विदेशी मुद्रासहित दुई पक्राउ
१० साउन २०७८
•
१ मिनेट पाठ
विदेशी मुद्रासहित दुई पक्राउ
विराटनगरमा दुईजना भारतीय नागरिक प्रतिबन्धित भारतीय रूपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय सन्दीप सिंह र ३४ वर्षीय अतुल कुमारलाई विदेशी मुद्रासहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १ बजेतिर भारतको जोगबनी हुँदै नेपाल आउँदै गरेको उनीहरूलाई विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नाकाबाट पक्राउ परेको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘शंका लागि चेक गर्दा उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ लाख ८ हजार ५ सय भारतीय रूपैयाँका साथै २ हजार २ सय १४ डलर अमेरिकी डलर बरामद गरिएको छ।’




पक्राउ परेका अतुलसँग प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका २ सय थान र सन्दीपका साथबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका २ सय १७ थान तथा अमेरिकी डलर १ सय दरको २१ थान, २० दरको ५ थान, १० दरको १ थान र १ दरको ४ थान बरामद गरेको डिएसपी श्रेष्ठले बताए। पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको प्रहरीले जनाएको छ। यसैबीच विराटनगरबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मोरङको लेटाङ नगरपालिका–६ का २२ वर्षीय रमेश पाँचकोटीलाई लागुऔषधसहित नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र सशस्त्र प्रहरीको बिओपी पोस्ट दरैयाको संयुक्त टोलीले पक्राउ गरेको हो। भारतको जोगबनीबाट लागुऔषध ल्याउँदै गर्दा विराटनगर महानगरपालिकट पाँचकोटीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पाँचकोटीको साथबाट लागुऔषध लुपिजेसिक, डाइजेल्याब, एभिल र फेनारगन गरेर १५–१५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।
अर्को समाचार
विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ
०१ भदौ २०८३
•
१ मिनेट पाठ
विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको अवैध विदेशी मुद्रासहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई जना कर्मचारी पक्राउ परेका छन्।




विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ‘ह्याण्ड ब्यागेज चेकिङ एरिया’ बाट आइतबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका-३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन्।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले जाँच गर्दा स्रोत नखुलेको विदेशी मुद्रा फेला पारेको थियो।

जाँचका क्रममा बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिङ्गिट तथा पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिङ्गिट बरामद भएको प्रहरीले जनाएको छ।

विदेशी मुद्रासहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस