धनगढी– कैलालीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी–३ बडराका १४ वर्षका सुमित आचार्यको पानीमा डुबेर मृत्यु भएको छ। मोहना नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता आचार्य बेपत्ता भएका थिए। प्रहरी र स्थानीयले नदी किनारमा उनको शव फेला पारेका थिए।
यसैगरी मुनुवा ५ सन्तपुरका खड्कसिंह विकका छोरा एक वर्षीय अनिल विकको नहरमा डुबेर मृत्यु भएको छ। आमा घाँस काट्न गएका बेला पछि लागेर गएको बालकको नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको कैलालीका प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए।