फेवातालको ताल बाराही मन्दिर तीन ईञ्च दक्षिण ढल्कियो
०९ साउन २०७९
•
२ मिनेट पाठ
फेवातालको ताल बाराही मन्दिर तीन ईञ्च दक्षिण ढल्कियो
फेवातालको बीचमा रहेको तालवाराही मन्दिर।
फेवातालको बीचमा रहेको तालवाराही मन्दिर तीनईञ्च दक्षिणतर्फ ढल्किएको छ। भुईंतला सहित तीनतले मन्दिर ढल्केपछि पूर्ननिर्माण गर्नुपर्ने अवस्था आएको छ। जसका कारण मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थी समेत जोखिममा परेका छन्।




मन्दिर हालै ढल्किएको भने होईन। करिब तीनवर्ष अघि नै मन्दिर दक्षिणतर्फ ढल्किएको पत्ता लागेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए ।

कुँवरका अनुसार २०७२ सालको भूूकम्पले मन्दिरका अधिकांश भाग चर्काएको थियो। सोही भूकम्पका कारण मन्दिरको दक्षिणतर्फ रहेको आँपको रुख पनि ढल्किएको थियो। रुख ढल्किदाँ त्यसको जरा उखेलिएका कारण पछि त्यो रुख सुकेर म¥यो। रुख सुकेपछि त्यसलाई निकालिएको अध्यक्ष कुँवरले बताए।

रुख निकालेपछि मन्दिर केही ढल्किएको जस्तो देखेपछि पुरातत्वविद्हरुलाई ल्याएर देखाउँदा मन्दिर तीन ईञ्च ढल्किएको पुष्टि भएको उनले बताए। ‘हामीले पुरातत्व विभागका पुरातत्वविद्लाई समेत जानकारी गरायौं,’ उनले भने, ‘पुरातत्वविद्को नेतृत्वमा दुईजना ईञ्जिनियर समेत आएर नापजाँच गर्दा मन्दिर ढल्किएको पुष्टि भएको थियो।’

मन्दिर ढल्किनुको कारण ठ्याक्कै भन्न नसकिने अध्यक्ष कुँवरले बताए। ‘भूकम्पका कारण मन्दिर जिर्ण बन्नु, मुसाले मन्दिरको तलसम्मै प्वाल बनाउनु, रुखको जरा मन्दिर भित्रसम्म पनि पस्नु जस्ता कारणले मन्दिर ढल्किएको हुनसक्छ,’ उनले भने ।

मन्दिर ढल्किएर जोखिम बढेपनि यसको पुर्ननिर्माणको प्रक्रिया भने अगाडि बढेको छैन। तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर पुर्ननिर्माणका लागि पुरातत्व विभाग र गुठी संस्थानलाई आग्रह गरिसकेको छ। तर पुरातत्व विभाग र गुठी संस्थानले पुर्ननिर्माणबारे निर्णय गरि नसकेको अध्यक्ष कुँवरले बताए।
मन्दिर ढल्किए पनि दैनिक पूजाआजा चलिरहेको छ। तर कतिबेला मन्दिर भत्किएर किच्ने हो कि भन्ने चिन्ता पूजारी र गुठी व्यवस्थापन समितिलाई छ। ‘पुर्ननिर्माणबारे निर्णय नगर्दा हामीलाई न पूजा गर्न दिनु, न पूजा रोक्नु भएको छ,’ अध्यक्ष कुँवरले भने, ‘पूजा गर्दा जोखिम छ, नगर्दा दर्शनार्थी निराश हुन्छन्।’

मन्दिर पुर्ननिर्माणका लागि करिब एककरोड लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए। भुईंतलासहित तीनतले मन्दिरको दोश्रो तलामा मात्रै २० वटा टुँडाल छन्। ती मध्ये केही काम लाग्ने छन् भने कतिपय जिर्ण बनेका छन्। पुर्ननिर्माण गर्दा मन्दिरको डिजाईन परिवर्तन गर्न नपाईने भन्दै उनले भने, ‘मन्दिरको डिजाईन त्यहि राखेर मन्दिर चारफिट उत्तरतर्फ सारेर बनाउँदा राम्रो हुन्छ।’ त्यसो गरेमा पूर्वबाट पसेर दक्षिण ढोकाबाट निस्केर मन्दिर परिक्रमा गर्न सजिलो हुने उनको भनाई छ। अहिले तालसँगै जोडेर निर्माण गरिएकाले मन्दिर परिक्रमा गर्न कठिनाई भएको उनले बताए।

तालवाराही मन्दिर तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले विस२०१७ सालमा निर्माण गराएका थिए। तत्कालीन समयमा खरको झुपडी बनाएर शुरु गरिएको सो मन्दिर पछि एकलाख २० हजार रुपैयाँ  खर्च गरेर पुर्ननिर्माण गरी कलात्मक काठ, टुँडाल र माटोको प्रयोग गरेर बनाइएको छ। सिमेन्टको जस्तै काम गर्ने माटोको प्रयोग गरिएकाले मन्दिर बलियो रहेकाले अहिलेसम्म धानिएको अध्यक्ष कुँवरले बताए।
अर्को समाचार
फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास
जलउत्पन्न प्रकोप तथा खोँचमा गरिने उद्धारको फेवातालमा नमूना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीले कृत्रिम नमुना अभ्यास आयोजना गरेको हो ।  




अभ्यासमा मुक्तिनाथ बाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्ममा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले भाग लिएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआईजि कालीदास धौवजीले विपद् उद्धारकको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानिय सरकार थप जिम्मेवारीका साथ कटिवद्ध हुनुपर्ने  बताए।  

कालिका गणका गणपति एसपि अरुण पौडेल शर्माले यस किसिमका नमुना अभ्यासले फौजप्रति सर्वसाधारण जनताको विश्वास एवं भरोसा बढ्नुका साथै उद्धारकमा समेत आइपरेको बेला आत्मवल बढ्ने र उद्धार कार्यमा निखारपन आउने बताए।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस