डिएनए रिपोर्ट नआउँदा महिनौदेखि थन्कियो बेवारिसे शव
२५ साउन २०७८
•
३ मिनेट पाठ
डिएनए रिपोर्ट नआउँदा महिनौदेखि थन्कियो बेवारिसे शव
यही जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो। प्रहरीले त्यो शवलाई निकाले। त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो। हड्डी मात्र बाँकी थियो। शव नचिनिने अवस्थामा थियो। शवको लम्बाइ, चौडाइ, उचाइ र छातिको भाग हेर्दा चन्दननाथ नगरपालिका ९ का २५ वर्षीय धनगिरीको शारीरिक बनावटसंग मिल्थ्यो।




परिवारले आफ्नै भाइछोराको शव हो भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा पोष्टमार्टमको लागि समेत आग्रह गरेका थिए।। शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो। केही दिनपछि पोष्टमार्टम भयो।  

प्रहरी कार्यालयले उमेरले तपाइको मान्छेसंग मेल खादैँन। के गरौँ भनेर भन्यो। आफन्त तुलराज गिरीले भने,‘प्रहरीको त्यो जवाफ प्रति शंका उब्जियो। हामी विश्वासमा छैनौँ। यो सरासर पीडित पक्षको आखाँमा छारो हाल्ने काम हो।’

पोष्टमार्टममा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले  डिएनए  परीक्षण गर्न सुझाव दियो। डिएनए गर्दा कुनै फरक पर्दैन्, पोष्टमार्टमको रिपोर्टले उमेरको तलमाथि देखाएपनि डिएनए को रिपोर्ट सही हुन्छ',प्रहरी प्रमुखको भनाई उदृत गर्दै तुलराजले भने,‘त्यसपछि विधि विधान प्रयोगशाला मार्फत डिएनए परीक्षण गरि पाउँ भनेर पत्नी मिना गिरी र छोरा तिलक गिरी को रगतका साथ जेठ १० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दियौँ। बिडम्बना दुई महिना वित्यो। डिएनए रिपोर्ट आएन। परिवार रिपोर्ट कुरेर बसेका छौँ। प्रहरीले कुनै चासो दिएको छैन। उल्टै गैरजिम्मेवार तर्क गरेर फर्काउने गरिरहेको छ।’

आफन्तजनले पटक पटक गुनासो सुन्ने अधिकारी समक्ष डिएनए रिपोर्टका बारेमा जानकारी लिने प्रयास गरे। प्रहरीले रिपोर्ट नआएको भन्दै पटक पटक फर्कायो । निवेदन दिँदा अधिकतम एक महिना भित्र रिपोर्ट आएर टुंगो लाग्ने बताइएको थियो। यहाँ दुई महिना वितिसक्यो। रिपोर्ट आइसकेको छैन। यो अलमल भयो, परिवारले शंका गरिरहेको छ।  

आफन्तजनले घटनाको वास्तविक प्राविधिक कुरासंग जोडिएर अनुसन्धान गर्ने विषयमा अनुसन्धानकर्ताको चासो नदेखिएको बताएका छन्। हड्डी मात्रै भएको अवस्थामा भेटिएको त्यो शव बोरामा बाँधेको अवस्था बगेर आइरहेको स्थानीय बताउँछन्। त्यो शवको हकदावी कसैको पनि परेको छैन। उनले भने,‘यो शवलाई बेवारिसे शवका रुपमा प्रमाणित गर्न खोजिदैछ। यो मान्य हुने छैन। छिटो भन्दा छिटो डिएनए परीक्षणको रिपोर्ट ल्याएर परिवारको पीडामा मलहम लगाउनुपर्छ।’

