लामोसाँघु (सिन्धुपाल्चोक)– सुनकोशी नदी थुनेर जुरेमा बनेको तालको पानी निकास गर्न नेपाली सेनाले फेरि दुई ब्लास्टिङ गरेको छ। पानीको बहावलाई वैज्ञानिक ढंगले बढाएर खतरालाई क्रमशः घटाउन प्राविधिकहरुसँगको परामर्शमा सेनाले दुई ब्लास्टिङ गरेको हो।गत शनिबार बिहानदेखि सुनकोशी थुनिएर बनेको तालमा बिहीबार दिउँसो दुई ब्लास्टिङपछि पनि थोरै मात्र निकास बढेको छ। हिजो साँझ पनि सेनाले एउटा ब्लास्टिङ गरेर पानीको निकास बढाउने कोसिस गरेको थियो।
पहिरोले थुनेको स्थानमा तीनतले घरभन्दा ठूला चट्टान भएकोले ब्लास्टिङ प्रभावकारी सकेको छैन।
भूगर्वविद् तथा हाइड्रोजिओलोजिष्टसँग परामर्श गरेर फेरि ब्लाष्टिङ गराउने तयारी भइरहेको नेपाली सेनाका जर्नेल अस्मिनकुमार थापाले जानकारी दिए।
गत शनिबार बिहान करिब डेढ सय मिटरमाथिबाट खसेको कान्ले खहरेको चट्टाने पहिरोले सुनकोसी नदी थुनिएको हो।
पहिरोमा परी १५६ जनाको मृत्यु भएको छ।