काठमाडौं- दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले उपत्यकाका सडक निर्माणका लागि 'टालटुले' योजना अगाडि बढाएको छ। नेपालमा झन्डै १२ वर्षपछि आगामी कात्तिकमा हुन लागेको सम्मेलनको अवसर पारेर सरकारले भौतिक निर्माणको कामलाई प्राथमिकता दिएको बताए पनि निर्माणको काम भने निश्चित क्षेत्रमा मात्र हुने भएको छ। सम्मेलनका समयमा काठमाडौंलाई सफा र सुन्दर सहरको नमुना बनाउने दाबी गर्दै आएको सरकारले सडक निर्माणका लागि भने सार्क क्षेत्रबाट आएका प्रतिनिध बस्ने र घुमघाम गर्ने क्षेत्रमा मात्र चिल्ला र राम्रा सडक बनाएर 'छलछाम' गर्दैछ।
भौतिक योजना तथा निर्माण मन्त्रालयका अनुसार सम्मेलनको समयका लागि सडकलाई चिल्ला र सुन्दर बनाउन सरकारले उपत्यकाका तीनवटै जिल्लालाई गरी ८० करोड रुपैयाँ विनियोजन गर्ने भएको छ। विनियोजित उक्त रकम भने सम्मेलनका लागि आएका सार्क राष्ट्रका प्रतिनिधि हिँड्ने सडक एयरपोर्ट, तीनकुने, गौशाला, राजदूतावास रहेका क्षेत्र लाजिम्पाट, महाराजगन्जमा मात्र खर्च हुने भएको छ।
सडक विभागका एक उच्च प्रतिनिधिले सम्मेलनका समयमा उपत्यकामा विदेशीलाई राम्रा सडक छन् भन्ने देखाउन उनीहरु हिँड्ने क्षेत्रमा लक्ष्य गरी निर्माण गरिने बताए। 'प्रतिनिधिलाई झुक्याउने गरी सडक निर्माण हुने भएको छ,' उनले भने, 'टालटुले निर्माण गरेर पाहुनालाई छलछाम गर्ने काम हुँदैछ।' उनका अनुसार सार्क राष्ट्रबाट आएका प्रतिनिधिलाई राख्ने र घुमाइने क्षेत्रका सडक भने हेर्दा आकर्षक बनाइनेछ।
सार्कका लागि दिने भनिएको रकमले सबै क्षेत्रमा सडक निर्माण गर्न अपुग हुने भएकाले निश्चित क्षेत्रमा मात्र निर्माणको काम गर्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेलले बताए। 'यति रकमले सबै क्षेत्रमा चिल्ला सडक बनाउन असम्भव नै छ,' उनले भने, 'त्यही भएर सम्मेलनका लागि आएका प्रतिनिधि आउजाउ गर्ने सडकमा निर्माणको काम अगाडि बढाउन लागिएको हो।'
सार्क प्रतिनिधि आउनेबित्तिकै नजर जाने गौशाला–एयरपोर्ट–तीनकुने क्षेत्रको सडकलाई सबैभन्दा राम्रो बनाउने तयारी भइरहेको उनले जनाकारी दिए। उनका अनुसार उक्त सडक खण्डका दायाँबायाँ दुईदुई मिटर लेन थप्नेगरी डिजाइनसमेत तयार भइरहेको छ। 'एयरपोर्ट तीनकुने क्षेत्रलाई सुन्दर र फराकिलो बनाउने डिजाइन अन्तिम चरणमा पुगिसकेको छ,' उनले भने, 'त्यसपछि दूतावास रहेका क्षेत्र र अन्य केही विशेष क्षेत्रमा काम अगाडि बढाउन लागिएको छ।'
सम्मेलनका समयमा सडक मात्र नभई अन्य धार्मिक क्षेत्र तथा अन्य संरचनाको समेत सरसफाइ र रंगरोगनका काम हुने भएको छ। यस्ता कामसमेत प्रतिनिधिलाई झुक्याउन निश्चित क्षेत्रमा मात्र हुनेछन्। प्रतिनिधिको आँखा पर्ने क्षेत्रका टुटेफुटेका सडक पुनर्निर्माण, नाली निर्माण तथा व्यवस्थापन, मठमन्दिर, दरबार रंगरोगन तथा सरसफाइ, नयाँ संरचना निर्माण र व्यापक हरियाली बनाउने कामका लागि काठमाडौं महानगरपालिका, ललितपुर र भक्तपुर उपमहानगरपालिकालाई भनिएको छ। नगरपालिकाहरुले पनि सरकारले भनेअनुसार नै सडक मर्मतको काम, मन्दिर तथा धार्मिक स्थल सरसफाइ, रंगरोगन, विभिन्न स्थानमा मुल गेट, बिजुलीका पोलका पोस्टर हटाउने, रेलिङ बनाउने, सडकमा मार्किङ राख्ने काम अगाडि बढाउने तयारी गरेको छ।
उपत्यकाभित्र सरसफाइ तथा सजावटका लागि स्थानीय विकास मन्त्रीको संयोजकत्वमा सरसफाइ तथा नगर सजावट समिति समेत गठन भैसकेको छ। समितिले अतिथिहरु सवार हुने स्थलमा होर्डिङ बोर्ड, पसल, टहराहरु हटाउन, अशोभनीय पर्खाल र घरहरु दुरुस्त राख्न र रंगरोगन गर्न निर्देशन दिएको छ। समितिकै निर्देशनअनुसार महानगर तथा उपमहानगरपालिकाले उपत्यकाका विभिन्न ठाउ“मा स्वागतद्धार राख्ने, विश्व सम्पदा तथा पुरातात्विक महत्वका क्षेत्रलाई चुस्त राख्ने, रानीपोखरी र तीनकुने पार्कलाई नया“ स्वरुप दिइने, ललितपुर, काठमाडौं र भक्तपुर दरबार क्षेत्रमा रङरोगन, सरसफाइ र सामान्य मर्मतसम्भार गर्ने योजना बनाइसकेको छ। यस्तै, मुख्य सडकमा सौर्य ऊर्जाबाट बत्ती जडान गरिने तयारी पनि भइरहेको महानगरले जनाएको छ।