लोडसेडिङ दुई घन्टा घट्ने
२८ वैशाख २०७१
•
२ मिनेट पाठ
लोडसेडिङ दुई घन्टा घट्ने
काठमाडौं– विद्युत प्राधिकरणले आगामी बुधबारदेखि लागू हुने गरी लोडसेडिङ दैनिक दुई घन्टा घटाउने तयारी गरेको छ । नदी र खोलामा पानीको बहाव बढेर बिजुली थपिएको प्राधिकरणले जनाएको छ ।पानीको बहावमा निरन्तर सुधार भइरहेको र कुलेखानीमा पानीको सञ्चिति राम्रो रहेकाले लोडसेडिङ घटाउने निर्णय भएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बताए । ‘बुधबारदेखि दैनिक १० घन्टा लोडसेडिङ हुन्छ,’ उनले आइतबार नागरिकसँग भने, ‘उत्पादन बढ्दै गएपछि विस्तारै घटाइनेछ ।’
प्राधिकरणले अहिले दैनिक १२ घन्टा (सातामा ८४ घन्टा) लोडसेडिङ गरिरहेको छ । शनिबारदेखि अघोषित रूपमा १० घन्टामात्र लोडसेडिङ गरिरहेको छ । 
सुख्खा समयमा सञ्चालन गरिए पनि कुलेखानी जलाशयमा पानीको सतह १५ सय १० मिटरसम्म रहेको प्राधिकरणले जानकारी दिएको छ । हिउँदमा कुल क्षमताको एकतिहाइ मात्र उत्पादन हुने विद्युत गृहबाट विस्तारै उत्पादन बढ्दै गएको उसको भनाइ छ । केन्द्रका अनुसार हाल एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’बाट करिब ७० मेगावाट, मध्यमस्र्याङ्दी र मस्र्याङ्दीबाट ४० मेगावाट हाराहारी बिजुली उत्पादन भइरहेको छ ।
प्राधिकरणका अनुसार असारसम्म ८ देखि १० घन्टा लोडसेडिङ हुनेछ । साउनपछि विस्तारै कम हुने छ । यस्तै मंसिर अन्तिम सातादेखि नदीमा पानी घट्ने हुनाले प्राधिकरणले लोडसेडिङ समय बढाउने गरेको छ । आउने हिउँदमा निजी क्षेत्रका केही आयोजनाबाट बिजुली थपिने हुँदा लोडसेडिङ १२ घन्टाभन्दा बढी नहुने प्राधिकरणको प्रक्षेपण छ ।


अर्को समाचार
लोडसेडिङ २ घन्टा घट्ने
१९ जेष्ठ २०७१
•
३ मिनेट पाठ
लोडसेडिङ २ घन्टा घट्ने
काठमाडौं-नदी तथा खोलामा पानीको बहाब बढेपछि बिजुली उत्पादनमा सुधार भएको भन्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ दैनिक थप २ घन्टा घटाएको छ। आगामी बुधबारदेखि लागू हुने गरी लोडसेडिङ घटाइएको प्राधिकरणले जानकारी दिएको छ।




प्राधिकरणले हाल दैनिक १० घन्टा लोडसेडिङ गर्दै आएको छ। निजी क्षेत्र र प्राधिकरणका जलविद्युत आयोजना नदी प्रवाहीमा आधारित भएकाले बर्खा लागेपछि लोडसेडिङ कम हुँदै जान्छ। ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजनाले मात्र हिउँद र बर्खाको बिजुली अभावमा सन्तुलन कायम गर्दै आएको छ।

विद्युतगृहबाट उत्पादन बढ्न थालेपछि थप २ घन्टा लोडसेडिङ घटाउने निर्णय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले बताए। नदी तथा खोलामा पानीको बहाबमा निरन्तर सुधार भइरहेको र कुलेखानीमा पानीको संचित राम्रो रहेकाले लोडसेडिमा सुधार आएको बताइएको छ।

अन्य विद्युतगृहबबाट उत्पादन बढेकाले कुलेखानी कम चलाइएको भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बताए। उनले भने, 'जलाशयको पानी १५०८ मिटर छ, जलाशय विस्तारै सञ्चित गर्दै लगिनेछ।'

हिउँदमा कुल क्षमताको एक तिहाइ मात्र उत्पादन हुने विद्युतगृहबाट विस्तारै उत्पादन बढ्दै गएको प्राधिकरण भार प्रेषण केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार हाल १ सय ४४ मेगावाटको कालीगण्डकी 'ए' बाट करिब ९० मेगावाट, मध्यमर्स्याङ्दी र मर्स्याङ्दीबाट ५० मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको छ।

निजी क्षेत्रका साना आयोजनाबाट पनि उत्पादन बढ्दै गएको छ। प्राधिकरणका अनुसार हाल विद्युतको उच्चतम माग १ हजार १ सय मेगावाट पुगेको छ भने आपूर्ति करिब ६ सय मेगावाट मात्रै भइरहेको छ। केन्द्रिय प्रसारण लाइनमा साढे ४ सय मेगावाट आपूर्ति भइरहेको छ भने बाँकी भारतबाट आयात गरेर वितरण गर्ने गरिएको छ। हालसम्म जडित क्षमता ७ सय ७० मेगावाट पुगेको छ। यसमा निजी क्षेत्रको २ सय ६० मेगावाट योगदान रहेको प्राधिकरणले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस