लमजुङ-डुम्रे–वेसीशहर सडकखण्ड अन्तरगत तनहुँको पुर्कोट गाविस २, बडहरेमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। पर्साबाट चितवन हुँदै जन्ती बोकेर लमजुङको गाउँशहरतर्फ आउँदै गरेको ग १ ख ४५१२ नम्बरको बस शुत्रबार राती साँढे १२ बजेतिर दुर्घटना हुँदा ३४ जना घाईते भएका छन्।घाईतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको बाइसजाँगर प्रहरी चौकीका ईन्सपेक्टर कविन्द्र गुरुङले बताए। जन्ती बोकेको गाडी बालुवामा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीचालक गोरखा गाईखुरका प्रकाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेहुलाका बाबु गाउँशहर गाविस २, मिलनटोलका तीर्थ परियारले बेहुली लिएर फर्कँदै गर्दा बस दुर्घटनामा परेको वताए।
गम्भीर घाईतेमा गाउँशहर २ का ५२ बर्षिय पूर्णबहादुर परियार, बर्ष १७ बर्षिय कृष्णबहादुर परियार, श्रीराम परियार, बर्ष १२ का निरज परियार, बर्ष १६ का निरज परियार, २४ का ईशा परियार, ५० का बिनबहादुर परियार, ७३ का हरिकुमार श्रेष्ठ, २८ बर्षका सन्तोष परियार, ३५ का बिशालराज घिमिरे, भोटेओडार ८ का १६ बर्षिया रेणुका परियार र तनहुँ रुपाकोट ४ का ७० बर्षिय छविलाल परियारको चितवन मेडिकल कलेज भरतपूरमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाईतेमध्ये केहीका हात, खुट्टा भाँचिएको छ भने कसैको टाउको लगायत विभिन्न ठाउँहरुमा चोट लागेको बताईएको छ।
दुर्घटनामा परेर घाईते २२ जनालाई लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याईएको थियो। घाईतेमध्ये ५ जनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ। गाउँशहर २ का ६८ बर्षिय गोरे परियार, १५ बर्षिय दीपेन्द्र परियार, ४४ का मिलन परियार, ४२ का कृष्ण परियार र भोटेओडार ४ का ईन्द्रबहादुर परियारको सामुदायिक अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सामान्य घाईते मध्येका १७ जना भने उपचारपछि शनिबारै घर फर्केका छन्।