सुदूरपश्चिममा ओल्के पर्व विपद्‍मा बाँचेको खुसी !
०३ भदौ २०७८
•
३ मिनेट पाठ
सुदूरपश्चिममा ओल्के पर्व विपद्‍मा बाँचेको खुसी !
सबेरै उठ्यो ! नित्यस्नान भ्यायो, धार्मिक स्थलको पूजापाठ, दर्शन ! अनि ‘ओल्को’ बोकेर मान्यजनको दर्शनभेट, आशीर्वाद ग्रहण तथा विपद्कालमा बाँचेको खुसियालीमा शुभकामना आदान–प्रदान। विपद्कालमा बाँचेकै खुसियालीमा यसैगरी सुरु हुन्छ, परापूर्व कालदेखि नै हरेक वर्ष भदौ एक गतेको सुदूरपश्चिमेलीहरूको दिनचर्या वा पर्व। दिन यत्तिमा सीमित रहँदैन। आफन्त र परिवारजनसँगको भेटघाट तथा सामीप्य, मिठो–मसिनो भोजन। ठाउँपिच्छे फरक–फरक शैलीको मनोरञ्जन।  




यसै प्रक्रियालाई नै यस क्षेत्रमा ओल्के पर्व भनिन्छ। जुन यस क्षेत्रको आफ्नै मौलिक पर्व हो। विपद्कालमा बाँचेको खुसियाली साट्न यो पर्व मनाउने जानकारहरूको कथन छ। मंगलबार यसैगरी ‘ओल्के’ पर्व रमझमका साथ मनाइएको छ। जीवन–मरणसँगै जोडेर यस क्षेत्रमा परापूर्व कालदेखि नै अहिले मनाइने ओल्के र वैशाख संक्रान्ति (वैशाख १ गते) मनाइने ‘विशु’ महत्वपूर्ण मानिन्छन्। दुवैसंग सम्बन्धित एउटा उक्ति छ, ‘मरुला भनेर ‘विशु’ खानु, बाँचे भनेर ओल्के खानु !’ यो उक्तिले यी दुवै पर्वको परापूर्व कालदेखि रहिआएको मान्यता प्रस्ट्याउँछ।  

जानकारहरूका अनुसार परापूर्व कालमा वैशाखदेखि साउनसम्मको समयलाई विपत्तिको समय मानिन्थ्यो। जुन समयमा बाढीपहिरो, आँधीबेहरी आउने, अनेक किसिमका रोगव्याधी तथा महामारी फैलने सम्भावना उच्च हुन्छ। यस्तो संकटग्रस्त समयमा ‘मरिन्छ कि !’ भनेर वैशाख सक्रान्तिमा विशु मनाउने र बाँचेको खुसियालीमा भदौ सक्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको छ।  

‘विशुको सन्दर्भमा त केही धार्मिक मान्यता पाइए पनि ओल्केका विषयमा भने खासै ठुलो धार्मिक मान्यता पाइँदैन,’ प्रसिद्ध शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्ट भन्छन्, ‘यद्यपि यी दुवै पर्वको स्थान हामीकहाँ ठुलो छ। ’ परापूर्व कालमा बर्र्सेिन यही समयमा फैलने विपद्का घटनाले आक्रान्त समाजले यस्ता मौलिक पर्वहरू जन्माएको उनको बुझाइ छ। यी दुवै पर्व भारतका कुमाउ र गढवालतिर पनि मनाइन्छ।  

अहिले मनाइने ओल्केमा मान्यजनलाई सम्मानस्वरूप दिइने ओल्कोमा हरियो साग (मुख्यतयाः कर्कलाको गाभा) र फलफूल दिइने गरिन्छ। यसबाहेक अन्न, दुध, दही, घिउ, गुँड र पक्वान्न आदि पनि दिइन्छ। शिल्पकारहरूले आफूले बनाएका सामान पनि दिने गर्दछन्। नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहारसमेत ओल्को स्वरूप दिन थालेका छन्। यसरी ओल्को दिन आएकालाई मान्यजनले आफूसँग भएको मिठोमसिनो खुवाएर पठाउँछन्। ओल्केकै अवसरमा सुदूरपश्चिममा पिङ खेल्ने प्रचलन पनि छ।  

यसकै अवसरमा साउन मसान्तीको राति हातमा भंगिरी (एक प्रजातिको फुल) को बोटमा मजेटीलगायत जडिबुटी एकै ठाउँमा पिसेर हातमा लाउने प्रचलन छ। ओल्केको दिन भंगिरी लगाएको हातले मिठो परिकार खाएर भंगिरी चोख्याइन्छ। यसो गरे छालाको रोगको समस्या निको हुने र संक्रमणबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ। पछिल्ला वर्षमा भंगिरीको ठाउँ मेहन्दीले लिँदै गएको छ। विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी मिठा परिकार जस्तै लौन, बाबर, माणा, निसौसे, डुब्कालगायत डोटेली पकाएर खुवाउने प्रचलन रहेको छ।  

यस क्षेत्रमा ओल्केलाई पर्वहरूको जेठो पर्व भनेर पनि बुझिन्छ। यो पर्वले अन्य पर्वलाई ‘ओल्क्याउने’ अर्थात् अन्य पर्व पनि क्रमशः आउने भएकाले यस्तो भनिएको जानकार बताउँछन्। 
अर्को समाचार
गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’
१२ भदौ २०७८
•
१ मिनेट पाठ
गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’
चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएकोे छ। दोस्रो दिन आज ‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन्।




सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनाका साथै गौराको प्रतिमूर्ति बनाइ नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गोल्मा भाटले बताइन्। बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ। आज दिउँसो गौरादेवीको पूजा गरेपछि ब्रतालु महिलाले साँझपख मीठोमसिनो खाएर बिरुडा र फलफूलसहितको सगुन फाग गाउँछन्।

पौराणिककालमा गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवलाई स्वामी बनाउन सफल भएकीले त्यसै बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए।  

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याइनाका साथै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो समर्पण गर्ने  र अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ। तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। गौराका समयमा सामूहिकरुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायत सांस्कृतिक खेल खेलिने गरिएकामा कोरोना भाइरसका कारण सामूहिकरुपमा जमघट नहुँदा गौराको रौनक नै  नभएको स्थानीयले बताएका छन्। रासस
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ सेकेन्ड अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस