लहान– पूर्वपश्चिम राजमार्गको सप्तरी कुसाहा खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। सप्तरी पनसेरा–५ का ज्ञानेन्द्र सादाको मृत्यु भएको हो।
पूर्वबाट पश्चिम आइरहेको बा४२प ७४५३ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आइरहेको साइकलसँग ठक्कर खाएका थिए। दुर्घटनामा घाइते दुवै चालकलाई उपचारका लागि लहान अस्पताल लगिएको थियो।
सदाको लहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक योगेन्द्र चौरासियाले बताए। घाइते साइकल चालकको परिचय खुल्न सकेको छैन।