काठमाडौं- सरकारले भवन खाली गर्न भनेपछि प्रशासनिक क्षेत्रबारे पढाइ हुने 'जनप्रशासन क्याम्पस' अलपत्र अवस्थामा पुगेको छ। त्रिभुवन विश्वविद्यालयले क्याम्पस रहेको जमलस्थित भवन खाली गर्न सूचना जारी गरेको र क्याम्पसका लागि नयाँ निर्माणाधीन भवनलाई चाहिने रकम उपलब्ध नगराएपछि क्याम्पस अलपत्र अवस्थामा पुगेको हो।
त्रिविका ६० आंगिक क्याम्पसमध्ये आफ्नो छुट्टै भवन नभएको जनप्रशासन क्याम्पसले प्रयोग गरिरहेको जमलको भवन खाली गर्न त्रिविले पटकपटक ताकेता गर्दै जाने तर नयाँ बनिरहेको भवनलाई चाहिने रकम नदिँदा क्याम्पसमा अध्ययनरत ५ सयभन्दा बढी विद्यार्थीको भविष्यसमेत अन्योलमा परेको छ। 'भवन एक महिनाभित्र खाली गर भनेको छ। अर्को भवन बजेट नहुँदा बन्न सकेको छैन,' क्याम्पस प्रमुख टेकनाथ ढकालले भने, 'अब हामी कहाँ जाने?'
क्याम्पसका नयाँ भवन त्रिवि परिसर कीर्तिपुरमा बनिरहेको छ। तर निर्माणाधीन भवनको काम अन्तिम अवस्थामा पुगे पनि त्रिविले भवनका लागि चाहिने १ करोड ६३ लाख रुपैयाँ दिन सकेको छैन। करिब ५ करोड ६३ लाख रुपैयाँ अनुमानित लागतमा बनिरहेको भवनका लागि क्याम्पसले आफ्नै प्रयासबाट २ करोड संकलन गरेको थियो। त्रिविले भवन निर्माणका लागि अघिल्लो वर्षमा २ करोड उपलब्ध गराएको र बाँकी रकम निर्माणका क्रममा उपलब्ध गराउने आश्वासन दिएको थियो। त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलका अनुसार चालु वर्षमा त्रिविले भवन निर्माण शीर्षकमा बजेट नछुट्याएकाले यो वर्ष बजेट दिन नसकिएको हो।
'हामीसँग भवन निर्माण शीर्षकमा बजेट नै छैन,' उनले भने, 'त्यसकारण अब अर्को वर्ष सरकारसँग बजेट माग गरेर उपलब्ध गराइनेछ।' उनले बजेटको विषयमा त्रिवि सभाले निर्णय गर्ने भएकाले सभाले यो विषयमा सम्बोधन गर्ने जनाए। भवन खाली गर्ने विषयमा भने उनले क्याम्पसले सक्दो छिटो जमलको भवन खाली गर्नुपर्ने बताए।
त्रिविले जनप्रशासन क्याम्पसको आफ्नै भवन बनाउन २०६१ सालमै त्रिवि परिसर कीर्तिपुरमा जग्गा दिएको थियो। तर ०६२/६३ को जनआन्दोलनपछि राजनीतिक परिवर्तनले निर्माणको काम रोकिन पुगेको थियो। दुई वर्षअघि त्रिविले बजेट दिने र क्याम्पसले पनि आफ्ना तर्फबाट दुई करोड खर्चन तयार भएपछि निर्माण अगाडि बढेको थियो।
क्याम्पस प्रमुख ढकालका अनुसार जनआन्दोलन अगाडि ५ करोडमा दुई वटा भवन कीर्तिपुरमा बनाउने योजना थियो। तर निर्माण अघि बढ्न नसक्दा बढेको महँगीका कारण ५ करोडले एउटा मात्र भवन बन्ने अवस्था आएको छ।
भवनको काम प्रेरणा डाँफे नामक कम्पनीले गरिरहेको छ। असारभित्रै बनिसक्नुपर्ने भवनको काम त्रिविले रकम नदिँदा कहिले सकिने हो, टुंगो लाग्न नसकेको ढकालले जनाए। 'ठेकेदार काम सक्न सक्षम छ,' उनले भने, 'तर बजेट नहुँदा हामी नै काम छिटो गर भन्न सकिरहेका छैनौं।'
नेपाल सरकारका प्रशासनिक कर्मचारीमध्ये बहालवाला अर्थसचिव युवराज भुषाल, युवा तथा खेलकुद सचिव प्रतापकुमार पाठक, उद्योग सचिव कृष्ण ज्ञवाली लगायत दर्जन सचिवले अध्ययन गरेको उक्त क्याम्पस आफ्नै भवन नहुँदा पाँच ठाउँमा सरिसकेको छ। २०३३ सालमा शंकरदेव क्याम्पसबाट सुरु भएको उक्त क्याम्पस त्यहाँबाट डिल्लीबजारमा भाडाका घरमा दुई ठाउँ सरेको थियो। डिल्लीबजारबाट क्याम्पस त्रिपुरेश्वर क्षेत्रमा सर्योा। त्रिविले त्यहाँ व्यापारिक भवन बनाउने भएपछि क्याम्पस जमल सरेको हो।