ट्रान्सफर्मर घोटालामा चार पक्राउ
०८ फागुन २०७०
•
२ मिनेट पाठ
ट्रान्सफर्मर घोटालामा चार पक्राउ
काठमाडौं– ट्रान्सफर्मर खरिद ठेक्कामा अनियमतिता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्धकसहित चार उच्च तहका कर्मचारीलाई बिहीबार पक्राउ गरी हिरासतमा राखेको छ।




ट्रान्सफर्मर खरिदमा भएको भ्रष्टाचारबारे केही महिनायता अनुसन्धानरत आयोगले प्राधिकरणका तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु, तत्कालीन भण्डारप्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेश कुमार कटुवाललाई हिरासतमा लिएको हो।
पक्राउ चारैजनालाई अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगालस्थित हिरासतमा राखिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताए। यसअघि अख्तियारले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका तत्कालीन निर्देशक रामेश्वर यादव ट्रान्सर्फमर बेच्ने चिनियाँ कम्पनी हुबेई सनलाइट इलेक्ट्रिकका अध्यक्ष ली. डाउ गु र महाप्रबन्धक हु जिङ क्वाइङ एवम् नेपाल विद्युत प्राधिकरणसँग कार्य गर्न आएका प्रतिनिधि जाउ यी तिआन लगायत ४८ विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा सुनुवाइ गर्दै विशेषले असोज १० गते धरौटी माग गर्ने आदेश गरेको थियो। अदालतको आदेशबमोजिम १८ जना उच्च कर्मचारी धरौटीमा रिहा भएका थिए। अख्तियारले चीन र थाइल्यान्डलगायत स्थानबाट खरिद भएको ट्रान्सफर्मरमा अनियमितता भएको भन्दै अनुसन्धान गर्दै आएको छ। आयोगले दुई चरणको अनुसन्धान सकाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ भने अन्यमा अनुसन्धान गरिरहेको छ।
अर्को समाचार
ट्रान्सफर्मर घोटालामा थप दुई पक्राउ
२२ साउन २०७०
•
३ मिनेट पाठ
ट्रान्सफर्मर घोटालामा थप दुई पक्राउ
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा संलग्न नेपाल विद्युत प्राधिकरणका थप दुई जनालाई पक्राउ गरेको छ।
कम गुणस्तरको ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मंगलबार प्राधिकरणका प्रबन्धक कैलाशकुमार अटल र शेखर दत्तलाई पक्राउ गरी हिरासतमा राखेको हो। अख्तियारले आइतबार ट्रान्सफर्मर खरिदमा घोटला गरेको भन्दै दुई चिनियाँ नागरिक र १० कर्मचारीसहित १२ जनालाई पक्राउ गरी हिरासतमा लिएको थियो।
'ट्रान्सफर्मर खरिदमा संलग्न थप दुईजनालाई पक्राउ गरी हिरासतमा राखिएको छ,' अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले भने, 'खरिदमा संग्लन अरुको पनि छानबिन भइरहेको छ।'
स्रोतका अनुसार प्राधिकरणले २०६४ देखि २०६८ सम्म झन्डै एक अर्ब रुपैयाँको ट्रान्सफर्मर खरिद गर्दा गुणस्तरहीन र व्यापक अनियममितता भेटिएपछि अख्तियारले छानबिन थालेको थियो। स्रोतका अनुसार मुख्यसचिव लीलामणि पौडेल प्राधिकरण अध्यक्ष हुँदा अनियमिताबारे छानबिन गर्न लेखिपठाइएकोमा महिनौंपछि अख्तियारले छानबिन थालेको थियो।
प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मरमा तामाको तार हुनुपर्नेमा बाहिर मात्र तामाको, भित्र आल्मुनियम तार भेटिएको थियो। प्राधिकरणले चिनियाँ कम्पनी हुवाईबाट २५, ५०, १००, २०० र ३०० किलोभोल्टको ट्रान्सफर्मर खरिद गरेको थियो। ती ट्रान्सफर्मरहरुमा अत्यधिक विद्युत चुहावट हुनुका साथै जल्ने र पड्कने समस्या देखिएपछि हेर्दा तामाको तारको सट्टा आल्मुनियम प्रयोग गरिएको र ज्यादै न्यून गुणस्तरको पाइएको थियो। तर खरिद गर्नुअघि प्राधिकरणले खुलाएको वोलपत्रमा ट्रान्सफर्मरमा तामाको तार प्रयोग भएको हुनुपर्ने उल्लेख छ।
प्राधिकरणले गरेको छानबिनमा नक्कली ट्रान्सफर्मरको कारणले मात्रै महिनाको १३ लाख युनिटभन्दा बढी विद्युत चुहावट हुने बताइएको छ।
यसैगरी, अख्तियारले सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन प्रयोग नगर्न उच्चपदस्थ कर्मचारीलाई सचेत गराएको छ। प्रवक्ता सापकोटाद्वारा मंगलबार जारी विज्ञप्तिमा अत्यावश्यक कार्यमा बाहेक सबै सरकारी निकायका सवारीसाधन सार्वजनिक बिदाका दिन प्रयोग गर्न नपाउने व्यवस्था कार्यान्वयन गराउन मुख्य सचिवलाई पत्राचार गर्ने निर्णय भएको उल्लेख छ। 'कर्मचारीबाट हुन सक्ने सरकारी साधन दुरुपयोग रोक्न आयोगबाट निगरानी राखिनेछ,' विज्ञप्तिमा भनिएको छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस