पोखरा क्षेत्रमा बुधबार दिउँसो भीषण असिनापानी परेको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार प्री मनसुन सुरु भएपछिको यो पहिलो वर्षा हो । भीषण असिनापानीले पोखरा र आसपासका क्षेत्रको खेतबारीमा लगाइएको तरकारीबालीमा क्षति पु¥याएको छ ।
जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार प्रीमनसुन मार्च १ देखि सुरु हुन्छ र जुन ९ सम्म रहन्छ । प्री मनसुनको अवधि सकिएपछि बल्ल मनसुन सुरु हुन्छ ।
उनका अनुसार प्र्री मनसुनको अवधिमा वायुमण्डल ‘अनस्टेबल’ हुने हुँदा दिउँसोमा घाम लाग्ने बेलुकीपख पानी पर्ने सम्भावना रहन्छ । ढकालका अनुसार प्री मनसुनमा गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने, हावाहुरी चल्ने र वर्षा हुने सम्भावना हुन्छ । यो बेलामा असिना पनि पर्न सक्ने उनले बताए । ‘हावाहुरी, असिनापानी र चट्याङको मौसम हो । हिमाली भेगमा हिउँ पनि पर्न सक्छ,’ढकालले भने, ‘त्यसैले यो बेला सचेत हुनुपर्छ ।’
तराईको भेगमा आगलागी हुने र पहाडी भेगमा चट्याङको त्रास हुने उनले बताए । पोखरामा विहीबारको वर्षालाई प्री मनसुनको पहिलो वर्षा भन्न मिल्ने उनले बताए । ‘अबको तीनमहिना पोखरा क्षेत्रमा दिनहुँ पानी पर्ने सम्भावना हुन्छ, यो बेला जोगिनुपर्ने हुन्छ,’ उनले भने । लामो समयदेखिको हुस्सु र तुवाँलो पनि अब हट्न सक्ने उनले बताए । पोखरामा अब झनै गर्मी बढ्ने पनि ढकालले बताए ।
असिनापानी परेपछि किसानले भने राहत महसुस गरेका छन् । तर असिनाले थिच्दा क्षति पनि भोग्नुपरेको छ । लामो समय पानी नपर्दा चिन्तित भएका किसान खुुसी भएका छन् । असिनाले तरकारी खेती पनि नोक्सान गरेको पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार एकघन्टा जति परेको असिनापानीले पोखरा–१७ को बिरौटा, छोरेपाटन र २२ को पुम्दीभूम्दी लगायतको क्षेत्रमा खेतबारीमा लगाएको तरकारीमा नोक्सान भएको छ ।
काउली, बन्दा, लसुन, प्याज, मकै, सिमि, बेमौसमी लहरे बाली, सुन्तला लगायतमा क्षति पुर्याएको उनले बताए । असिना छेक्ने जाली प्रयोग गरि आफुले लगाएको बाली सुरक्षित गर्न सकिने कडरियाले बताए । ‘खेतीलाई पानी आवश्यक थियो,’ उनले भने, ‘तर, असिनाले नै क्षति पु¥यायो । भर्खर रोपेको तरकारीका विरुवा नोक्सान गरेको छ ।’
भिषण हावाहुरीले खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरीको संरचना ढालेको छ । इन्द्रेणीपोखरीको पर्यटन प्रवद्र्धनका लागि वर्ष दिनअघि पोखरीमा बनाइएको फलामे पुलको रेलिङ, पुलमाथिबाट बनाइएको फलामको पाताको इन्द्रेणीको आकृति, पोखरी प्रवेश गर्ने गेट लगायतका संरचना हावाहुरीले बिगारेको हो । मंगलबार अपरान्ह्न असिनापानीसँगै आएको हावाहुरीले इन्द्रेणीपोखरीमा बनाइएको पुल तथा पुलमाथिबाट बनाइएको इन्द्रेणी आकृतिमा क्षती पुगेको वडाध्यक्ष देबिन्द्र राईले बताए ।
हावाहुरीले फलामे पाताको इन्द्रेणी आकृति ढल्दा पुलको रेलिङ समेत भाँचिएको हो । इन्द्रेणीपोखरी प्रवेश गर्ने गेटमा समेत काम नलाग्नेगरी क्षती पुगेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत विनियोजन गरिएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको २० लाखमा निर्माण गरिएको संरचनामा हावाहुरीबाट करिब ४ लाख १८ हजार बराबरको क्षती पुगेको वडाध्यक्ष राईले बताए ।
सदियौंदेखि संरक्षणको अभावमा ओझेलमा परेको इन्द्रेणीपोखरीमा गत आर्थिक वर्ष फलामे पुलको रेलिङ, फलामको पाताको इन्द्रेणी, पोखरी प्रवेश गर्ने गेट, काँडे तारको घेराबारा लगाउने, पोखरीको चारैतिर जग उठाएर पर्खाल लगाउने, ढलान गर्ने, पोखरीको तालमा सोलिङ गर्ने लगायतका काम गरिएको थियो । हावाहुरीले बिगारेको इन्द्रेणीपोखरीको संरचना बुधबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मानसकुमार राई, ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरिक्षक सुर्यनारायण माझी लगायतले निरीक्षण गरेका छन् । हावाहुरीले स्वास्थ्यचौकी इन्द्रेणीपोखरीको सोलार, गिजरबक्स, ट्यांकी उँडाउँदा दुई लाखको क्षती भएको वडाध्यक्ष राईले बताए ।
हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा बाघखोरका भक्तबहादुर राईको घरको छाना उँडाएको छ । यस्तै, सोही हावाले स्थानीय बालकन्य प्राबिको शौचालय र युवा समुहको भवनको छाना उँडाएको वडा सदस्य घनश्याम राईले बताए । हावाहुरीले जस्ताको छाना उँडाएर पाखामा छरपष्ट बनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला महुरेका रामबहादुर गिरीको घरको छाना उँडाएको छ । हावाहुरी पिडित गिरीलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आर्थिक सहयोग गरेको छ । बुधबार नुनथलाका वडाध्यक्ष भीम राईमार्फत गिरीलाई १० हजार आर्थिक सहयोग गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।
हावाहुरीले खेतबारीमा लगाइएको मकै, आलु, केरा, फलफुल लगायतका बालीनाली नष्ट पारेको छ । असिनाले समेत बालीनालीमा क्षती पुर्याएको छ । हावाहुरीकै कारण जिल्लामा मंगलबार अपरान्हदेखि विद्युत अवरुद्ध भएको छ ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...