दैनिक पाँच सय माइक्रो कारबाहीमा
२५ चैत्र २०७०
•
६ मिनेट पाठ
दैनिक पाँच सय माइक्रो कारबाहीमा
काठमाडौं– उपत्यकामा माइक्रोको मनपरी नियन्त्रण गर्न ‘सघन कारबाही' अगाडि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक पाँच सयभन्दा बढी माइक्रोलाई कारबाही गर्न थालेको छ।
उपत्यकामा भएको पछिल्लो एक वर्षको दुर्घटना तथ्यांकले सडकमा मनपरी सवारी चलाउनेमध्ये माइक्रो चालक नै पहिलो नम्बरमा रहेको देखाएपछि महाशाखाले गत बुधबारबाट सघन कारबाही अगाडि बढाएको थियो। एक साता अवधिमा महाशाखाले चार हजारभन्दा बढी कारबाही गरिसकेको छ।

महाशाखाले लेन अनुशासन पालन नगरेको, तीव्र गतिमा हाँक्ने, जथाभावी सवारी चलाउने लगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरेको हो। महाशाखाका अनुसार उपत्यकामा हाल १ हजार ६ सय ४७ वटा माइक्रो गुड्छन्। तर ती माइक्रो सबैजसो कारबाहीमा परिसकेका छन्। कतिपय माइक्रो त चारपाँच पटकसमेत कारबाहीमा परिसकेका महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले बताए।

‘उपत्यकामा जम्मा १६ सय चानचुन माइक्रो छन् तर तीमध्ये कारबाही नै चार हजारभन्दा माथि पुगिसकेको छ,' उनले भने, ‘भएका माइक्रोभन्दा कारबाहीको दर नै झन्डै दुई गुणा बढी हुनुले पनि उपत्यकामा माइक्रोको लापरबाही अत्यधिक हुने देखाएको छ।' उनले माइक्रोको लापरबाही र कारबाहीको दर अत्यधिक हुन थालेपछि पटकपटक कारबाहीमा पर्ने चालक र माइक्रोको रेकर्ड राखेर थप कडा कारबाही गर्ने तयारी भइरहेको जनाए।

महाशाखाले मनपरी ढंगले सवारी चलाउने माइक्रोमाथि कडा कारबाही अभियान थालेको पहिलो दिनमै सात सय ९२ लाई कारबाही गरेको थियो। त्यसपछि हरेक दिन पाँच सयभन्दा बढी कारबाहीमा पर्न थालेको महाशाखाले जनाएको छ। चालककै लापरबाहीका कारण उपत्यकामा भएका माइक्रोमध्ये वार्षिक ३ सय ३४ वटा दुर्घटनामा पर्ने गरेको महाशाखाको तथ्यांक छ।

महाशाखाले सात दिनदेखि माइक्रोलाई विशेष निगरानी गर्दै कारबाही अगाडि बढाएको हो। महाशाखाका अनुसार कारबाहीमा पर्ने माइक्रोले लेन अनुशासन मिचेको, जिकज्याक गरी सवारी कुदाएको, यात्रु लिन तीव्र गतिमा विपरीत दिशाबाट ओभरटेक गर्ने, निषेध गरिएका स्थानमा सवारी रोक्ने, जथाभावी यात्रु चढाउने र ओराल्ने, क्षमताभन्दा बढी यात्रु कोच्ने, चालकले गाडी कुदाउँदा–कुदाउँदै मोबाइल फोन प्रयोग गर्ने, सहचालकले जिउ बाहिर निकाल्ने, ट्राफिक संकेत नटेर्ने, जथाभावी हर्न बजाउने, ट्राफिकसँग अनावश्यक विवाद गर्ने जस्ता गल्ती गरिरहेका छन्।

‘माइक्रो दुर्घटनाको संख्या बढ्नुको कारण के रहेछ भन्ने अहिलेको सघन कारबाहीले देखाइरहेको छ,' डिआइजी अधिकारीले भने, ‘वास्तवमै उपत्यकमा माइक्रोले ज्यादती गरिरहेको कुरा अहिले देखिइरहेको छ।' उनले कारबाहीमा परेका चालकलाई ट्राफिकले जरिवानासहित सडक अनुशासन लगायतका ट्राफिक जानकारीको पाठ पढाउने गरेको बताए।

महाशाखाले माइक्रोसँगै उपत्यकाका अन्य सार्वजनिक सवारीको समेत अनुगमन सुरु गरिसकेको छ। सघन कारबाही कार्यक्रम अन्तर्गत माइक्रोपछि मिनिबस पनि भटाभट कारबाहीमा पर्न थालेको डिआइजी अधिकारीले जनाए।

यसैबीच, सरकारले सार्वजनिक यातायातका साधनको मनपरी रोक्न उच्चस्तरीय अनुगमन समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरेको हो। आइतबार गठन गरिएको उक्त समितिमा सडक विभागका महानिर्देशक देवेन्द्र कार्की, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारी, मन्त्रालयका उपसचिव नवीन पोखरेल र काठमाडौं महानगरपालिकाका प्रतिनिधि संलग्न छन्।

समितिले उपत्यकाका सवारीको अनुगमन, चालकको अनुगमन, सवारी रुट व्यवस्थापन, लेन अनुशासन, ट्राफिक व्यवस्थापन, सवारी साधनको जाँचपास, सवारी व्यवस्थापनका सुझाव संकलन गर्ने लगायतका क्षेत्रमा काम गर्नेछ।



अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस