काठमाडौं- ७२ हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जगाति भक्तपुरले भारत वृन्दावनका सन्जय मिश्रलाई ७१ हजार ९ सय ४० अमेरिकी डलर, २ हजार तीन सय अमेरिकी डलरको ट्राभल चेक र ५० हजार चिनिया मुद्रासहित पक्राउ गरेको हो।
डीएसपी किरण रानाका अनुसार सम्राट ट्राभल्स एन्ड टुरसबाट तिब्बतको मानसरोवर जान बा८च ४२८९ नम्बरको निजी गाडीमा हिँडेका उनीमाथि शंका लागि जाँच गर्दा विदेशी मुद्रा बरामद भएको हो।
रानाले सो रकमबारे अनुसन्धान जारी रहेको बताए।