आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस
३० कार्तिक २०७८
•
१ मिनेट पाठ
आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस
नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा सिफारिस समितिका अनुसार जनपद प्रहरी समूहतर्फका उनीहरुलाई सोमबारको निर्णय अनुसार बढुवाका लागि सिफारिस गरिएको हो। गृहसचिवका नेतृत्वमा सिफारिस समिति रहेको हुन्छ।




एसएसपीमा बढुवा सिफारिस हुने प्रहरी अधिकृतमा काठमाडौँ उपत्यका प्रहरी शिक्षालयका विकासराज खनाल, प्रदेश नं १ प्रहरी कार्यालयका सुदिप राजभण्डारी, मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विबेदी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका राजेन्द्रसिंह खड्का छन्।

यस्तै लुम्बिनी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गणका योगबहादुर पाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका टीकाबहादुर केसी, प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालका ध्रुवराज राउत र काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणका भोलाबहादुर रावलको पनि एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
अर्को समाचार
एसएसपीमा ३२ एसपी बढुवा सिफारिस
२६ असार २०७९
•
४ मिनेट पाठ
एसएसपीमा ३२ एसपी बढुवा सिफारिस
नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक(एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले प्रतिस्पर्धी चार ब्याचमा भर्नामा भएका ५८ जना एसपीमध्येबाट अघिल्ला तीन ‘ब्याच’का ३२ जनालाई बढुवामा सिफारिस गरेको हो।




प्रहरी नियमावली, २०७१ अनुसार एसएसपी बढुवाका लागि एसपीमा बढुवा भएको ४ वर्ष पुगेका उम्मेदवारहरू योग्य मानिन्छन्। जसअनुसार २०५१ मा भर्ना भएका २ जना, २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग(राअवि)मा भर्ना भएर २०५८ मा नेपाल प्रहरीमा समायोजन भएका १८ जना, २०५४ मा भर्ना भएका १६ जना र बाँकी २२ जना २०५६ मा भर्ना भएर हाल एसपी रहेकाहरू प्रतिस्पर्धी रहेका थिए।

तीमध्ये २०५१ मा भर्ना भएका दुबैजना यसपटक बढुवा सिफारिस परेका छन्। जसमा गणेश चन्द र दिल्लीराज विष्ट छन्। चन्द भर्ना हुँदा नै नेपाल प्रहरीको विशेष अनुसन्धान विभागमा पठाइएका थिए। जहाँ उनको बढुवामा सुस्तता देखिएको थियो। ढिलोगरी नेपाल प्रहरीमा फर्किएका कारण उनी हालसम्म एसपीमै थन्किएका थिए। हाल एसएसपी बढुवा सिफारिसमा उनी एक नम्बरमा परेका छन्।

यस्तै उनका अर्का ब्याचमेट विष्ट कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा सुरुमा निलम्बन र त्यसपछि बर्खास्तीमा परेका कारण अघिल्लो पटकको बढुवामा छुटेका हुन्। अदातलको फैसलापछि उनी पुनर्वहाली भएर हालैमात्र बढुवा सिफारिसमा समेटिएका छन्। उनलाई १८ औं नम्बरमा बढुवा गरिएको छ। बढुवा भए पनि दुवैजना सेवाअवधिका अब प्रहरीको नेतृत्वको दौडमा भने हुने छैनन्। उनीहरू दुई वर्षपछि अवकाश जानेछन्।

यस्तै २०५३ राअविमा भर्ना भएर आएका १८ प्रतिस्पर्धीमध्ये १५ जना बढुवा सिफारिसमा परेका छन्। यसरी राअवि समूहबाट बढुवा सिफारिस हुनेहरूमा चन्दपछि दोस्रो नम्बरमा रहेका सिद्धिविक्रम शाह, तेस्रो नम्बरमा रहेका सुशीलसिंह राठौर, चौथो नम्बरमा रहेका उमाप्रसाद चतुर्वेदी, नवौं नम्बरमा रहेका हिमालयकुमार श्रेष्ठ, १०औं नम्बरमा रहेका डम्बरबहादुर विक, ११औं नम्बरमा रहेका ओमबहादुर राना, १७औं नम्बरमा रहेका माधवप्रसाद श्रेष्ठ, १९औं नम्बरमा रहेका मनोजकुमार यादव, २१औं नम्बरमा रहेका दीपेन्द्र घर्ती क्षेत्री, २३औं नम्बरमा रहेका दिलीपसिंह देउवा, २४औं नम्बरमा रहेका विनोद घिमिरे, २८औं नम्बरमा रहेका जयराज सापकोटा, २९औं नम्बरमा रहेका सुरेन्द्रबहादुर गुरुङ, ३०औं नम्बरमा रहेका सञ्जिव शर्मा दास र ३२औं नम्बरमा रहेका शारदाप्रसाद चौधरी रहेका छन्।

यस्तै २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट भर्ना भएका १५ जना यसपटकको बढुवा सिफारिसमा परेका छन्। जसमा बढुवा सिफारिसक्रममा पाँचौ नम्बरमा रहेका दानबहादुर कार्की, छैठौं नम्बरमा रहेका मनोजकुमार केसी, सातौं नम्बरमा रहेका राजन अधिकारी, आठौं स्थानमा रहेका जीवनकुमार श्रेष्ठ, १२औं स्थानमा रहेका ईश्वर कार्की, १३औं स्थानमा रहेका राजेन्द्रप्रसाद भट्ट, १४औं स्थानमा रहेका दिनेशकुमार आचार्य, १५औं स्थानमा रहेका अरूण पौडेल, १६औं स्थानमा रहेका गोविन्द थपलिया, २० औं स्थानमा रहेका रेवती ढकाल, २२ औं स्थानमा रहेका दीपक रेग्मी, २५औं स्थानमा रहेका किसनसिंह थापा, २६औं स्थानमा रहेका सुदर्शन प्रसाद कोइराला, २७औं स्थानमा रहेका दिपककुमार बस्नेत र ३१औं स्थानमा रहेका लोकेन्द्र श्रेष्ठ हुन्।

यसपटकको बढुवा सिफारिसमा २०५६ मा भर्ना भएर अहिले एसपी रहेकाहरूलाई प्रतिस्पर्धी रहेपनि बढुवा समितिले बढुवा सिफारिस गरेको छैन।

बढुवामा ‘दाउपेच’

नियमावलीले चार समूहका ५८ जनालाई नै प्रतिस्पर्धी बनाइदिएपछि उनीहरूबीचमा ‘दाउपेच’ चलेको थियो। अगाडि भर्ना भएकाहरूले आफूहरूलाई वरिष्ठताका आधारमा बढुवा गर्नुपर्ने दाबी गरिरहँदा सबैभन्दा पछाडि भर्ना भएकाहरू विभिन्न तर्कहरू प्रस्तुत गर्दै आफूहरू बढुवा हुनुपर्ने भन्दै शक्ति केन्द्र धाइरहेका थिए।

२०५१ मा भर्ना भएका चन्द र विष्ट स्वाभाविक बढुवा हुने अवस्थामा देखिदाँ प्रतिस्पर्धीहरूले उनीहरूको बिगत कोट्याउँदै ‘रोक’ लगाउन कोसिस गरेका थिए। चन्द विशेष अनुसन्धान विभाग हुँदै नेपाल प्रहरीमा आएको र बढुवामा सुस्त हुँदै आएको भन्दै छेक्न खोजिँदा विष्टलाई निर्मला पन्त प्रकरणको विवादित पृष्ठभूमि देखाएर रोक्न खोजिएको थियो।

सबैभन्दा बढी तर्कवितर्क २०५३ मा राअविमा भर्ना भएर २०५८ मा नेपाल प्रहरीमा समायोजन भएको समूहबारे थियो। २०५६ मा नेपाल प्रहरीमै भर्ना भएको समूहले उक्त समूहलाई नेपाल प्रहरीमा आफूपछि आएकाले आफ्नो समूहभन्दा कनिष्ठ भन्दै तर्क गरिरहेको थियो। यस्तै नेपाल प्रहरीको तालिम पनि आफूभन्दा पछाडि लिएकाले आफूभन्दा ‘कनिष्ठ’ रहेको दाबी गर्दै उछिन्न खोजेको थियो।

यसरी दुबै ब्याचलाई विवादित बनाउन सके आफूहरू आउनसक्ने २०५६ का ब्याचीहरूको थियो। यसका लागि उक्त समूहले शक्तिकेन्द्र धाउने गरेका थिए। २०५४ मा भर्ना भएर आएको ब्याच भने यस्तो लाञ्छनाबाट मुक्त थियो। यो दाउपेचका क्रममा राअविबाट आएको टोली नै हाबी देखिएको छ, भने २०५६ टोली असफल भएको छ। प्रहरी नियमावलीअनुसार यसरी बढुवा सिफारिस भएकाहरूलाई गृहमन्त्रीले बढुवा गर्ने प्रावधान छ।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस