कोरोना संक्रमितलाई पौष्टिक आहार
२७ वैशाख २०७८
•
३ मिनेट पाठ
कोरोना संक्रमितलाई पौष्टिक आहार
तस्बिर : बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा रहेका बिरामीहरुका लागि पौष्टिक आहार तथा पिउने पानी हस्तान्तरण गर्दै अभियानमा लागेका युवाहरु ।
जिल्लामा रहेका कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने अभियान सुरु भएको छ । घोराहीका युवाहरुले बिभिन्न अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने अभियान सुरु गरेका हुन् । एक दर्जन युवा सम्मिलित यो अभियान अन्तर्गत पहिलो दिन सोमबार जिल्लाको कोरोना बिशेष अस्पताल बेलझुण्डिका बिरामीहरुलाई पौष्टिक आहार हस्तान्तरण गरिएको छ ।




त्यहाँ रहेका ७७ जना बिरामीहरुलाई अण्डा, चना सहित शुद्ध पिउने पानी (मिनिरल वाटर) हस्तान्तरण गरिएको हो । अभियानमा लागेका युवाहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिंह,अस्पताल बिकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने तथा ब्यवस्थापक दोर्ण ओलीलाई पौष्टिक आहार हस्तान्तरण गरेका हुन् । 

त्यस क्रममा अस्पताल बिकास समितिका अध्यक्ष न्यौपानेले पौष्टिक आहार खुवाउने अभियानले बिरामीहरुलाई ठूलो राहत पुग्ने बताए । ‘सानो भएपनि यो अतिनै महत्वपूर्ण अभियान हो, बिरामीहरुलाई पौष्टिक आहार मिलेमा पनि रोग संग लड्न सक्ने क्षमता प्रदान हुन्छ,’ उनले भने ‘यो अभियान बिरामीहरुका लागि निकै महत्वपूर्ण छ ।’ 

अस्पतालका मेसु. डा. सिंह तथा ब्यवस्थापक ओलीले युवाहरुको अभियानले कोरोना संक्रमितहरुलाई राहत मिल्ने भन्दै अभियानको प्रशंशा गरेका थिए ।

अभियानमा लागेका युबाहरुले प्रत्यक दिन यसैगरि कोरोना संक्रमितहरुलाई पौष्टिक आहार उपलब्ध गराउने बताएका छन् । कोरोना संक्रमितहरुलाई पौष्टिक आहारले रोगसंग लड्न सक्ने क्षमता प्रदान गर्ने भएकाले मानवीय नाताले पनि यो अभियान थालिएको अभियानका संयोजक सञ्जिब पछाईँले जानकारी दिए ।

‘अहिले कोरोनाको महामारीमा हामी सबै आक्रान्त बनेका छौँ, बिरामीहरुलाई अस्पतालहरुमा धेरै असहज परिस्थती छ,’ पछाईँले भने ‘यो महामारीका बेला मानवीय नाताले पनि सानै भएपनि बिरामीहरुलाई सहयोग गरौँ भन्ने उदेश्यका साथ युवाहरु मिलेर यो अभियानको सुरुवात गरेका हौँ ।’ 

अभियानका आर्थिक संयोजक कुलराज पोखरेलले अभियान प्रत्यक दिन सञ्चालन हुने जानकारी दिए । ‘हामीहरुले पौष्टिक आहार संकलन गरेर बिरामीहरुलाई दिनहुँ रुपमा उपलब्ध गराउने छौँ,’पोखरेलले भने ‘कोरोना संक्रमणका कारण अस्पतालमा थलिएका बिरामीहरुलाई कम्तिमा पनि पौष्टिक आहार मिलोस् भन्ने हाम्रो अभियानको लक्ष हो ।’ सोमबार देखि सुरु भएको यो अभियान बेलझुण्डि अस्पतालबाट प्रारम्भ भएको र जिल्लाका अन्य अस्पताल र आईशालेशनमा रहेका बिरामीहरुलाई पनि यो सहयोग प्रदान गरिने अभियानमा लागेका युवाहरुले बताएका छन् । 

घरमै रहेका बिरामीहरुलाई समेत पौष्टिक आहार उपलब्ध गराउने लक्ष यो अभियानले लिएको छ । ‘हामीहरुले बेलझुण्डिमा रहेको कोरोना बिशेष अस्पतालबाट यो अभियानको प्रारम्भ गरेका छौँ, यो अभियान जिल्लाका अन्य अस्पताल र आईशोलेशन सम्म पुर्याउने गरि आवश्यक समन्वय गरिरहेका छौँ,’यो अभियानमा लागेका अर्का अभियन्ता निरज गिरीले भने ‘घरमै रहेका बिरामीहरुलाई समेत हामीहरुले यो सहयोग गर्नेछौँ ।’ 

बिरामीहरुलाई दिनुहुँ अण्डा, चना र शुद्ध पिउने पानी (मिनिरल वाटर)उपलब्ध गराउने गरि अभियान अगाडी बढाउने उनिहरुले बताएका छन् । उनिहरुले चना पकाएर तथा अण्डा उसिनेर बिरामीहरुसम्म पुर्याउने गरेका छन् । 
अर्को समाचार
पौष्टिक आहार तथा न्यानो पछौरा वितरण
१४ मंसिर २०७९
•
१ मिनेट पाठ
पौष्टिक आहार तथा न्यानो पछौरा वितरण
चन्दननाथ नगरपालिका–८ ले पौष्टिक आहार तथा न्यानो पछौरा वितरण गरेको छ। हर्लिक्स र साबुन र पछौरा वितरण गरेको हो।




नगर प्रमुख राजुसिंह कठायत र उप–प्रमुख रामदेवि खड्काले उपस्थितिमा वितरण गरिएको थियो। विपन्न तथा जेष्ठनागरिक,एकल महिला, फरक क्षमता भएका व्याक्ती,बालबालिका र सुनौला हजार दिनका आमाहरूलाई पौष्टिक आहार तथा न्यानो पछौरा वितरण गरेको नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।

१ सय २१ जना नेष्ठनागरिक,१६ जना फरक क्षमता भएका व्याक्ती,१२ एकल महिला र १ सय ७ जना बालबालिकालाई पाएका हुन्। 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस