९४ वर्षकै ठूलो बाढी : जुम्ली किसान भोकमरी हुने चिन्तामा
१३ कार्तिक २०७८
•
३ मिनेट पाठ
९४ वर्षकै ठूलो बाढी : जुम्ली किसान भोकमरी हुने चिन्तामा
यही कार्तिक १ देखि ३ गते सम्म परेको अविरल वर्षासँगै आएको बाढीले जुम्लाका ८ सय किसान नराम्ररी प्रभावित बनेका छन्। किसानको स्याउ बगैचा, ओखर नर्सरी, स्याउ नर्सरी, मकै, सिमी र कोदो लगायतको बालीमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले तयार पारेको प्रभावितहरुको तथ्यांक अनुसार जिल्लाका ८ सय नागरिक बाढीबाट प्रभावित बनेका छन्।  




हिमा नदीमा आएको बाढीले एकजना बेपत्ता भएका छन्। हिमा गाउँपालिका ६ की रत्ना शाहीको शव अहिलेसम्म भेटिएको छैन। बाढीले २३ वटा सिंचाइका कुला भत्काएको छ। १० वटा विद्युतमा बाढीले क्षति पुर्याएको छ। अधिकांश विद्युतका नहर भत्काएको हो। जसका कारण बाढी प्रभावित नागरिक दुई सातादेखि अन्धकारमा बस्न बाध्य छन्।

बाढीबाट जोगिन खोला किनारामा बनाइएका १० ठाउँमा तटबन्ध बगेका छन्। १२ वटा विद्यालयमा क्षति पुगेको छ। जसका कारण अहिलेसम्म विद्यालय राम्ररी खुल्न सकेका छैनन्।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले ४३ जनाको निजी आवासमा क्षति पुगेको बताइन्। आवास क्षति बेहोरेका अधिकांश नागरिक अर्काको घर मागेर बसेका छन्।

तिलामा १३ हेक्टर जमिन कटान गरेको छ। जसले १ सय ४१ मेट्रिक टन मार्सीधानमा क्षति पुगेको छ। तातोपानीमा ८ हेक्टर जमिन कटान भएकोमा २ सय २९ मेट्रिकटन धान नष्ट भएको हो। जिल्लाभर १ हजार ४ सय ५० हेक्टरमा लगाइएको  ७ सय ८ मेट्रिकटन धानबाली भिजेर नष्ट भएको छ।  

सिँजा गाउँपालिका १ देखि ६ वडासम्म ७ सय ६९ मेट्रिकटन मार्सीधानमा क्षति भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मकैबाली ५ सय ८२ मेट्रिकटन र २ सय ९० मेट्रिकटन सिमीबालीमा क्षति पुर्याएको हो।  

पशु चौपायातर्फ तिला गाउँपालिकामा १ सय १७ भेडाबाख्रा, तातोपानीमा ३५ भेडाबाख्रा बाढीले बगाएको तथ्यांक संकलन भएको छ। यसैगरी साना उद्योग तथा परम्परागत पानी घट्ट तिला गाउँपालिकामा ३३ वटा, तातोपानी गाउँपालिकामा ३९ वटा बगेका छन्। अहिले यहाँका स्थानीयको कुटानी पिसानी ठप्प भएको छ। बाढीले स्याउ बगैचा र नर्सरीमा पनि ठूलो क्षति गरेको छ। तिलामा १२ वटा स्याउ बगैँचा र नर्सरी बगाएको छ। तातोपानीमा ९३ जनाको स्याउ बगैँचा र नर्सरीमा क्षति पुगेको जनाइएको छ।  

जुम्लाको ३ लाख ६७ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनाली नष्ट भएको हो। तिलामा ७, तातोपानीमा १० र सिँजा गाउँपालिकामा ३ काठेपुल बगेका छन्। काठेपुल बाढीले बगाउँदा आवतजावतमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी प्रसाइले बताइन्।  

जुम्लामा बाढीले क्षति पुगेको विवरण कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठलाई बुझाइएको हो। उनले भनिन्, ‘क्षतिको विवरण बुझाएर राहतको प्याकेज निर्माण गर्न आग्रह गरिएको छ।’

क्षतिको विवरण संकलन गर्न कृषि प्राविधिक, जलस्रोत तथा उर्जा विकास कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र सम्बन्धित कृषि र पशु शाखाका कर्मचारी पठाइको थियो। प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्, ‘प्रभावित क्षेत्रमा परिचालन गरेर विवरण संकलन गरिएको छ। यो विवरण हेर्दा बाढीले कृषि क्षेत्रमा नराम्ररी क्षति पुगेको छ।’  

