काठमाडौं-सरकारले सहरी विकास निर्माणमा दोहोरो खर्च रोक्दै एकीकृत र समन्वयात्मक रुपमा काम अघि बढाउन फेरि समन्वय समिति गठन गरेको छ।समन्वय अभावमा एउटाले बनाउने र अर्कोले भत्काउने प्रवृत्तिले सडक निर्माणमा मात्र करोडौं रकम खेर गइरहेको छ। यस्तो क्रम रोक्न गठिन समन्वय समितिमा सहरी विकाससँग जोडिएका सडक, खानेपानी, ढल र प्राधिकरणबीच समन्वयको जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई दिइएको छ।
प्राधिकरण ऐनअनुसार बनाइएको समितिमा चार मन्त्रीसहित २१ सदस्य छन्। समितिको संयोजक सहरी विकासमन्त्री छन्। समितिमा भौतिक निर्माण तथा यातायात, स्थानीय विकास र पर्यटनमन्त्री समेत सदस्य छन्।
राष्ट्रिय योजना आयोगका सदस्य, अर्थ, सहरी विकास, ऊर्जा, भूमिसुधार, वन, सूचना तथा सञ्चार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, मध्यपुरथिमी र कीर्तिपुर नगरपालिकाका प्रमुखहरु, तीनटै जिल्ला विकास समितिका सभापति समेत समितिमा सदस्य छन्। समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख सदस्य सचिव रहनेछन्।
तत्कालीन बाबुराम भट्टराई सरकारले पनि यस्तै समिति बनाएको थियो। तर समितिको बैठक दुई वर्षसम्म बस्न नसक्दा समन्वयका काम प्रभावित भएको थियो।
नवगठित समितिले कहाँ, कहिले सडक बनाउने, कहाँ ढल बिछ्याउने, कहाँ खानेपानी पाइप बिछ्याउनेजस्ता कामको जिम्मेवारी सम्बन्धित निकायलाई तोक्नेछ। यसअघि निर्माणका काम सबै निकायहरुले आफुखुसी गर्दै आएका थिए।
आगामी नयाँ निर्माणका काममा दोहोरो खर्च नदेखिने प्राधिकरणका प्रमुख योगेश्वर पराजुलीले बताए। उनका अनुसार अब बन्ने नयाँ निर्माणका काम प्राधिकरण ऐनअन्तर्गत निर्माण भएको भौतिक विकास समितिमा अनिवार्य रुपमा सिफारिस गर्नुपर्ने र प्राधिकरणले सिफारिस गरेको निर्माणका योजना समितिले पास गरेपछि मात्र निर्माणका काम अगाडि बढ्नेछ।
काठमाडौं उपत्यकामा सहरी सडक विस्तारलगायत विकास निर्माणमा काम गर्नुपूर्व प्राधिकरणमा आउनुपर्ने भएपछि उपत्यकामा कहाँ, के के निर्माणका काम हुँदैछन् भन्ने पहिले नै थाहा हुने पराजुलीले बताए।
र प्राधिकरणले त्यसैका आधारमा खानेपानीको पाइप बिच्छ्याउने पर्ने क्षेत्र, ढल निर्माण गर्नुपर्ने क्षेत्र र सडक निर्माण गर्ने क्षेत्र छुट्ट्याएर निर्माण स्वीकृति दिने उनले जानकारी दिए।
‘अबका निर्माणमा सरकारलाई दोहोरो खर्च पर्नेछैन,' उनले भने, ‘विगतमा समन्वय नै नहुँदा कहाँ के भइरहेको छ भन्ने थाहा नहुँदा सडक बनाउन नपाउँदै भत्काउनुपर्ने समस्या क्रोनिक रुपमा देखिएको थियो।'
मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने योजना पहिला नै तय भइसकेकाले यो व्यवस्था त्यसमा भने लागू हुनेछैन।
‘मेलम्चीको पाइप कहाँ–कहाँ बिच्छ्याउने र कहाँ कहाँ सडक भत्काउने भन्ने कार्यक्रम बनेर काम सुरु भइसकेको छ,' उनले भने, ‘जसका कारण आगमी दिनमा उक्त आयोजनाले सडक भत्काएका देख्न सकिन्छ, तर नयाँ निर्माणका क्रममा भने यस्तो समस्या आउनेछैन।'
उनका अनुसार समितिले स्वीकृत नगरेका सडकमा कसैले भत्काउने वा खन्ने काम गरेको पाइए कारबाही हुनेछ।