पवर्तमा बाढीले बगाएको गाडी भेटियो, मान्छे भेटिएनन्
२३ असार २०७८
•
१ मिनेट पाठ
पवर्तमा बाढीले बगाएको गाडी भेटियो, मान्छे भेटिएनन्
बाढीले पर्वतमा पुर्‍याएको क्षति। तस्बिरः नागरिक
काम सकेर आवासमा फर्किने क्रममा पर्वतमा खहरे खोलाको बाढीले गाडी बगाउँदा सवार दुईजना बेपत्ता भएका छन् । गाडी भने खोलाको भंगालोमा अड्किएको अवस्थामा फेला परेको छ। गाडीमा सवार प्राविधिक र चालक भने फेला परेका छैनन्।  




पर्वतका डिएसपी शिवराज बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनि लामा कन्स्ट्रक्सनका प्राविधिक राजाराम आचार्य र चालक इन्द्र थारु बेपत्ता भएका हुन्। उनीहरु सवार गाडी भने मोदी खोलाको ढुंगाको खोँचमा अड्किएको अवस्थामा फेला परेको छ। तर, नदीमा वहाव अधिक भएकोले गाडी बाहिर निकाल्न सकिएको छैन।  

बुढाथोकीका अनुसार उनीहरु काम सकेर राती ११ बजेतिर सदरमुकाम कुश्माबाट आवास क्षेत्र डिमुवा फर्किने क्रममा कुश्मा नगरपालिका–८ दोबिल्लाको खहरे खोलामा परेका थिए । खोलाले गाडीसहित उनीहरुलाई बगाएर झन्डै डेढ किलोमिटर तलको मोदी खोलामा पुर्‍याएको डिएसपी बुढाथोकीले बताए।  

‘मोदीको वहाव नघटेसम्म गाडी निकाल्न सक्ने अवस्था छैन। खोँचमा गाडी अड्किएको छ,’ उनले भने, ‘बेपत्ता भएका चालक र प्राविधिक गाडीभित्रै छन् वा बाहिर बगे भन्ने यकिन भन्न सकिन्न।’ खोँचमा वहाव बढी भएकोले पनि गाडी निकाल्न कठिन भइरहेको उनले बताए।  

उक्त क्षेत्रमा राती १० बजेपछि पानी पर्न थालेको थियो । तर ११ बजेतिर फर्किदै गर्दा माथिबाट आएको खहरेले गाडसहित बगाएको उनले बताए । ‘रातीको समयमा गाडी पार गराउने प्रयास गर्दा दुर्घटना भएको हुनसक्छ। रातीमा भेलको आँकलन गर्न नसक्दा दुर्घटना भएको हाम्रो अनुमान छ,’ उनले भने। उनका अनुसार अहिले लोकमार्गको डिमुवादेखि सदरमुकाम कुश्मासम्मको सडक खण्ड पनि क्षतविक्षत भएको छ। भीषण वर्षापछिको खहरेले क्षति गरेको उनले बताए। बाढीले आसपासका घरमा पनि क्षति पुर्‍याएको उनले बताए।
अर्को समाचार
बाढीले समृद्धिको सपना चकनाचुर
०६ असार २०७८
•
३ मिनेट पाठ
बाढीले समृद्धिको सपना चकनाचुर
मेलम्ची–हेलम्बु सडकखण्डको हेलम्बु क्षेत्रमा बाढीबाट जोगिएको एक मात्र रातो पुल। यो पुल पनि बाढीको उच्च जोखिममा छ।तस्बिर : नागरिक
सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।




तल्लो तटीय क्षेत्रको झन्डै २५ किलोमिटर दूरीसम्म व्यापक क्षति पुर्‍याउनेगरी मंगलबार मेलम्ची खोलामा हेलम्बु भएर बाढी आएको थियो। बाढीले मेलम्चीमा पुर्‍याएको क्षति तत्काल बाहिर आए पनि सडक र सञ्चार सम्पर्क टुटेको हेलम्बुमा बाढीले पुर्‍याएको क्षति सुरुमा बाहिर आउन सकेन। ‘बाढीले हेलम्बुमा पनि अकल्पनीय क्षति पुर्‍याएको छ,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने। हेलम्बुमा राहत लिएर हेलिकोप्टर पुग्न थालेसँगै पाँच दिनपछि त्यहाँ बाढीले पुर्‍याएको क्षति बिस्तारै बाहिर आउन थालेको हो। सञ्चार सम्पर्क टुट्नुका साथै पुलपुलेसा बाढीमा बगेपछि स्थानीय सरकारका प्रमुख शेर्पा नै गाउँमा थुनिएर बस्न बाध्य भए।

