काठमाडौं-देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी हालसम्म २ सय ६९ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ८६ जना घाइते, १ सय २७ जना बेपत्ता र २० हजार ५ सयभन्दा बढी परिवार विस्थापित भएका छन्।बाढीपहिरोले देशका प्रमुख राजमार्गहरू अरनिको, पूर्व–पश्चिम, मध्यपहाडी, बिपीलगायत ठाउँठाउँमा अवरुद्ध भएका छन्। गृहअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले मंगलबार दिएको तथ्यांकअनुसार सिन्धुपाल्चोकको पहिरोमा सबैभन्दा बढी १ सय ५६ जनाको मृत्यु भएको छ। यसबाहेक एक सातायता वर्षाका कारण आएको बाढीपहिरो र डुबानले देशका २५ जिल्ला प्रभावित भएका छन्। यसमा १ सय ३३ जनाको ज्यान गएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी सुर्खेतमा ३३ जनाको मृत्यु भएको छ। सुर्खेतपछि बर्दियामा २३, दाङमा १४, सल्यानमा ७, बाँकेमा ५, जाजरकोटमा ४, ललितपुरमा ३, डडेलधुरमा ३, गोरखामा ३, धनुषामा १, सर्लाहीमा १, उदयपुरमा १, सिन्धुलीमा १, रुकुममा ३, खोटाङमा १, चितवनमा २, रोल्पामा ४, कैलालीमा १, कालिकोटमा १, नवलपरासीमा १ र अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ।
केन्द्रका प्रमुख झम्कनाथ ढकालका अनुसार विस्थापित परिवार संख्या सिन्धुपाल्चोकको पहिरोसहित ७ वटा जिल्लामा मात्र २० हजार ६ सय ३९ छ। सबैभन्दा बढी बर्दियामा १४ हजार ४ सय २४ परिवार विस्थापित भएका छन्। बदिर्यापछि बाँकेमा २ हजार ५, रोल्पामा १ हजार ७ सय ४५, सुर्खेतमा १ हजार ७ सय, दाङमा ३ सय र सल्यानमा ६५ परिवार विस्थापित भएका छन्। सिन्धुपाल्चोकको पहिरोका कारण ४ सय ३६ परिवार विस्थापित भएका थिए।
बाढीपहिरोका कारण सात जिल्लाका १ सय २७ जना बेपत्ता रहेको केन्द्रले जनाएको छ। केन्द्रको तथ्यांकअनुसार सुर्खेतका ९७, सिरहाका २, रोल्पाको १, बाँकेका ५, दाङका ४, बर्दियाका १५ र सल्यानका ३ जना बेपत्ता भएका छन्।
घाइते हुनेमा १० जिल्लाका ८६ जना छन्। जसमा जाजरकोटमा ११, रुकुममा ४, खोटाङमा १, सुर्खेतमा १७, रोल्पामा ५, कैलालीमा ८, दाङमा २, गोरखामा ८, सल्यानमा ५ र सिन्धुपाल्चोकमा २५ जना छन्।
ढकालका अनुसार विस्थापित परिवारको उद्धारका लागि चार हेलिकप्टर प्रयोगमा ल्याइएको छ। उनले प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराइसकेको र जिल्लाका उद्धार समितिलाई सम्बन्धित क्षेत्रमा खटाइसकेको बताए।