सुदूरपश्चिममा दोश्रो लहरको नयाँ भेरियन्टको कोरानाको संक्रमण घटेको छ । बैशाखको शुरुवात सँगै तिव्र रुपमा समुदायमा फैलिएर त्राही त्राही मच्चाएको कोभीड १९ को संक्रमण र मृत्युदर कम हुदै गएको छ । बैशाखको दोश्रो साता देखि कोरानाको संक्रमण र मृत्युदर ह्वात्तै बढेर जेठ महिना सम्म समुदायलाई आक्रान्त तुल्याएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुृसार दोश्रो लहरको कोरानाको संक्रमणले एकैदिन हजार भन्दा बढी नयाँ संक्रमित देखा परेका थिए भने एकै दिन ३१ जना सम्मले संक्रमणवाट ज्यान गुमाएका थिए । बैशाखको शुरुवाट देखा परेको संक्रमण तिव्र रुपमा फैलिदै गएर बैशाख १६ गते देखि मृत्युहुनेको संख्या एक्कासी बढेको थियो । एकैदिन सवैभन्दा बढी बैशाख २८ गते ३१ जनाको संक्रमणले मृत्यु भएको थियो । भने जेठ ७ गते नयाँ संक्रमितको सर्वाधिक संख्या देखिएको थियो । पिसिआरको जाँचवाट ९ सय ९४ र एन्टिेजेनको जाँचवाट १ सय ६ गरि एकैदिन १ हजार ९० जना नयाँ संक्रमित देखिएका थिए ।
सुदूरपश्चिममा दोश्रो लहरको कोरानाको संक्रमणले भयाभह अवस्था हुदाँ बैशाखको दोश्रो साता देखि जेठ सम्म सुदूरपश्चिमका सरकारी तथा निजी अस्पताल भरिभराउ भएका थिए भने आईसियु, भेन्टिेलेटरका साथै समान्य बेड पनि खाली नपाएर संक्रमितको उपचारमा समस्या भएको थियो । अस्पतालमा परिसरमा टेण्ट हालेर समेत उपचार गर्नुपर्ने अवस्था रहेको थियो । अक्सिजनको सपोटमा उपचार गर्नुपर्ने जटिल प्रकृतीका संक्रमितको संख्या बढी हुदाँ अक्सिजनको हाहाकार भएको थियो । कयौले अक्सिजन नपाएर ज्यान गुमाएका थिए ।
अहिले नयाँ संक्रमण हुनेको संख्या, जटिल प्रकृतीका संक्रमितको संख्या र मृत्युदर घटेको छ । सुदूरपश्चिममा असार १० गतेदेखि असार १८ गते ९ दिन सम्म कोराना संक्रमणले मृत्यु हुनेको संख्या शुन्य रहेको छ । भने परिक्षण गर्दा नयाँ संक्रमण देखा पर्ने संख्या पनि न्युन रहेको छ । असार १ गते यता प्रत्येक दिन नयाँ संक्रमित देखा पर्ने संख्या दुई अंकमा मात्र (एक सय भन्दा कम ) रहेको छ। ‘कोरानाको संक्रमण दर र मृत्युदर घटेको पाइएको छ’प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले भने ।
स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ८ गते सुदूरपश्चिममा सर्वाधिक सक्रिय संक्रमितको संख्या १२ हजार ५ सय ७३ रहेको थियो । अहिले सक्रिय संक्रमितको संख्या ५ सय ७५ मात्र रहेको छ ।
संक्रमण र मृत्युदर घटेपनि अझै ढुक्क हुने अवस्था नभएको बिज्ञहरुको बिश्लेषण छ । सेती प्रादेशिक अस्पतालका कोराना उपचार बिभाग प्रमुख शेर वहादुर कमरले अहिले नयाँ संक्रमण, अस्पतालमा जटिल प्रकृतीका संक्रमितको संख्या र मृत्यु हुनेको संख्या घटेको बताएका छन । निषेधाज्ञाका कारण, भाईरसको आफ्नै प्रकृती, बतावरण लगायतका कारणले संक्रमण घटेको हुन सक्ने उनको भनाई छ ।‘उच्चतम बिन्दुवाट संक्रमण ओरालो लागेको हो, समुदायमा अहिले पनि सक्रिय संक्रमित भएकाले संक्रमण फैलिने खतरा अझै वाँकी रहेको छ, ’उनले भने,‘सवैले सचेत हुनु जरुरी छ ।’
पहिलेको जस्तो अस्पताल भरिभराउ भएर वरण्डा, परिसरमा राख्नुपर्ने अवस्था नभएपनि अस्पतालमा संक्रमित उपचारका लागी आईरहेको उनी बताउछन ।
निषेधाज्ञाका कारण पहिलोको अनुपातमा कोरानाको संक्रमण घटेको भएपनि संक्रमण घट्यो भनेर ढुक्क हुने अवस्था नरहेको वरिष्ठ फिजिसियन डा. शुभेसराज कायस्थ बताउछन ।‘निषेधाज्ञाले कम देखिएको हो, निषेधाज्ञा खुलाजस्तै भएकाले अझै संक्रमण फैलिने खतरा छ’उनी भन्छन,‘संक्रमण दर ५ प्रतिशत भन्दा कम नहुन्जेल घट्यो भन्न मिल्दैन ।’
सुदूरपश्चिममा बैशाखको शुरुवात सँगै देखा परेको कोरानाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले दुई सातामै बिकराल रुप लिएर जटिल प्रकृतीका संक्रमित र मृत्युहुनेको संख्या ह्वात्तै बढ्न थालेपछि बैशाख १६, १७ गते देखि कैलाली कंचनपुर लगायत सुदूरपश्चिमका प्रायजसो जिल्लामा निषेधाज्ञा लागु गरिएको थियो । संक्रमण दर कम भएपछि असार १६ गतेदेखि निषेधाज्ञा खुकुलो पार्दै पसल, व्यवसाय संचालन गर्न दिएको छ भने सवारीसाधन पनि जोर बिजोर प्रणालीमा आधारमा संचालन गर्न दिएको छ ।
गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूरपश्चिममा पहिलो लहरको कोरानाले ५७ जनाको मात्र मृत्यु भएको श्वास्थ्य निर्देशनालयका जोशीले बताएका छन । दोश्रो लहरको संक्रमणले अढाई महिनामा मात्र ५ सय भन्दा बढीको ज्यान लिएको छ । सुदूरपश्चिममा अहिले सम्म ४३ हजार ८ सय ६४ जनामा कोराना संक्रमण देखा परेकोमा ५ सय ७१ जनाको मृत्यु भएको छ ।
१९ असार २०७८
•
३ मिनेट पाठ