धनगढी- नेपाली काँग्रेसका वयोवृद्ध नेता खेमराज जोशीको कैलालीको मोहनपुरस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा मङ्गलबार साँझ निधन भयो।
उनका चार छोरा र दुई छोरी छन्। विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि काँग्रेसको नेतृत्वमा भएको जनक्रान्तिमा सुदूरपश्चिममा रहेर उनले नेतृत्वदायी भूमिका निभाएका थिए। त्यसपछि पनि प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि पटकपटक भएका आन्दोलनका क्रममा उनले पथ प्रदर्शकका रुपमा काम गरेका थिए।
आन्दोलनका क्रममा उनले पटकपटक जेलमा बन्दी जीवनसमेत बिताएका थिए। सुदूरपश्चिममा काँग्रेसको कुशल सङ्गठकका रुपमा चिनिने जोशीको पार्थिव शरीरमा काँग्रेस कैलालीका सभापति नरनारायण शाहले पार्टीको झन्डा ओढाए।
स्व जोशीको महाकाली नदीको घाटमा आज अन्तिम संस्कार गरियो।