बाढीमा बेपत्ता सबै हेलम्बुबाटै हराएका हुन्। हराइरहेका २३ जना अझै बेपत्ता छन्। बेपत्ता हुने १२ भन्दा बढी हेलम्बुकै हुन्। हेलम्बुकै मेलम्ची खानेपानीको मुहान अम्बाथानबाट आठ कामदार बेपत्ता भएका थिए। उनीहरू अझै हराइरहेका छन्। बेपत्ताको खोजी भइरहेको छ।

अध्यक्ष शेर्पाका अनुसार तीन पक्की र ६ झोलुंगे पुल बाढीसँगै बगेका छन्। मेलम्ची–हेलम्बु सडकखण्डको हेलम्बु क्षेत्रभित्र रहेका चारमध्ये रातो पुल मात्र बाँकी छ। यो पुल पनि धेरै जोखिममा छ। तिम्बु, दङतोम्बा र चोक्पुका पक्की पुल बगेका छन्। त्यस्तै सर्कथली, च्याम्भेदो, ग्याल्थुम तोरीधारा, चनौटे, चालिसे च्युरीखर्क र थापाटारका झोलुंगे पुलसमेत बगेका छन्। ‘प्रमुख सडकको पक्की र मुख्य बस्ती जोड्ने झोलुंगे पुल बगेपछि स्थानीय नाकाबन्दीमा छन्। उनीहरू गाउँभित्रै थुनिएका छन्,’ गाउँपालिका अध्यक्ष शेर्पाले भने।

बाढीले आधा दर्जन बस्ती प्रभावित भएका छन्। झन्डै डेढ सय घर बगाएको गाउँपालिकाले जनाएको छ। च्युरीखर्क, हल्दे, तिम्बु र अम्बाथानका २८ घर पशुचौपाया, खाद्यान्नसहित बगेका छन्। पुरानो चनौटे बजार, गणेशेबगर, किउलसम्मका बस्ती तथा घर आंशिक र पूर्ण क्षति हुँदा १ सय १३ परिवार विस्थापित भएका छन्। भण्डारीसिमका तीन घर पनि बगेका छन्। जोखिममा रहेको इलाका प्रहरी कार्यालयको भवन शनिबारको बाढीसँगै बगेको गाउँपालिका प्रमुख प्रशासकीयक अधिकृत विष्णुहरि तिमेल्सेनाले जानकारी दिए।  

जोखिम बढेपछि प्रहरीले मंगलबारै भवन छाडेका थिए। उनका अनुसार चनौटे बजारका २५ व्यापारिक पसल बगेका छन्।

बाढीले विकास पूर्वाधारमा क्षति पुर्‍याउँदा हेलम्बु पनि १०औं वर्ष पछाडि धकेलिएको अध्यक्ष शेर्पाको भनाइ छ। ‘१०औं वर्ष प्रयास गर्दा पनि यो क्षति पूर्ति हुन गाह्रो होला,’ उनले भने। बाढीले मुख्य तथा सहायक खण्ड गरी साढे सात किलोमिटर सडक बगाएको उनले बताए। मेलम्ची–तिम्बु–हेलम्बु खण्डको तीन ठाउँमा गरी साढे ६ किलोमिटर सडक बाढीले कटान गरेर बगर बनाएको छ। इचोक जाने एक किमी सडक बाढीले कटान गरेर क्षतविक्षत पारेको छ।

बाढीले गाउँपालिकाभित्रका आठवटा व्यावसायिक ट्राउट माछा फार्म बगाएको गाउँपालिकाले जनाएको छ। ती फार्ममा व्यवसायीको करोडौं लगानी थियो। पछिल्लो समय हेलम्बु ट्राउट माछा हबका रूपमा विकसित हुँदै थियो। बाढीले हेलम्बुवासीको समृद्धिको सपना चकनाचुर बनाएको अध्यक्ष शेर्पा बताउँछन्।

बाढीले हेलम्बु एक्लिँदा सबैको ध्यान १९ किलोमिटर तलको मेलम्ची बजारमा मात्र केन्द्रित भइरहेको छ। बाढीले मेलम्चीमा मानवीय क्षति नभए पनि भौतिक नोक्सानी भने अधिक छ। राजधानीबाट नजिक रहेकाले राहत पनि मेलम्चीमै केन्द्रित छ। हेलम्बुमा शुक्रबारदेखि भने हेलिकोप्टरमा थोरै–थोरै राहत पुग्न थालेको छ। गाउँपालिकाले बाढी विस्थापितलाई विभिन्नमा ठाउँमा आश्रय दिएर खाने व्यवस्था मिलाएको छ। ‘सडकबाट तत्काल मेलम्ची जोडिन असम्भव रहेकाले ग्रामीण बस्ती हुँदै राजधानी जोड्ने मार्ग पहिचान गरिरहेका छौं,’ अध्यक्ष शेर्पाले भने।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस