काठमाडौं- चार लेन सडकलाई विस्तार गरेर आठ लेन बनाइएको माइतीघर–तीनकुने सडक खण्डको माइतिघर बबरमहल क्षेत्रमा वृक्षारोपण गरीएको छ । सडककाबीच भागमा बँगैचा निर्माणका लागि बनाइएको क्षेत्रमा सहरी विकास मन्त्री नारायण खड्काले आज वृक्षारोपण गरेका हुन् ।सहरी सुन्दरता कायम गर्न र प्रदुषण घटाउन वृक्षारोपण कार्यलाई उपत्यकाका सबैजसो सहरमा विस्तार गर्दै लैजाने तयारी गरेको सरकारले पहिलो चरणमा माइतिघरदेखी बबरमहलसम्मको तीनसय मिटर क्षेत्रमा बृक्षारोपण गरेको हो । विस्तारपछि फराकिला सडकमा विगतमा रहेका रुखहरु काटिएका थिए । तर सडक निर्माणसँगै रुख रोप्ने काम पनि अगाडी बढ्ने मन्त्री खड्काले बताए । मन्त्री खड्काका अनुसार सहरलाई हरीयाली र सुन्दर बनाउन सरकार एक्लैको प्रयासले मात्र पुरा नहुने हुँदा सहरी क्षेत्रका वासिन्दाले आफ्ना घरआँगन तथा छतमा समेत रुख तथा फुलहरु रोप्न आवश्यक रहेको छ ।
बगैंचामा वृक्षरोपणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले आवश्यक तयारी गरेको थियो । प्राधिकरणले गत जेठ २२ गते विश्व वातावरण दिवसका अवसरमा नै उक्त सडकमा ग्रिन बेल्टका लागि वृक्षारोपण गर्ने तयारी गरेको थियो । तर प्राविधिक समस्याका कारण वृक्षारोपण कार्य केही ढिला हुन गएको प्राधिकरणका प्रमुख योगेश्वर पराजुलीले बताए । पराजुलीका अनुसार ग्रिन बेल्ट निर्माणका क्रममा पहिलो चरणमा माइतीघरदेखि बबरमहलसम्म वृक्षारोपणको काम सुरु गरीएको हो । 'पहिलो चरणमा ३ सय ५० मिटर क्षेत्रमा वृक्षारोपण गरिएको छ' उनले भने, 'त्यसपछि बिस्तारै तिनकुनेसम्म नै हरियाली निर्माणको काम अगाडि बढाइनेछ ।' उनका अनुसार सार्क शिखर सम्मेलन सुरु हुनुअगाडि उक्त सडक खण्डका सबै क्षेत्रमा हरियाली निर्माणको काम सकिनेछ ।