धन गिरीका आफन्तले एक हप्ताभित्र घटनाको सत्यतथ्य प्रतिबेदन सार्वजनिक गर्न माग गरेका छन्। पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न पनि आग्रह गरेका छन्। प्रहरीबाट एक हप्ताभित्र चित्तबुझ्दो जवाफ आउन नसकेको खण्डमा उत्पन्न हुने जोखिमपूर्ण स्थितीको जवाफदेही स्वयं प्रहरी नै हुनु पर्ने चेतावनी दिएका छन्। दाजु भैर गिरीले तत्काल शवको विषयमा टुंगो लगाउन र घटनाको सत्यतथ्य विवरण सार्वजनिक गरि पीडितलाई न्यायको अनुभूति गराउन आग्रह गरेका छन्।  

डिएनए रिपोर्ट नआउँदा दुई महिनादेखि शव अस्पतालको शव गृहमा राखिएको छ। जुम्ला चन्दननाथ नगरपालिका ९ बयालकाटियाका २५ वर्षीय धन गिरी निर्माण सामग्री लिएर गुठिचौर गाउँपालिकाको मणिसाघुँ तिर लाग्दै थिए। उनी चन्दननाथ नगरपालिका ५ का रेणु शाहीको टयाक्टर चलाउँथे। निर्माण सामग्री सरीया सिमेन्ट लिएर गएका उनी घर फर्केनन्। न अहिले सम्म चालक गिरी घर फर्किएका छन्। नत कुनै ठाउँमा रहेको खबर छ। अहिले सम्म सम्पर्कविहीन छन्। न सास पाइएको छ। नत लाश नै।  

गत असोज १५ गतेदेखि उनी सम्पर्कविहीन छन्। परिवारले अपहरण गरि बेपत्ता पारेको भन्दै गुठिचौर गाउँपालिका बस्ने भोटे भनिने विमल महत, दन्दबहादुर भण्डारी, सागर गिरी र बिनोद गिरीको नाममा मुद्दा दिएका छन्।  

उनीहरुले चालक धन गिरीलाई जबरजस्ती ट्याक्टर रोक्न लगाई हातपात गरि ढुंगामुढा गरेर अलपत्र पारेका दाबी गरेका छन्। चालक जीवित छन् या मृतक अहिले सम्म पत्तो लागेको छैन। प्रहरीले यो घटनाको अनुसन्धानमा चरम लापरबाही गरिरहेको परिवारको दुखेसो छ। उनीहरुले सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गरेका छन्। तर प्रहरी चासो लगाएर यो घटनाको अन्तर्यमा पुग्न सकेको छैन।

धन गिरीका दाजु भैर गिरीले भने,‘प्रहरीको कामकारबाहीका कारण पीडित परिवारले न्याय पाउन सकेका छैनन्। प्रहरीले यो घटनामा खेलाँची गरिरहेको छ।’
अर्को समाचार
कटारीमा बेवारिसे शव फेला
१८ कार्तिक २०७७
•
१ मिनेट पाठ
कटारीमा बेवारिसे शव फेला
उदयपुरको कटारीमा एक बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका ३ स्थित वडा कार्यालय परिसर नजिकै अन्दाजी ६०/६५ वर्षीय पुरुष बेवारिसे अवस्थामा मंगलबार दिउँसो मृत फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।




स्थानीयले बेवारिसे शव भेटिएको भन्दै प्रहरीलाई खवर गरेपछि टोली घट्नास्थल खटाउँदा वृद्ध व्यक्ति मृत अवस्थामा फेला परेको इप्रका कटारीका डिएसपी हेमन्त भण्डारीले बताए। घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि कटारी अस्पतालको जिम्मा लगाइएको छ। मृतक को हुन् भन्ने सनाखत भईनसकेको उनले बताए।  

स्थानीयका अनुसार केही दिनयता मागि खादै हिड्ने एक वृद्ध सडक मानव भएको बताइएको छ। तर, सनाखत हुन बाँकी भएकाले प्रहरीले सञ्चारमाध्याममार्फत आफन्तको खोजी गरिरहेको र सनाखत भएपछि पोष्टमार्टम गरी शव व्यवस्थापन गरिने डिएसपी भण्डारीले बताए।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस