प्रेस संगठनको अध्यक्षमा राई
१० वैशाख २०७८
•
१ मिनेट पाठ
प्रेस संगठनको अध्यक्षमा राई
नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन नेपाल खोटाङको अध्यक्षमा रामधन राई चयन भएका छन्। संगठनको बिहीबार सम्पन्न पाँचौं भेलाबाट राई अध्यक्षमा चयन भएका हुन्। 




चार कार्यकाल प्रेस संगठनको नेतृत्व सम्हालेका सुर्य तामाङले जिम्मेवारीबाट बिदा लिएपछि प्रेस संगठनको उपाध्यक्ष रहेका राईलाई अध्यक्षको जिम्मेवारी दिइएको हो। हाम्रो खोटाङ डटकमका प्रधान सम्पादक रहेका अध्यक्ष राई नेपाल टेलिभिजन, नेपाल समाचारपत्र र बिएफबिएस गोर्खा रेडियोमा आवद्ध छन्। प्रेस संगठनको २५ सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा असल चरित्र, सचिवमा सविना परियार, सह–सचिवमा कोशीकुमार राई र कोषाध्यक्षमा प्रमिला परियार चयन भएका छन्।  

जिल्लाका १० स्थानीय तहबाट दुई/दुई जनाको प्रतिनिधित्व गराएर नयाँ कार्यसमिति बनाइएको प्रेस संगठनले जनाएको छ। उजुर राई, डम्बरसिं राई, भीम राई, सुर्य तामाङ र गंगाबहादुर विश्वकर्मा संगठनको सल्लाहकार चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष राईले पत्रकारको पेशागत हकहित र व्यवसायीक पत्रकारिताको विकासमा डटेर लाग्ने प्रतिवद्धता जनाएका छन्।  

नवनिर्वाचित पदाधिकारीलाई प्रेस संगठनका केन्द्रीय सदस्य भीम राईले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। जिल्ला समन्वय समितिको सभाहलमा आयोजित भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, जिल्ला सचिवालय सदस्य होमकाजी आचार्य ‘विनोद’, सदस्यहरु बम बानियाँ, लक्ष्मीकुमार राई लगायतको उपस्थिति रहेको थियो।
अर्को समाचार
'इच्छुक' को स्मृति दिवसमा ताप्लेजुङका क्रियाशिल पत्रकारको कोरोना बीमा
१३ जेष्ठ २०७७
•
२ मिनेट पाठ
'इच्छुक' को स्मृति दिवसमा ताप्लेजुङका क्रियाशिल पत्रकारको कोरोना बीमा
कृष्णसेन ‘इच्छुक’ को १८ औं स्मृति दिवसको दिन पारेर प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले यहाँका सञ्चारकर्मीको कोरोना बीमा गरिदिने भएको छ । प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी स्मृति दिवसमा नेपाल पत्रकार महासंघ ताप्लेजुङमा आबद्ध भई क्रियाशिल रहेका तथा ताप्लेजुङस्थित बिभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने घोषणा गरेको हो ।




प्रेस संगठनका जिल्ला संयोजक कमलप्रसाद भट्टराई र सहसंयोजक दिनेश लिङ्खिमद्धारा हस्ताक्षरित विज्ञप्तीमा क्रियाशिल सञ्चारकर्मीको १ लाख रुपैयाँ कोरोना बीमा बराबरको प्रिमियम रकम प्रेस संगठन ताप्लेजुङले व्यहोर्ने उल्लेख गरिएको छ ।  

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबाट प्राप्त सहयोग र प्रेस संगठन नेपालले जुटाएको स्रोत परिचालन गरी कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा यहाँका क्रियाशिल सञ्चारकर्मीहरुको कोरोना बीमा गर्ने घोषणा प्रेस संगठनले गरेको छ । ‘इच्छुक’को सम्झना र सम्मानमा हरेक वर्ष जेठ १३ गते स्मृति दिवस मनाउदै आएकोमा यो वर्ष ‘विश्वव्यापी महामारी’ का रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण दिवस औपचारिक कार्यक्रमहरु गरेर मनाउन असम्भव भएपनि कोरोना बीमाको घोषणासहित मनाइएको प्रेस संगठन नेपाल ताप्लेजुङले जनाएको छ ।  

सोबार बसेको प्रेस संगठन नेपाल ताप्लेजुङको बैठकले इच्छुक’को सम्झना र सम्मानमा स्मृति दिवसको अवसर पारेर यहाँका क्रियाशिल सञ्चारकर्मीको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार यसअघि नै कोरोना बीमा गरेका पत्रकार प्रेस संगठनले गर्ने बीमा अभियानमा सहभागी हुन पाउने छैनन् । जनपक्षिय पत्रकारको रुपमा परिचित ‘इच्छुक’को द्धन्दकालिन समयमा २०५९ साल जेठ १३ गते हत्या गरिएको थियो ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस