिवेदनले तालको क्षेत्रफल ५.८ वर्गकिमि भनेको छ। २०५२ सालमा सार्वजनिक भएको आइयुसिएनको प्रतिवेदनमा तालको क्षेत्रफल ४.४९ वर्गकिमि तोकेको छ। २०५८ सालमा कास्कीको तत्कालीन जिल्ला विकास समितिले ताल नापजाँच ४.२५ वर्गकिमि छ। २०६४ सालमा पोखरा उपत्यका नगर विकास समितिले गरेको सर्भेबाट तालको क्षेत्रफल ५.०६ वर्गकिमि देखिन्छ। २०६८ सालमा गठित लामिछाने नेतृत्वको समितिले फेवातालको बाँध फुट्नुअघि २०३१ साललाई आधार बनाएर तालको क्षेत्रफल ६.५ वर्ग किलोमिटर तोकेको छ।
अर्को समाचार
फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास
जलउत्पन्न प्रकोप तथा खोँचमा गरिने उद्धारको फेवातालमा नमूना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीले कृत्रिम नमुना अभ्यास आयोजना गरेको हो ।  




अभ्यासमा मुक्तिनाथ बाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्ममा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले भाग लिएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआईजि कालीदास धौवजीले विपद् उद्धारकको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानिय सरकार थप जिम्मेवारीका साथ कटिवद्ध हुनुपर्ने  बताए।  

कालिका गणका गणपति एसपि अरुण पौडेल शर्माले यस किसिमका नमुना अभ्यासले फौजप्रति सर्वसाधारण जनताको विश्वास एवं भरोसा बढ्नुका साथै उद्धारकमा समेत आइपरेको बेला आत्मवल बढ्ने र उद्धार कार्यमा निखारपन आउने बताए।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३० सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस