धादिङ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु नजिकै हिलटपमोड बाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना भाइते भएका छन्।
बुधबार राती ११ बजेतिर काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको ना १ ख ८१८२ ट्रक सडक बाट करिव २ सय फिट तल त्रिशुली नदी किनारमा पल्टिएर दुर्घटना भएको हो। ट्रक आधा पानी र आधा जमिनमा देखिएको छ। दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छैन।
घाइतेहरुमा पर्सा कल्याणपुरका श्रीयन्त महतो ३३, सोही स्थानका भुवाली माझी २०, भरत माझी ३३, नागेन्द्र चौधरी ३६, पर्सा देउरानका भिमराज माझी, विनयश्वर चौधरी र नौबिसे बस्दै आएका भारतीय नागरिक साहिम रहेका छन्। घाइतेहरुको काठमाडौं स्थित मेगा अस्पतालमा उपचार गराइएको छ। दुर्घटनाको उद्धार राती एक बजे सम्म लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। घाइते मध्य पाँच जनको अवस्था गम्भीर रहेको उद्धारमा संलग्न प्रहरीले जानकारी दिए।