धरानको कृषि थोक बजार दैनिक २ घण्टा मात्र खुल्ने
०७ जेष्ठ २०७८
•
२ मिनेट पाठ
धरानको कृषि थोक बजार दैनिक २ घण्टा मात्र खुल्ने
धरान १३ स्थित थोक कृषि बजार विहान २ घण्टामात्र खुल्न थालेको छ।




लकडाउनको कारण जेठ १ गतेदेखि पूर्ण रुपमा बन्द रहेको कृषि बजार शुक्रबारदेखि विहान ४ बजेदेखि ६ बजेसम्म मात्र खुल्न थालेको हो। बिहीबार धरान उपमहानगरपालिकामा सरोकारवाला पक्षबीचको छलफलमा हरेक दिन बिहान २ घण्टामात्र कृषि बजार खुल्न दिने सहमति भएको बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। उनले भने,‘उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, कृषि बजार र स्वास्थ्य विज्ञसहित छलफल हुँदा बिहान ४ बजेदेखि ६ बजेसम्म खोल्ने सहमति भएको थियो। त्यसैअनुसार आज बिहान २ घण्टा कृषिबजार खुलेर हरियो तरकारीहरु बिक्री भयो।’

कृषि थोक बजार बिहान २ घण्टा खुले पनि धरानका खुद्रा तरकारी पसलहरु भने लकडाउन अवधिभर खुल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्म जिल्लाभर लकडाउन गरेको छ। धरानमा बिहान ८ बजेसम्म डोको वा साइकलमा तरकारी घरघरमा पुर्याएर बिक्री गर्ने व्यापारीलाई मात्र छुट दिएको छ। ‘कृषि बजारमा पनि आम उपभोक्तालाई आएर खरीद गर्न दिइने छैन। यहाँबाट व्यापारीहरुले घर घरमा नै डेलिगरी गर्ने गरीमात्र तरकारी किनेर लैजान पाउँछन्,’ व्यवस्थापक भट्टराईले भने।  

कृषि बजारका अनुसार बिहान २ सय बोरा आलु र प्याज, ५० कार्टुन गोलभेडा र करिब ७ बोरा बन्दाकोपी बिक्री भएको थियो। लकडाउन तथा निषेधाज्ञाले गर्दा कृषि बजारमा पनि किसानको बारीबाट हरियो तरकारीहरु आउने क्रम रोकिएको व्यवस्थापक भट्टराईको भनाइ छ।

सुनसरीमा कोरोना संक्रमणको दर तीब्ररुपमा बढ्दै गएपछि प्रशासनले लकडाउनमा अत्यन्तै कडा गरेको छ। प्रशासनले बिहान ८ बजेसम्म तरकारीलाई होम डेलिभरी गर्न मात्र छुट दिएको छ। खाद्यान्न तथा हरियो तरकारी, फलफुल र दूधको पसलहरु पनि खोल्न दिइएको छैन। जसले गर्दा तरकारीको अभाव चुलिएको छ भने लुकीछिपी खुलेका पसलहरुमा भाउ आकासिएको छ। धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका उपभोक्ताले महंगोमा हरियो तरकारी खरीद गर्नुपर्ने बाध्यतालाई पनि मध्यनजर गर्दै कृषि थोक बजारलाई बिहान २ घण्टा खोल्न दिने समझदारी गरिएको बताए।
अर्को समाचार
धरानको खसी बजारमा साढे ७ करोडको कारोबार
२२ असोज २०७८
•
२ मिनेट पाठ
धरानको खसी बजारमा साढे ७ करोडको कारोबार
दशैं नजिकिएसँगै खुलेको धरान १३ स्थित कृषि उपज बजारस्थलमा लाग्ने साप्ताहिक खसी बजारमा तीन सातामा साढे ७ करोडको कारोबार भएको छ। धरानको कृषि उपज बजारमा प्रत्येक शुक्रबार खसी बजार लाग्ने गर्छ। कोरोना संक्रमणको कारण लामो समय बन्द रहेको खसी बजार दशैं नजिकिएसँगै असोजदेखि खुलेको थियो। 




बजारस्थलका अनुसार असोजको तीन शुक्रबार लागेको साप्ताहिक खसी बजारमा औसत ७ करोड ५० लाख बराबरको कारोबार भएको हो। बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दशैं नजिकिएको कारण खसीको कारोबारमा वृद्धि भएको हो।

तीन शुक्रबारमा कूल ६ हजार २ सय १९ वटा खसी, बोका बिक्री भएको छ। जसको औसत मूल्य ७ करोड ५० लाख भएको भटट्राईले बताए। उनले भने, ‘यहाँ प्रत्येक शुक्रबार खसी बजार लाग्छ। कोरोनाले बन्द भएको बजार असोजमा मात्र खुलेको हो। दशैंले गर्दा तीन शुक्रबारमा साढे ७ करोड बराबरको कारोबार भयो।’

बजारस्थलका अनुसार बजार खुलेको पहिलो साता १ हजार ५ सय ७ वटा खसी, बोका खरीद बिक्री भएको रेकर्ड छ। यसको औसत मूल्य १ करोड ६५ लाख मूल्य बराबर हुन्छ। यो बजारमा जिउँदो खसी, बोका प्रतिकिलो ५ सय ६० रुपैयामा किनबेच हुने गरेको व्यस्थापक भट्टराईले जानकारी दिए। 

दोस्रो साता असोज १५ गते पहिलो साताको भन्दा खसी, बोकाको बिक्री बढेको थियो। उक्त दिन २ हजार १ सय २ वटा खसी, बोका बिक्री भएको थियो। ‘दोस्रो साता बिक्री भएको खसी, बोकाको औसत मूल्य ३ करोड ८५ लाख बराबर कारोबार भएको छ,’ व्यवस्थापक भट्टराईले भने।

तेस्रो साता बिहीबार र शुक्रबार (असोज २१ र २२)मा २ हजार ६ सय १० वटा खसी, बोका बिक्री भएको छ। यसको औसत मूल्य २ करोड बराबर भएको बजारस्थलको भनाइ छ। वडा दशैंमा खसी, बोका काट्ने चलनको कारण पनि हरेक वर्ष दशैं नजिकको साप्ताहिक खसी बजारमा करोडौंको कारोबार हुने गरेको छ। 

बजारस्थलका अनुसार यहाँ पूर्वी पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर र सुनसरीको ग्रामीण भेगबाट पनि खसी, बोका र बाख्रा बिक्रीको लागि कृषक तथा व्यापारीहरुले ल्याउने गर्छन्। यहाँबाट प्रदेश १ र २ को मुख्य सहरहरुमा निर्यात हुने गर्छ भने काठमाडौँमा पनि निर्यात हुने गरेको व्यापारीहरु बताउँछन्।

धरानको कृषि बजार र यहाँको खसी बजार नमुनाको रुपमा विकास भएको छ। उपमहानगरपालिकाको सहयोगमा निर्यातको लागि खसी बोकाको निरोगीताको प्रमाणपत्र जारी पनि भइरहेको व्यवस्थापक भट्टराईले जानकारी दिए। कृषि बजारमा कृषकका लागि बजारमै सशुल्क सुत्ने बेड तथा पानी बत्ती, काटा, सिसिटिभि, रिफे्रस सेन्टरको पनि व्यवस्था गरिएको छ भने खसी, बोका थुन्ने घरको पनि निःशुल्क व्यवस्था गरिएको छ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस