ओखलढुंगा – एकिकृत माओवादी चुनावी सभाका लागि ओखलढुंगाको रुम्जाटारबाट निशंखे गइरहेको यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर बसका सहचालक ओखलढुंगा १ गैरीगाउँका विकास कट्वालको घटनास्थल मै मृत्यु भएको छ।चुनावी सभामा जादै गरेको ना.२. खं ३२११ नम्बरको बस ठुलाछाप ६ कुडुलेमा विहान ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा परेर एकिकृत माओवादीका केन्द्रीय सदस्य राम कार्की, क्षेत्र नम्वर १ का उम्मेदवार केशव राई सहित ४० जना घाइते भएको प्रहरी इनिस्पेक्टर भागिरथ रेग्मिले बताए। पाँच जनाको अवस्था चिन्ता जनक रहेको छ। घाइतेको अहिले ओखलढुंगाको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना पछि बसका चालक भागेका छन। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
अर्को समाचार
दुर्घटनामा एकको मृत्यु तीन दर्जन घाइते
अर्को समाचार
जीप दुर्घटनामा एकको मृत्यु, आधा दर्जन घाइते
महेश्वर चामलिङ राई, उदयपुर, भदौ २६ - गाईघाट-बेल्टार सडक खण्डमा मंगलबार विहान भएको जीप दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ। आधा दर्जन बढी घाइते भएका छन्। बेल्टारदेखि गाईघाटतर्फ आउँदै गरेको स १ च ७८ नं. को जीप हडियाको खैराहाझोडामा दुर्घटनामा पर्दा बेल्टार ४ का कुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घुम्ती सडकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारार्थ सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र उप्रेतीले बताए।
विहान ८ बजे भएको दुर्घटनामा उदयपुरकै चौदण्डीका मनोज तामाङ, खोटाङकी भारती राईलगायत आधा दर्जन घाइते भएका छन्। घाइतेहरुको गाईघाटस्थित अस्पतालमा उपचार भइरहेको छ।