तातोपानी जोड्न ट्र्याक खोलिँदै
२२ साउन २०७१
•
७ मिनेट पाठ
तातोपानी जोड्न ट्र्याक खोलिँदै
सिन्धुपाल्चोक (लामोसाँघु)- छ दिनअघि सिन्धुपाल्चोक मांखा पहिरोले टुटाएको चीनसँगको एकमात्र चल्तीको व्यापारिक नाका तातोपानी दसैंअघि नै सञ्चालनमा आउने भएको छ। पहिरोले क्षतविक्षत अरनिको राजमार्ग पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन समय लाग्ने देखिएपछि सुनकोसी पारिबाट ट्र्याक खोलेर बेलिब्रिजले अरनिको राजमार्गसँगै नाका जोड्ने तयारी गरिएको हो।सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीका अनुसार पुरानो राजमार्ग सञ्चालन कहिले हुन्छ, टुंगो छैन। तत्कालका लागि हाल राजमार्ग रहेको सडकबाट पारिपट्टि वैकल्पिक बाटो खन्न लागिएको हो। 'पानी निकाल्न र पहिरो पूरै हटाउन लामो समय लाग्ने देखिन्छ,' कार्की भन्छन्, 'सकेसम्म छिटो तातोपानी नाका जोड्न ड्याम साइटदेखि जंगलतर्फबाट दाबीखोलासम्म करिब साढे दुई किमि नयाँ ट्र्याक खोल्ने काम एक–दुई दिनमै सुरु हुन्छ।'
उनका अनुसार वैकल्पिक मार्गका रूपमा अब अरनिको राजमार्गको खाडीचौरस्थित दोलखाको मुढे–चरिकोट जाने पुलबाट सवारीसाधन पारिपट्टि लगिनेछ। त्यहाँबाट नेपाल विद्युत प्राधिकरणको सुनकोसी जलविद्युत केन्द्रले बनाएको पुरानै पक्की बाटो प्रयोग गरी पहिरोस्थल ड्याम साइटसम्म सवारीसाधन पुर्यातइनेछ। ड्यामसाइटबाट पहिले पैदल हिँड्ने जंगलै जंगलको गोरेटो पहिल्याउँदै करिब साढे दुई किमि ट्र्याक खोलिनेछ। ट्र्याकलाई बाटोमा पर्ने दाबीखोला तार्न बेलिब्रिज राखिने र त्यहाँबाट फेरि करिब तीन किमि लामो पुरानो ट्र्याक फराकिलो बनाउँदै भोटेकोसी–सुनकोसी दोभानसम्म पुर्यारइनेछ। सुनकोसीमा अर्को बेलिब्रिज राखेर फेरि वारिपट्टि अरनिको राजमार्गमै जोडेर चीन नाका खुलाउने तयारी अघि बढेको छ।
'ट्र्याक खोल्नेबारे नेपाली सेनासँग छलफल भइसकेको छ,' कार्कीले भने, 'सेनाको एउटा र सडक विभागसँग रहेको अर्को बेलिब्रिज ट्र्याक जोड्न प्रयोगमा ल्याउँछौं।'
शनिबार बिहानै आएको मांखा चट्टाने पहिरोले अरनिको राजमार्गको करिब तीन किमि सडक अवरुद्ध पारेपछि छ दिनदेखि नेपाल–चीन नाका ठप्प छ। पहिरोले करिब एक किमि सडक भत्काएको छ भने बाँकी दुई किमि सडक सुनकोसी थुनिएर बनेको तालमा डुबेको छ। बाटो अवरुद्ध हुँदा दसैंका सामानसमेत उतै अड्किएका कारण सरकारले चाँडो वैकल्पिक सडक खोल्ने तयारी गरेको हो।
कान्ले खहरेको पहिरोमा डाँडै बग्दा राजमार्ग र पहिले नदी बगिरहेको स्थानमा अहिले ५० मिटरभन्दा अग्लो पहाड छ। त्यसले सुनकोसी थुनिएर तीन किमि लामो ताल बनेको छ। निकास खोलेर डुबान समस्या हटाउने पहल जारी रहे पनि तालको पानी घटेको छैन। ताल ४५ मिटरसम्म गहिरो रहेको प्राविधिक आँकलन छ।
महानिर्देशक कार्कीका अनुसार नयाँ ट्र्याक निर्माण करिब डेढ महिनामा सकिन्छ। दाबीखोलासम्म ट्र्याक खोलेपछि त्यहाँबाट बाह्रबिसेतर्फ पुरानो तर साँघुरो कच्ची सडक छ, त्यसलाई केही मर्मत र फराकिलो पारेपछि सुनकोसी र भोटेकोसी दोभानसम्म सवारी आउजाउ गर्न सक्ने उनले जानकारी दिए। त्यहीँ बेलिब्रिज राखेर सवारीसाधन फेरि अरनिको राजमार्ग तारिनेछ।
नयाँ ट्र्याक खोल्नुअघिका लागि अस्थायी विकल्पका रुपमा ग्रामीण क्षेत्रबाट जाने अर्को सडकसमेत प्रयोग गर्ने निर्णय सिन्धुपाल्चोक जिविसले बिहीबार लिएको छ। उक्त निर्णयअनुसार अहिले कच्ची सडक रहेको लामोसाँघु, सिलढुंगा, टौथली, पिस्कर, धुस्कुन हुँदै बाह्रबिसेभन्दा केही तल भोटेकासी–सुनकोसी दोभान जोड्ने सडक प्रयोगमा ल्याउने हो। 
'बाटो साँघुरो भएकाले उक्त सडकमा ठूला सवारीसाधन चलाउन सम्भव छैन,' कार्कीले नागरिकसँग भने, 'तातोपानीबाट ठूला सवारी आउजाउ गर्नुपर्ने भएकाले ट्र्याक नै खोल्नुपर्छ।' 
यीबाहेक तत्कालका लागि साना सवारीसाधन आवातजावत गराउन लामोसाँघुदेखि मांखा, राम्चे हुँदै बाह्रबिसेतर्फ रहेको अर्को कच्ची सडक पनि सञ्चालनमा ल्याउनेबारे अध्ययन भइरहेको छ। सिन्धुपाल्चोक जिल्ला प्राविधिक कार्यालयका प्रमुख सुनिलराज गिरीका अनुसार राजमार्ग सञ्चालनमा आउनुपूर्व साना सवारी आवतजावत गर्न विकल्पका रुपमा उक्त सडक प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको छ। 'केही मर्मतसम्भार गरेर सवारी चलाउन सकिन्छ कि भनेर प्राविधिक अध्ययन भइरहेको छ,' उनले भने।
पैदल यात्री भने अहिले बाह्रबिसेबाट ड्यासाइटसम्म करिब ४ किमि सडक ग्रामीण क्षेत्र र जंगलको गोरेटो भएर करिब १५ किमि हिँड्नुपर्ने बाध्यता छ। कतिपय भने जोखिम मोलेरै पहिरोस्लथकै भीर काटिरहेका छन्।
अर्को समाचार
पहिरो छलेर ट्र्याक खोलिँदै
०७ साउन २०७३
•
६ मिनेट पाठ
पहिरो छलेर ट्र्याक खोलिँदै
सिन्धुपाल्चोक- भोटेकोसी बाढीले दुई सातादेखि अवरुद्ध उत्तरी सीमा–नाका तातोपानी सडकमार्गले जोड्न नयाँ ट्र्याक खन्न थालिएको छ। अरनिको राजमार्गको आधा खण्ड (सिन्धुपाल्चोक) हेर्ने डिभिजन सडक कार्यालय चरिकोटले सातादेखि नाका जोड्ने प्रयास जारी राखेको छ। निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनाले डिभिजन सडकलाई उपकरण सघाइरहेको छ।

'नयाँ ट्र्याकमार्फत नाका जोड्न तल्लीन छौं,' डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अशोक तिवारीले बिहीबार नागरिकसँग भने, 'तर, निरन्तरको पहिरो र कटानले अवरोध पुर्‍याइरहेको छ।' भोटेकोसीमा असार २१ गते आएको विनाशकारी बाढीले बाह्रबिसे–तातोपानी (२६ किमी) सडक खण्ड ठाउँ–ठाउँ कटान गर्दा सीमासम्मका ६ गाविस नाकाबन्दीमा छन्।

भोटेकोसी कटान र पहिरोले सडक क्षतविक्षत बनाएको प्रमुख इन्जिनियर तिवारीले बताए। 'अबको दुई सातामा अस्थायी ट्र्याकले नाका जोड्ने लक्ष्य छ,' उनले भने। डिभिजन कार्यालयका अनुसार उक्त खण्डका १८ स्थानमा सडक टुटेको छ। कटान अझै रोकिएको छैन। आठ स्थानमा पूरै सडक (भिरसम्म) कटानमा परेको छ।

बाढीले सबैभन्दा बढी क्षति तातोपानीको अन्तिम बजार लिपिङमा पुर्‍याएको छ। यद्यपि त्यहाँ घर मात्र बगाएको र सवारीसाधन वारपार हुने सडक बाँकी नै रहेकाले ट्र्याकले जोड्न सकिने कार्यालयको विश्वास छ। 'समस्या लार्चादेखि जम्बु झन्डै १६ किमी सडकमा छ,' तिवारीले भने, 'नदी कटान र ठुल्ठूला पहिरो यही क्षेत्रमा छन्।' बाह्रबिसे खुर्सानीबारीको सडक कटानमाथिबाट ट्र्याक खन्दै जम्बुसम्म राजमार्ग जोडिइसकेको छ। जम्बुमा झन्डै ४० मिटर सडक काटिएको छ।

पहिरोका कारण खुर्सानीबाट अघि बढेका डिभिजन कार्यालयका उपकरण जम्बुमै अड्किएका छन्। मध्यभोटेकोसीका उपकरण पनि त्यहीँ प्रयोग भइरहेका छन्। कटान भएको क्षेत्रमा ४० देखि १ सय ५० मिटरसम्म सडक बगाएको प्रमुख इन्जिनियर तिवारीले बताए। उनका अनुसार दुइटा चेन एक्स्काभेटर र एक–एक लोडर, ब्याको (सानो एक्स्काभेटर) ले अहिले ट्र्याक खोलिरहेका छन्। राजमार्गको नयाँ पुलनजिक इन्धन सकिएर दुइटा डोजर, एक्स्काभेटर रोकिएका छन्। ती सञ्चालनमा ल्याउन भरियालाई बोकाएर इन्धन लगिँदै छ। काम गर्दागर्दै पहिरोले एउटा एस्क्काभेटर नै पुरेको थियो।

मध्यभोटेकोसीले चिनियाँ ठेकेदार कम्पनीसँग भाडामा लिएर तीन एस्क्काभेटर, दुई लोडर र चार टि्रपर परिचालन गरेको छ। 'भोलि (शुक्रबारसम्म) जम्बुको पहिरो पन्छाउँदै कटान क्षेत्रमा खन्न थालिएको नयाँ ट्र्याकले सडक जोड्न सक्छ,' आयोजनाका वरिष्ठ सिभिल इन्जिनियर सञ्जय सापकोटाले भने। यो ट्र्याक पूरा भएपछि झन्डै तीन–चार किमीमाथि बसेरीसम्म सडक जोडिनेछ।

मौज्दात इन्धनले काम दियो

उक्त राजमार्गमा बर्खामा निम्तिन सक्ने विपत्तिबारे पहिल्यै सचेत डिभिजनले झन्डै ४ हजार लिटर इन्धन मौज्दात राखेको थियो। अहिले त्यही इन्धनले काम दिइरहेको डिभिजन प्रमुख तिवारीले बताए। 'त्यो पनि सकिन लाग्यो, उधारोमा किनेर भए पनि काम जारी राख्छौं,' उनले भने, 'त्यसको शोधभर्ना सडक विभागले गर्नेछ।'

डिभिजनका अनुसार भूकम्पपछि बिग्रिएको सडक बनाउन गत वर्ष यो राजमार्ग मर्मत शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। अधिकांश रकम भूकम्पले बिगारेको सडक मर्मतमै खर्च भएको थियो। बचेको केही रकमले इन्धन जोहो गरिएको तिवारीले जानकारी दिए ।

बाह्रविसे-तातोपानी खण्ड सुधार्न ठेक्का

बाढी र पहिरोको चपेटामा पर्दै आएको बाह्रविसे–तातोपानी सडक खण्ड स्तरोन्नति गर्न ठेक्का लगाइएको छ। डिभिजन सडक कार्यालय चरिकोटले गत असारमा मात्र ३० करोड रुपैयाँको ठेक्का स्वीकृत गरेको हो।

कार्यालयले गत माघमै बोलपत्र आह्वान गरेको थियो। रमनकुमार जेभी कन्ट्रक्सनले ठेक्का पाएको छ। 'यो भोटेकोसी बाढी आउनुपूर्वकै ठेक्का हो,' डिभिजन प्रमुख इन्जिनियर अशोक तिवारीले भने, 'अहिले नाका जोड्न खोलिएको ट्र्याक अस्थायी हुनेछ, सडकलाई स्थायी बनाउने काम यही ठेक्कामार्फत गरिनेछ।' भोटेकोसी बाढी रोकिएपछि २६ किमी खण्ड सुधारका काम अघि बढ्ने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस