४० वर्षदेखि परिवारबाट टाढा रहेका तिम्सिना भन्छन्ः आमालाई भेट्न आतुर छु
०८ चैत्र २०७७
•
३ मिनेट पाठ
४० वर्षदेखि परिवारबाट टाढा रहेका तिम्सिना भन्छन्ः आमालाई भेट्न आतुर छु
चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो।




उनी काँकडभिट्टामा आज बिहान ९ः१५ बजे आइगेका हुन्। कोलकाताबाट हिजो स्थलमार्ग हुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्वार संस्था, सञ्चारकर्मी र आफन्तहरुले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। काँकडभिट्टामा आजै आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देश आउन पाएकामा खुसी व्यक्त गर्दै आफू निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताए। उनले आफ्नी आमालाई भेट्न आतुर भएको बताए।

कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उद्वार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पोर्तेल र चिरञ्जीवी घिमिरेले उनलाई लिएर आएका हुन्। लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ। उनी कम बोल्छन् र एकोहोरिन्छन्।

अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा छ/छ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उनका भाइ प्रकाशचन्द्रले बताए। उनको मुद्दाको अन्तिम फैसला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिए।

बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिए। हाल बुवा र माइला भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी उनलाई व्यग्रतापूर्वक पर्खिरहेका छन्।

भाइ प्रकाशचन्द्रका अनुसार दुर्गाप्रसादको बोलाउने नाम दीपक हो। १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए। दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो। खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन। “कतैबाट खबर नआएपछि दाजु आन्दोलनमै मारिनुभयो होला भन्ने घरपरिवारमा लागेको थियो”, भाइ प्रकाशचन्द्रले भने,“चालीस वर्षपछि बङ्गाल रेडियो क्लबका माध्यमले उहाँ जेलमा जीवितै रहनुभएको खबर आयो।”

हुन त विसं २०६९ मा दीपक जैशी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो। जेलमा बस्दा उनले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ। तर यता घरमा भने बेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो। चिठ्ठीको सत्यता जाँच्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन्।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए। दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पुर्‍याएपछि मिडियामा समाचार छापिन थालेका हुन्। उनलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको प्रकाशचन्द्रले बताए।

दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए, त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो। तर उनीमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ। प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्‍याइएको पाइएको छ।

हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए। घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा छन्। उनी सात वर्षकै हुँदा बुवा चम्पाखरको निधन भएको थियो। दुर्घटनामा परी आमा धनमायाको एउटा हाट काटेर फाल्नुपरेको थियो।

रातभरि अनिँदो अवस्थामा गाडी चढेर काँकडभिट्टा आइपुगेका दुर्गाप्रसादले पत्रकारसँग हाँसो साट्ने र थोरै बोल्न मात्र सके। उनले सेतो कमिज र खरानी कलरको ट्राउजर लगाएका थिए। उनका भाइ प्रकाशचन्द्रले इलामबाट थप आफन्तहरु काँकडभिट्टा आइपुगेपछि पहिलो मिलन गराएर आजै घर पुर्‍याइने बताए। रासस
अर्को समाचार
उपचुनावको सन्देश
१८ वैशाख २०८१
•
२ मिनेट पाठ
उपचुनावको सन्देश
गत शनिबार बझाङमा प्रदेश सांसद र इलाममा संघीय सांसदका लागि भएको चुनावले मुलुकको राजनीतिक हावा कता बगिरहेको छ भन्ने बुझ्न सघाएको छ। यतिबेला मतदाता कुन दल, कुन वाद वा कुन विचार मन पराउँछन् वा उनीहरू राजनीतिप्रति कति वितृष्णा पालेर बसेका छन् भन्ने जिज्ञासाको उत्तर पनि यो चुनावको परिणामले दिएको छ। खासमा दल/व्यक्ति विशेषको वास्तविक धरातल सम्झाइदिएको छ यो चुनावले।