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठ पनि बाढी प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरेर फर्किर्एका छन्। जुम्लामा यो वर्ष बाढीले निकै ठूलो क्षति गरेको छ। किसान प्रत्यक्ष मारमा परेका छन्। मन्त्रिपरिषद् बैठक र प्रदेश विपद् परिषद्मा प्राथमिकताका साथ बिषयको उठान गर्नेछु।’  

बुढापाकाका अनुसार १९८४ सालमा यति ठूलो बाढी आएको थियो। त्यो बाढीले पनि जुम्लाबासीको ठूलो धनमाल नष्ट गरेको थियो। तिला ४ का चक्रबहादुर शाहीले भने, ‘यो वर्ष कहिल्यै नदेखेको र नसुनेको बाढी आयो।  जुम्लाबासीको बास उडायो। गाँस बगायो।’ बाढीले खेतबारी बगाएपछि जुम्ली किसान भोकमरी हुने चिन्तामा छन्।
अर्को समाचार
फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित
११ चैत्र २०८०
•
२ मिनेट पाठ
फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित
फाइल तस्बिर
गाउँघरमा साथीभाइ, आफन्त भेला भएर गामबेँसीका मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन क्रमशः लोभ भएसँगै अध्यात्म, मनोरञ्जन, रङ र आत्मीयताको पर्व होलीको  महत्व पनि हराउँदै गएको बुढापाकाले बताएका छन्। साथै उनीहरूल फाुगुको मौलिकता मासिएकामा पनि चिन्ता व्यक्त गरेका छन्।




सहरबजारमा मात्र होइन, गाउँघरमा पनि फागुको महत्व हराउँदै गएको ज्येष्ठ नागरिकहरू बताउँछन्। ‘फागुमा गाइने गीत अब एकादेशको कथामा परिणत भएका छन्। भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर  लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्छन्।

‘पहिले–पहिले फागुपूर्णिमा आउनुभन्दा दुई–तीन दिनअघिदेखि नै मादल, झ्याली, मुर्चुङ्गा, खैँजडीलगायत विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो’, उनले भने, ‘अहिले दुई–चार दिनअघिदेखि नै लोला हान्ने र होलीको नाममा पानी र के–के भरेर बन्दुक जस्तो पिचकारीबाट पानी छ्याप्न गर्छन्।’

‘गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, सहरबजारको हावा गाउँमा छिरिसकेको छ’, पण्डित नीलकण्ठ आचार्यले भने, ‘अब भक्त प्रह्लाद र फूपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रह्लादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस्।’

फागु ‘होली’मा परिणत भएपछि यो युवापुस्तामा मात्रै सीमित रहेको छ। उमेर ढल्केका र वृद्धवृद्धामा फागुको कुनै रौनक देखिँदैन। यस पर्वलाई विशेषगरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ। त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन्।

फागु रङ दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृतिले नै गोली खाएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। आफ्नो मौलिक परम्परा, प्रचलित संस्कार र संस्कृतिभन्दा विपरीत किसिमल भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढेकामा उनीहरू खिन्न छन्।

विगतमा मनाइने ‘फागु’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय वृद्धवृद्धाहरूको भनाइ छ। ‘पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायत वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो’, सिङ्गाका ७२ वर्षीय गणनाथ पौडेलले भने, ‘अहिले मोबाइलमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलु प्रहार गर्ने, फोहर पानी खन्याइदिने, होलीको नाममा जे गरेपनि हुने जमाना आयो।’

‘अहिले होली संस्कार, संस्कृति जोगाउनेभन्दा पनि रमाइलो गर्ने, साथीभाइ भेट भएर वनभोज खाने पर्वका रूपमा मनाइने गरिन्छ’, २१ वर्षीय युवा प्रदीप पुन भन्छन्, ‘जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ अहिलेका युवा त्यसैगर्न चाहन्छन्।’

समय परिवर्तनसँगै भएको मौलिक संस्कृतिको क्षयीकरण रोक्न बेलैमा सचेत नहुने हो भने मौलाउँदै गएको विकृतिले एक दिन भयानक अवस्था सृजना गर्ने बताउँदै स्थानीय बुद्धिजीवीले समाजका सबै वर्ग मिलेर संस्कति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। रासस
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस