काठमाडौं-सडकमा बढेको माइक्रो तथा सार्वजनिक सवारीको मनपरी नियन्त्रण गर्न सरकारले चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने भएको छ।उपत्यकामा पछिल्ला समयमा माइक्रोको दादागिरीका कारण दुर्घटनाको दर बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकसम्म गल्ती गर्ने सवारी चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न लागेको हो।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार एउटै चालकले दुर्घटना गराउने दर बढ्दै गएकाले पटकपटक गल्ती गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न लागिएको हो। उनले सवारी नियम पालन नगर्ने, दुर्घटना गराउने, लेन अनुशासन नमान्ने तथा आचारसंहिता विपरीत काम गर्ने चालकको अभिलेख राख्न सुरु भइसकेको बताए।
महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्था अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन लागेको हो। उक्त दफामा चालकले पालना गर्नुपर्ने सवारी सर्त पाँच पटकभन्दा बढी उल्लंघन गरे ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने व्यवस्था छ। यसअघि ट्राफिकले चालकको गल्तीका आधारमा चिट काट्दै सामान्य जरिवाना तिराउँदै आइरहेको थियो।
‘गल्तीका आधारमा चिट काट्ने र जरिवाना तिराउँदा मात्र एउटै चालकले गल्ती दोहोर्याइरहने समस्या देखियो,' डिआइजी अधिकारीले भने, ‘जतिपटक गल्ती गरे पनि सामान्य जरिवना तिरेर मुक्ति पाउने भएपछि चालकमा मनपरी बढेको हो।' उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकार कडा बन्दै गएको बताए।
महाशाखाले अभिलेखका आधारमा हरेक पटकको गल्तीमा कारबाही बढाउँदै लाने भएको छ। ‘अहिले एउटै चालकले जति पटक गल्ती गरे पनि सामान्य रकम तिरेर उम्किने मौका पाइरहेका छन्,' उनले भने, ‘त्यसकारण अब अभिलेखका आधारमा एक पटक गल्ती गरेकाले दोस्रो पटक गल्ती गरे पहिलोको तुलनामा बढी कारबाहीको भागीदार हुनेछन्।'
महाशाखाले गत साता सुरु गरेको ‘सघन कारबाही' अन्तर्गत गल्ती गर्ने चालकको अभिलेख राख्न सुरु गरिसकेको छ। एक साता अवधिमा चालकहरु तीन पटकसम्म कारबाहीमा परेको रेकर्ड महाशाखाले राखिसकेको छ।
महाशाखाले चालकले सवारी चलाउँदा लेन अनुशासन कायम नगर्ने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक रुपमा अरु सवारीलाई पेल्ने, अनियन्त्रित गतिमा कुदाउने, यात्रु लिनका लागि तीव्र गतिमा ओभरटेक गरी बाधा पार्ने, गलत ओभरटेक र गलत टर्न जस्ता लापरबाही तथा मोबाइल चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्ने, झ्यालबाट टाउको निकाल्ने जस्ता गल्तीमा चालकलाई कारबाही गरिरहेको छ।
महाशाखाका अनुसार सघन कारबाही तथा अनुगमन कार्यक्रममा चालकलाई कारबाहीसँगै सवारी नियम तथा अनुशासनको पाठ पढाउन थालेपछि पछिल्ला दुई दिनमा चालकको गल्ती कम हुँदै गएको छ। ‘सघन कार्यक्रम सुरु भएको चार दिन चालकको लापरबाही र हेपाह प्रवृत्ति अत्यधिक थियो,' अधिकारीले भने, ‘तर अहिले धेरैलाई कारबाही विषयमा जानकारी भएको र कक्षासमेत दिइएकाले चालकका गल्ती कम हुँदै गइरहेको छ।'
उपत्यकामा माइक्रोको लापरबाही नियन्त्रण गर्न सरकारले उच्चस्तरीय समिति गठन गरिसकेको छ। समितिले उपत्यकाका सवारीको अनुगमन गरिरहेको छ। महाशाखाको चैत पहिलो सातासम्मको तथ्यांकअनुसार उपत्यकामा चालु अर्थिक वर्षदेखि हालसम्म भएका सवारी दुर्घटनामा चालकको लापरबाहीका कारण ८६ प्रतिशत दुर्घटना भएका छन्। यो अवधिमा भएको तीन हजारभन्दा बढी दुर्घटनामा माइक्रो तथा मिनिबसका कारण धेरै दुर्घटना भएको देखिएको छ।
महाशाखाको गत वर्ष र चालु वर्षको दुर्घटनाको तथ्यांकले माइक्रोलाई दुर्घटना गराउने एक नम्बर सवारीका रूपमा देखाएपछि माइक्रो व्यवसायी स्वयंले अनुगमन तथा चालकलाई तालिम दिन थालेका छन्। व्यवसायीले ट्राफिकसँग मिलेर चालकलाई एकहप्ते सवारी नियम तथा अनुशासन विषयमा तालिम दिन थालेका हुन्।