प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा ताला
१४ चैत्र २०७७
•
३ मिनेट पाठ
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा ताला
साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउँदै कांग्रेस क्षेत्रीय सभापति तिर्थराज भट्टराई लगायत। तस्बिरः नागरिक
खानेपानी योजनामा अनियमितता भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले खोटाङको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन्। साकेला गाउँपालिका–३ खिदिमा मुहान भएको सौरे घट्टेखोला खानेपानी योजनाको पारदर्शीतामाथि प्रश्न उठाउँदै कांग्रेस क्षेत्रीय सभापति तिर्थराज भट्टराई नेतृत्वको टोलीले शक्रबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत रबिन मगरको कार्यकक्षमा ताला लगाएका हुन्। साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित हुपापु र नौलाखर्कका उपभोक्ताका लागि सञ्चालन गरिएको खानेपानी योजनामा पारदर्शीता कायम नभएको पाइएकाले दिउँसो २.१० बजेदेखि २.४० बजेसम्म ताला लगाइएको कांग्रेस क्षेत्रीय सभापति भट्टराईले बताए। कार्यकक्षमा ताला लगाउनेक्रममा प्रमुख प्रशासकीय अधिकृत मगर भने कार्यालयमा थिएनन्।  




संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत आर्थिक वर्ष २०७६/०७७ मा प्राप्त भएको ७६ लाख १६ हजार ८५६ मध्ये ६६ लाख ३४ हजार १८३ रुपैयाँ निकासा भएको योजनामा लाखौं भ्रष्टाचार भएको ताला छेउमा टाँसिएको विज्ञाप्तीमा उल्लेख छ। अनियमितताका विषयमा प्रमुख जिल्ला अधिकारीलाई स्मरण–पत्र बुझाउँदा समेत बेवास्ता गरिएकाले पहिलो चरणको आन्दोलन स्वरुप प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा तालाबन्दी गरेर सांकेतिक विरोध सुरु गरिएको सभापति भट्टराईले बताए।  

योजना सञ्चालनका लागि ७५ एमएम र ६३ एमएमको ९ हजार ७९ मिटर पाईप प्रयोग हुने स्टीमेट भए पनि ३ हजार ७७० मिटर मात्र प्रयोग भएको र बाँकी ५ हजार ३०९ मिटर पाईप बेपत्ता बनाइएको कांग्रेसको आरोप छ। कांग्रेसले १५ दिनभित्र सम्वन्धित निकायबाट छानविन गरी भ्रष्टाचारीलाई कारबाही र क्षतीपुर्ती समेत असुल उपर गर्न माग गरेको छ। कांग्रेसले वडा कार्यालय मात्तिम मानेभञ्ज्याङलाई जानकारी नदिइ मनोमानी ढंगले उपभोक्ता समिति गठन गरिएको, योजना सञ्चालन सुरु गर्दा र फरफराक गर्दा वडा कार्यालयको सिफारिस नलिइएको, सार्वजनिक सुनुवाई नगरिएको, आयोजनासँग सम्वन्धित होर्डिङबोर्ड नराखेको, अनुगमन समितिको सिफारिस बिनै बजेट निकासा गरी मिलेमतो गरेर फरफारक गरेको भन्दै छानविन गर्न माग गरेको छ। गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का संयोजकत्वको अनुगमन समितिले गत माघ २३ गते गाउँपालिका समक्ष बुझाएको प्रतिबेदनमा पनि गलत प्रकृया अपनाएर योजनाको काम गरिएको उल्लेख छ। पाँच पृष्ठ लामो प्रतिबेदनमा आयोजना सञ्चालनका क्रममा ७ बुँदे कमजोरी भएको र ५ बुँदे सुझाव समेटिएको छ। यद्यपी सो प्रतिबेदनमा आर्थिक अनियमितता भएको बुँदा भने उल्लेख छैन।  

साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले भने राजनैतिक ‘इस्यू’का लागि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको प्रतिक्रिया दिएका छन्। ‘यो गाउँपालिकाको बजेट होईन। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको बजेट हो। उपभोक्ता समिति गठन गर्ने, सम्झौता गर्ने र फरफारक गर्ने उसकै काम हो। हामीले प्राविधिक मूल्यांकनको आधारमा फस्र्यौट गरिदिन भनेर सिफारिस दिएका हौँ,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘यो योजना गाउँपालिकासँग टच नै छैन। काम गर्नेक्रममा सम्वन्धित कार्यालय प्रकृयामा चुकेको देखिन्छ तर बदनियतपुर्ण तरिकाले गाउँपालिकामा ताला हाल्ने काम भएको छ। यसमा राजनिती घुसेको छ। ताला हाल्नु राम्रो होईन।’  

चालु आर्थिक वर्ष सोही योजनाका लागि थप ३९ लाख १७ हजार ३६८ बजेट प्राप्त भएको छ। क्रमागत योजना भएकाले खानेपानी आयोजनाको बाँकी काम सोही बजेटबाट पुरा गरिने जनाइएको छ। स्थानीयले खानेपानी आयोजनामा पारदर्शीताको प्रश्न उठाएपछि तत्कालिन निर्माण उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष बिक्रम चौंलागाईको ठाउँमा भीमबहादुर खड्कालाई राखिएको गाउँपालिका अध्यक्ष खड्काले बताए। यस विषयमा प्रतिक्रिया लिनका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनलाई सम्पर्क गर्दा फोन उठेन।
अर्को समाचार
प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब
२९ माघ २०८०
•
२ मिनेट पाठ
प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब
फाइल तस्वीर
दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा तलबसँगै नगरपालिकाका कामहरूसमेत प्रभावित भएका हुन्।




लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा नगरपालिकाका कामहरू भइरहेका छन्। जसका कारण निर्णय लिनुपर्ने महत्त्वपूर्ण कामहरू प्रभावित हुने गरेका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीलाई तोकिएको थियो।

फेरि बिचमा दानबहादुर एडी प्रमुख प्रशासकीय अधिकृतका रूपमा एक दिन हाजिर भएका थिए। एक महिना पुग्दासमेत एक दिन हाजिर भएर फर्केका एडी पुनः नगरपालिकामा फर्केर आएका छैनन्।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयमार्फत एडी अन्तै सरुवाको तयारीमा रहेका छन्। आठबिस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नमान्दा विकास योजना लगायतका कामहरूको भुक्तानी, कर्मचारीको तलबलगायतका काममा बर्सेनि समस्या झेल्ने गरेको पाइएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कर्मचारी भेट्नै मुस्किल हुने गरेको स्थानीय गणेश शाहीले बताए।

नगरबाट दसैंपछिबाट तलब निकासा नभएको आठबिस नगरपालिका–८ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक डरेन्द्रबहादुर चन्दले बताएका छन्। ‘तीन महिनाको अन्तरमा तलब आउनुपर्नेमा दसैंपछि एक पटक पनि तलब आएको छैन्।’

प्रधानाध्यापक चन्दले भने, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब खान नपाइएको हो।’

तलबका लागि आठबिसमा शिक्षक महासंघले विज्ञप्ति निकालेर नगरप्रमुख र शिक्षा शाखा प्रमुखलाई बुझाएका छन्।

तलब समयमा नपाउँदा निकै सकस हुने गरेको शिक्षकहरूको दुखेसो छ। नगरमा ५९ विद्यालयमा ४०२ शिक्षक कार्यरत छन्। ५९ विद्यालयका कुनै पनि शिक्षकले दसैंयता तलब खान नपाएको आठबिस नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेमराज खनालले बताए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आठबिस नगरपालिकामा कार्यरत कर्मचारीले पनि लामो समयदेखि तलबभत्ता खान नपाएको स्वास्थ शाखा प्रमुख देवबहादुर तिमिल्सेनाले बताए।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस