काठमाडौं-दशैंका लागि उपत्यकाबाट बाहिरीने सवारीसाधनहरुको अनुगमनका लागि तथा यात्रुहरुको समस्या समाधानका लागि उपत्यकाका विभिन्न १२ स्थानहरुमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ।महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार सर्वसाधारण जनताको समस्या सुन्न र समाधान गर्न सातदोबाटो, कोटेश्वर, तिलगंगा, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिने छ। सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरु रहने छन्।
सहायता कक्षका प्रतिनिधिले सर्वसाधारण यात्रीहरुलाई सुरक्षा प्रदान गर्ने, टिकट अनुसार मुल्य लिएको छ, छैन चेकजाँच गर्ने, टिकट काउण्टरहरुमा भाडा दरको रेटबोर्ड अनिवार्य रुपमा लगाउन लगाउने वा सम्भाव भए सम्म नागरिक डेक्स बोर्ड नजिक भाडा दर भएको कागजात राख्न लगाउने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्ति माथि निग्रानि राख्ने, यात्रुहरुको पिरमर्कालाई सुक्ष्म रुपमा मनन् गरी सहयोग गर्ने लगायतका कम गर्ने छ।