यतिबेला नेपाली मतदातासँग राजनीतिप्रति रुष्ट भएका अनुमान सर्वत्र गरिएको हो। तर बझाङमा ४९ प्रतिशत र इलाममा ५७ प्रतिशत हाराहारीमा मतदान हुनुले यो अनुमानमा आशंका गर्ने ठाउँ दिएको छ। मुलुक चलाउने सबै नीतिको माउनीति राजनीति भएकाले यसमा सम्पूर्ण मतदाता प्रत्यक्ष संलग्न नभए पनि चासो राख्नु लोकतन्त्र फस्टाउनका लागि अपरिहार्य छ। यसरी हेर्दा मतदानमा देखिएको यो सहभागितालाई उत्साहजनक नै भन्नुपर्छ। भलै बाँकीले किन मतदान गरेनन् भनेर खोजतलास गर्नु पनि उत्तिकै आवश्यक छँदैछ।

अब पुराना दलका दिन सकिए भन्ने भाष्य पछिल्लो समय एउटा वृत्तबाट खडा गरिँदै आएको थियो। अर्कोतर्फ नयाँ खोलिएका दलले चमत्कार नै गर्छन् भन्ने हौवा पनि फैलाइएको थियो। चुनावमा पनि त्यसैगरी प्रचारप्रसार गरिएको थियो। तर मतदाताले यी दुवै दाबीलाई खारेज गरिदिए। पुराना दलले आमजनको अपेक्षा अनुरूप काम नगरे पनि आशा गर्ने ठाउँचाहिँ बाँकी परिणामले देखाएको छ।

अर्कोतर्फ लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा पनि व्यक्तिविशेषलाई सर्वोच्च स्थानमा राखेर अघि बढ्न खोज्ने प्रवृत्तिलाई मतदाताले अस्वीकार गरे। केही लोकप्रिय निर्णय गरेर वाहवाही खाने बानी परेका र दीर्घकालीन असर/प्रभावबारे नसोच्नेहरूलाई पनि मतदाताले सशंय गरेका छन्। पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा, वर्गका नाममा वा कुनै वंशवादका आधारमा राजनीति गर्नेहरूलाई पनि उनीहरूले भद्रतवरले सतर्क गराएका छन्। तर, पहिचानको राजनीतिलाई पूर्णरूपमा अस्वीकार गर्न पनि नहुने प्रस्ट संकेत पनि गरेका छन्।

अवश्य हो, नेपाली कांग्रेस र एमालेले अक्षम्य गल्ती गरेका छन्। त्यो पनि पटक पटक। भ्रम नपाले हुन्छ, जनताले खुसी भएर यिनै पुराना दललाई मतको पोको ओइराएका हैनन्। तुलनात्मकरूपमा अहिलेका लागि आफ्नो निर्णय दिएका मात्र हुन्। विजयी हुनेहरू राम्रो काम गरेकाले हैन, विकल्पमध्ये कम खराब छनोट गरेका मात्र हुन्।

स्थिरता समृद्ध मुलुकका लागि पहिलो सर्त हो। हाम्रो सन्दर्भमा राजनीतिक स्थिरता कंग्रेस, एमाले जस्ता ठूला दलबाट मात्र सम्भव देखिन्छ। अझ यी दुई दल मिल्दा झनै प्रभावकारी वातावरण बन्न सक्छ। अहिले आममतदाताले यी दुई दलप्रति मतमार्फत प्रदर्शन गरेका अपेक्षा पनि यही स्थिरताका चाहना हो भन्ने बुझ्न कठिन छैन । मतदाताले त आफ्नो चाहना मतपत्रमार्फत व्यक्त गरे। अब यसलाई व्यावहारिक साँचोमा ढाल्ने काम भने यिनै ठूला दलको काँधमा आइपुगेको छ। उपचुनावको ताजा नतिजालाई यही सन्देशका रूपमा बुझ्दा सबैको भलो होला।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस