चूडामणिसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१० असार २०७८
•
२ मिनेट पाठ
चूडामणिसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीनजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले कर फछ्र्योट आयोगका तत्कालीन सदस्य सचिव शर्मासहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालले कानुनविपरीत विभिन्न व्यवसायीलाई कर छुट दिएको अभियोगसहित बुधबार मुद्दा दायर गरेको हो। 




तीनजनाले १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ राजस्व चुहावट गरी हिनामिना गरेको आरोप अख्तियारको छ। तत्कालीन अर्थमन्त्री रामशरण महतले २०७१ मा कर फछ्र्योट आयोग गठन गरेका थिए। उद्योगी व्यवसायीको लामो समयदेखि थाती रहेको कर विवादबारे अनुसन्धान र छलफल गरी फरफारक गर्ने अधिकार आयोगलाई दिइएको थियो। त्यसअनुसार आयोगले विभिन्न व्यवसायीको ३० अर्ब रुपैयाँभन्दा बढी रकमबराबरको विवादित करबारे निर्णय गरेको थियो। 

यसमध्ये २१ अर्बभन्दा बढी कर छुट दिएर ९ अर्ब ५४ करोड रुपैयाँमात्र असुल गर्ने निर्णय आयोगले गरेको थियो। यो निर्णय त्यही बेला विवादमा आएको थियो भने असुल गर्ने भनिएको कर पनि अझै असुल हुन सकेको छैन। अख्तियारले आयोगका तीनैजना पदाधिकारीले अधिकार क्षेत्रभन्दा बाहिर गएर उद्योगी व्यवसायीसँग आर्थिक लेनदेन गरी भारी मात्रामा कर छुट दिएको आरोप लगाएको छ। यसअघि पनि यही विषयमा आयोगले २ पटक मुद्दा दायर गरिसकेको छ। आयोगले विगतमा १० अर्ब रुपैयाँभन्दा बढी रकम माग दाबी गर्दै यी तीनजनाविरुद्ध मुद्दा दायर गरेको थियो। जसको छिनोफानो अझै भएको छैन।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगका पदाधिकारी महत, शर्मा र ढकालले करदाताको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकामा आपसी कुराकानीलाई मात्रै आधार लिई कर छुट दिनेगरी लिखित सम्झौता गरी मनोमानी र बदनियतपूर्ण तरिकाले बक्यौता छुट दिएको पुष्टि भएको छ। ‘आयोगका पदाधिकारीले क्षेत्राधिकारबाहिर गई मनोमानी ढंगले १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ बक्यौता कर व्यक्तिगत लाभ हुने तथा  

राज्यलाई हानीनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको सप्रमाण पुष्टि भएको छ,’ प्रवक्ता रिसालले भने ‘उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम हिनामिना गरेको रकम बराबर बिगो र कैदसजाय माग दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ।’

शर्माविरुद्ध यसअघि नै अकुत सम्पत्ति जोडेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। त्यस मुद्दामा शर्माको सम्पत्ति ८ करोड रुपैयाँभन्दा बढी रहेको फेला परेको दाबी गरिएको थियो। त्यसमध्ये ४ करोडभन्दा बढीको स्रोत खुल्न नसकेको भन्दै यो भ्रष्टाचारबाट आर्जित भएको दाबी अख्तियारले गरेको थियो। यो मुद्दाको पनि अझै छिनोफानो भएको छैन।
अर्को समाचार
अर्बको भ्रष्टाचार मुद्दामा ५० लाख धरौटी
१२ असोज २०७८
•
३ मिनेट पाठ
अर्बको भ्रष्टाचार मुद्दामा ५० लाख धरौटी
विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई ५० लाख रूपैयाँ धरौटी राखी थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने आदेश गरेको छ। सोमबार न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले १ अर्ब रूपैयाँ बढीको माग दाबी गरिएको भ्रष्टाचार मुद्दामा धरौटी राख्ने अनुमति दिएको हो।




कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणिसहित ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७८ असार ९ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। लुम्बध्वज र उमेशप्रसादको आइतबार थुनछेक बहस भएको थियो। दुवैलाई जनही ५० लाख रूपैयाँ धरौटी मागिएको थियो। 

धरौटी मागेअनुसार मुद्दाका प्रतिवादीले जनही ५० लाख अदालतमा बुझाएका छन्। लुम्बध्वज र उमेशप्रसादले आइतबार तोकिएको धरौटी बुझाएका हुन्। अदालतको यो अन्तिम निर्णय भने होइन। अदालतले मागेको धरौटी बुझाएपछि उनीहरू पुर्पक्षका लागि थुनामा बस्नुपर्ने छैन। उनीहरू थुनाबाहिरै बसेर मुद्दाको अनुसन्धान हुने भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख २० हजार ३८५ रूपैयाँ माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

चूडामणि सोमबार विशेष अदालतमा थुनछेक बहसमा उपस्थित भएका थिए। उनले अदालतमा उपस्थित हुँदा कर फस्र्योट आयोगले आफ्नो दायराबाहिर गएर कुनेै काम नगरेको बयान दिएका थिए।

‘चूडामणि शर्मा ढकालबाट ५० लाख रूपैयाँ धरौटी माग गरिएको छ। माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके लिई निजहरूलाई तारेखमा राख्नु र दिन नसके मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार थुनुवा पुर्जी दिई कारागार पठाइदिनू’ सोमबार अदालतद्वारा जारी आदेशमा भनिएको छ।

२०७१ माघ २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फस्र्योट आयोग ऐन, २०३३ ले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

करदाताहरूसँग कर फस्र्योट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको भनी अख्तियारमा उजुरी परेको थियो। करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फस्र्योट आयोगका पदाधिकारीले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३८५ रूपैयाँ कर छुट दिएको पुष्टि भएको अख्तियारको आरोपपत्रमा दाबी छ।

‘तत्कालीन कर फस्र्योट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फस्र्योट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानि नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादीहरू लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो १ अर्ब ३३ लाख २० हजार ३८५ रूपैयाँ कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ’, अख्तियारले विशेष अदालतमा दर्ता गरेको आरोपपत्रमा भनिएको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस