सुदूर संस्कृतिको एकीकृत बिम्बः गौरा
१३ भदौ २०७८
•
५ मिनेट पाठ
सुदूर संस्कृतिको एकीकृत बिम्बः गौरा
यतिबेला सुदूरपश्चिम क्षेत्रमा ‘गौरा’को रमझम छ। यहाँका महिलाहरु ‘गौरी’ अर्थात् भगवान महेश्वरकी पत्नि पार्वतीको ब्रत बसेर पति तथा सन्तानको दिर्घायूका लागि उपासना गरिरहेका छन्। पुरुषहरु एकआपसमा देउडा खेलेर गौरा मनाईरहेका छन्। महिलाहरु ब्रत उपासना तथा पूजाआजा बाहेक यहाँको मौलिक लोकसाहित्यका बिधाहरु चैत, धमारी, ढुस्को, भोलाउलो, मांगलरफाग र देउडा खेलेर गौरा मनाईरहेका छन्। परम्परागत बाजागाजाले गाउँघर गुञ्जयमान छ। गाउँगाउँमा स्थानीय लोकसंस्कृतिको प्रस्तुतीले यहाँको माहौल गौरामय् पारेको छ।  




गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको महत्वपूर्ण मौलिक पर्व हो। यो पर्व यहाँ बाहेक यस क्षेत्रसंग जोडिएका भारतको उत्तर प्रदेशमा पनि मनाईन्छ। यो क्षेत्रका बासिन्दाले गौरालाई सदियौदेखि धुमधामका साथ मनाउदै आएका छन्। यसको धार्मिक तथा सास्कृतीक रुपमा ठूलो मान्यता रहेको जानकारहरु बताउँछन्। ‘गौरा बिशुद्ध धार्मीक आनुष्ठानीक पर्व हो,’ पूर्व प्राध्यापक एबं संस्कृतिविद् डा. बद्री बिनाडी भन्छन्, ‘सुदूरमा मनाईने अन्य पर्वहरुको सामाजिक मान्यता बढी छ। तर गौरा धार्मीक र सामाजिक दुबै किसिमले महत्वपूर्ण छ।’  

गौरा आर्थात् शिबकी पत्नि, हिमालयकी छोरीलाई बुझिन्छ। गौरीले कडा उपासना गरी शिबलाई पतिको रुपमा प्राप्त गरेको स्मरणमा यस क्षेत्रमा गौरा मनाईने उनी बताउँछन्। ‘गौराका बिषयमा पुराणग्रन्थमा अनेकौ आख्यान–उपआख्यान उल्लेख छन्’, संस्कतिविद् विनाडी भन्छन्, ‘ती आख्यान–उपआख्यानको सन्देश भनेको गौराको ब्रत बसेर वंशबृक्षको निरन्तरता, सन्तानको दिर्घायू र सुखसमृद्धिका साथै सौभाग्यको प्रतीक पतीको दिर्घायूको कामना हो।’

गौराको शुरुवात हरेक वर्ष भाद्र कृष्णपक्ष पञ्चमीमा हुन्छ (यसवर्ष शनिबार परेको थियो)। जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ। सो दिन बिरुडा(पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात हुन्छ। तर सामान्य रुपमा भने औशिबाटै गौराको कामहरु शुरु भैसक्ने जानकारहरुको तर्क छ। ‘बिरुणा पञ्चमीबाट गौराको आधिकारीक शुरुवात भएपनि सामान्य कामहरु भने औशीबाटै शुरु भैहाल्छन्’, महिला नेतृ पार्वती चन्द भन्छिन्, ‘औशीमा गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिप्रदामा लिपपोत गर्ने, द्वितियारतृतीयमा ब्रतालुले लत्ताकपडा धुनेरनुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउने लगायतका काम गर्छन्।’ विरुडा पञ्चमीमा भिजाएका बिरुडालाई षष्ठीका दिन पखालिन्छ। ती बिरुडालाई पूजाआजाका क्रममा प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ।  

सप्तमीलाई गौरा सप्तमी पनि भनिन्छ। जुन यसवर्ष आईतबार परेको छ। सप्तमीको दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रिएको साउँ(धानजस्तै देखिने घाँस) बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याईन्छ। त्यसपछि गौराको बास्तबिक रमझम शुरु हुन्छ। यी सबै काम गर्दा मंगल गान(मांगलरफाग)गीत गाउने प्रचलन छ। गौराघरमा भित्र्याएपछि शुद्ध माटोले लिपपोत गरेको ठाउँमा निङ्गालोबाट बनेको डालोमा पूजाआजा र फाँग गीत गाउँदै राखिन्छ। यसै क्रममा ब्रतालु महिलाहरुले ‘दुबोधागो’ ग्रहण गर्दछन्। उक्त दुबो धागोको निकै महत्व रहने संस्कृतिविद् विनाडी बताउँछन्। उनी भन्छन्, ‘गौरामा महिलाहरुले ग्रहण गर्ने दुबोधागोको महत्व पुरुषले लाउने जनै सरह नै हुन्छ। ब्रतालुले दुबो धागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन्।’ उनका अनुसार दुबोधागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातओटा धागोको डोरा) भनिएको छ। ‘शास्त्र अनुसार महिलाहरु वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुबोधागो पहेर्नुपर्छ भनिएको छ’, उनी भन्छन्।

अष्टमीलाई गौराको महत्वपूर्ण दिनको रुपमा लिईन्छ। जसलाई गौराष्टमी भनेर पनि बुझिन्छ। जुन यसवर्ष सोमबारको दिनमा परेको छ। ‘सप्तमीमा भित्र्याईएको गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा नचाईन्छ’, दिपायलका धार्मिक अभियान्ता अध्यक्ष मेघराज भट्ट भन्छन्, ‘त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहा विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ।’ यसै दिनदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन रहीआएको उनी बताउँछन्। हिजोआज भने गौराका अरु दिनहरुमा पनि देउडा खेल्ने गरिन्छ।  

गौरालाई यसक्षेत्रमा गौरा बाहेक, गमरा, गोःरा, गवरा आदी नामले पनि सम्बोधन गरिन्छ। यी सबैको अर्थ भगवान शिवपत्नि पार्वतीको नाम नै रहेको जानकारहरुको बुझाई छ। गौरालाई धेरैजसो ठाउँहरुमा ब्रत पनि भनिन्छ। महिलाहरु ब्रत बसेरै पूजा अर्चना गरिने भएकाले यसलाई ब्रत भनिएको हो।  

गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको जानकारहरु तर्क गर्छन्। संस्कृतिविद् विनाडीकै कथन अनुसार पनि गौरा यसक्षेत्रको लोकसंस्कृति, लोकसाहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीरगाँथा, र भेषभूषाको प्रस्तुती गर्ने एकीकृत थलो हो। ‘यस क्षेत्रका यति धेरै पहिचानका बिम्बहरु एकैसाथ प्रस्तुती हुने अर्को कुनै अवसर नै आउँदैन’, उनी भन्छन्, ‘यसमा मांगल, फाँग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सुप्रसिद्ध देउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीरगाथाहरु एकैसाथ प्रस्तुत हुन्छन्।’ यस क्षेत्रको कला, संस्कृति, भेषभुषाको अध्ययन गर्न चाहनेहरुका लागि गौराको समय महत्वपूर्ण रहने उनी बताउँछन्।  

गौरामा महिलाहरु नै ब्रत बस्छन्। तर पुरुष तथा बालबालिकाहरुले पनि गौरालाई उत्तिकै महत्व दिन्छन्। ‘गौराका समयमा ब्रतालुका घरमा माछा, मासु लगायतका मांशाहारी खानेकुराहरू बर्जित गरिन्छन्’, पण्डित यज्ञराज जोशी भन्छन्, ‘धेरैजसो घरमा त मसुरो लगायतका खानेकुराहरु समेत पाक्दैन।’

गौरा समाजमा सात्विक बिचार भावनाको बिकासमा समेत  सहयोग पुर्‍याउने पर्व रहेको जानकारहरुको मान्यता छ। आजको अवस्थामा यसको महत्व झनै बढ्दै गएको जानकारहरुको तर्क गर्छन्। ‘अहिले जीवनहरु आक्रान्त बन्दै गएका छन्, मानिसहरुको धर्मप्रति बिश्वास उठ्दै गएको छ,’ संस्कृतिविद् विनाडी भन्छन्,‘यस्तो अवस्थामा गौराजस्तो महिमायूक्त पर्वको प्रभाव गहिरो पार्न सके कूबिचारहरु हट्दै सुखद् संसार निर्माण हुन सक्छ।’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस