चिकित्सा अभियन्ता
२२ असोज २०७१
•
१० मिनेट पाठ
चिकित्सा अभियन्ता
काठमाडौं-नेपालमा चिकित्सा क्षेत्र बामे सर्दै थियो। वीर अस्पताल त थियो, तर त्यहाँ गम्भीर प्रकारका घाउ र चोटपटकमा पनि शल्यक्रिया सम्भव थिएन, मलमपट्टी र साधारण टाँका लगाइदिएर पठाइन्थ्यो, बिरामीलाई।परिणाम, घाउ निको हुँदैनथ्यो, बल्झन्थ्यो, उकुज पल्टन्थ्यो र दिनुसम्म सास्ती दिन्थ्यो। देशबाहिर लैजान नसक्ने कतिपयको त त्यसकै कारण मृत्युसम्म हुन्थ्यो।
त्यही बेला एउटा नेपाली ठिटोले आफ्नो अठोट पूरा गर्यो्, वीरमा शल्यक्रिया सेवा सुरु गरेर। विसं २०१९/२० तिर वीरले साधारणदेखि जटिल समस्याका बिरामीको शल्यक्रिया गर्न थाल्यो, शल्यक्रिया विभाग नै स्थापना गरेर। सर्वसाधारणले ठूलो राहत पाए।
नेपालको चिकित्सा क्षेत्रले फड्को नै हान्ने त्यति ठूलो योगदान गरेका डाक्टर अब भौतिक संसारमा रहेनन्। नेपालका पहिलो शल्यचिकित्सक डा. अञ्जनीकुमार शर्माको मंगलबार राति ८६ वर्षमा काठमाडौंमा निधन भयो।
इतिहासमा भने उनी जीवन्त रहनेछन्, नेपालका पहिलो शल्यचिकित्सक, भक्तपुर क्यान्सर अस्पतालका जन्मदाता, धूमपान तथा सुर्तीजन्य पदार्थमा कर अभियन्ता र क्यान्सर रोगविरुद्ध जागरणकर्ताका रुपमा। अझ नेपालका अधिकांश नामी शल्यचिकित्सकका गुरुका रुपमा उनी सम्झनामा रहिरहनेछन्।
विसं १९८५ मा सिरहाको भलुवाहीमा जन्मिएका डा. शर्मालाई ६ महिनाअघि प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो। उनको मंगलबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।
शर्माको निधनबाट चिकित्सा क्षेत्रले एउटा अभिभावक गुमाएको चिकित्सकहरुले बताएका छन्। ‘डा. शर्माको भौतिक शरीर हामीमाझ नरहे पनि उनले गरेका योगदानले उनलाई सधैं अमर राख्नेछ,' त्रिवि शिक्षण अस्पतालका पूर्वनिर्देशक डा. महेश खकुरेलले भने। उनका अनुसार शर्मा नेपालका अधिकांश शल्यचिकित्सकका गुरु हुन्।
वरिष्ठ चिकित्सकहरुका अनुसार शल्यक्रिया विभागको स्थापनालगत्तै डा. शर्माले पहिलो शल्यक्रिया भिभिआइपीको गरेका थिए। तत्कालीन राजपरिवारका एक सदस्यको सफल शल्यक्रिया गरेपछि उनी राजदरबारका चिकित्सकसमेत भए। ‘नेपालमा मेरो पहिलो शल्यक्रिया नै भिआइपीको भएको थियो र उनी राजपरिवारकी महिला थिइन्। उनको शल्यक्रिया सफल भएपछि नै दरबारले मलाई रोयल चिकित्सक बनाएको हो,' उनले केही समयअघि नागरिकसँग भनेका थिए। 
नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता नम्बर २५ रहेका डा. शर्माले तत्कालीन रानी ऐश्वर्यको पित्तथैली, तत्कालीन युवराज दीपेन्द्र र मुमा बडामहारानीको खुट्टामा लागेको गोलीको समेत सफल शल्यक्रिया गरेका थिए। वीरमा उनले १६ वर्ष शल्यचिकित्सकका रुपमा विपन्नदेखि दरबारियासम्मको शल्यक्रिया गरे। त्यसबीच उनले थुप्रै जुनियरलाई शल्यक्रियामा पारंगत बनाए। डा. खकुरेल पनि उनकै चेला थिए।
४४ वर्षअघि मेडिकल अफिसर रहँदा आफूले वीरमा पहिलो शल्यक्रिया गर्दाको क्षण खकुरेल बिर्सनै सक्दैनन्। शर्माले नै उनलाई चिरफारको काम थाल्न हौस्याएका थिए। ‘२५ मिनेट लाग्ने शल्यक्रिया त्यतिबेला अढाई घन्टा लागेको थियो,' खकुरेल सम्झन्छन्, ‘हामीजस्ता थुप्रैलाई हातै समातेर सिकाउनुभयो।'
जुनियरलाई कहिल्यै हेप्दैनथे शर्मा। ‘आफूले जानेका कुरा सिकाउन पाउँदा निकै खुसी हुन्थे,' खकुरेलले भने, ‘आफूभन्दा जुनियरलाई कसैलाई हेप्दैनथे, बरु प्रोत्साहन गरेर हौसला बढाउँथे।' 
उनका अनुसार त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया विभागसमेत शर्माकै देन हो। शर्माकै नेतृत्वमा नेपालमा पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा विभिन्न विशेषज्ञ शल्यक्रियाका विभाग सुरु गरिएको उनले सुनाए। ‘डा. शर्माले शिक्षण अस्पतालमा ग्यास्ट्रो, युरो, कार्डियोलगायत विभिन्न विषयका छुट्टाछुट्टै शल्यविभाग गठन गर्न नेतृत्वदायी भूमिका खेल्नुभएको थियो,' डा. खकुरेलले भने, ‘त्यसभन्दा पहिले अस्पतालमा सबै शल्यक्रिया एउटै विभागमा हुने गर्थ्यो।'
बिरामीसँग हाँसेर बोल्नुपर्छ भन्ने मान्यता राख्ने डा. शर्मा जसलाई भेटे पनि पहिले आफंै नमस्ते गरेर सन्चो–बिसन्चो सोध्थे। ‘बिरामीसँग राम्रोसँग बोलीचाली गर्योह भनेे आधाभन्दा बढी रोग आफैं निको हुन्छ' भन्ने मान्यता राख्ने डा. शर्मा हरेक बिरामीका साथीजस्तै थिए। उनी बालबालिकालाई आफ्ना छोराछोरीजस्तै, युवायुवतीलाई साथी तथा दाजुभाइ, दिदीबहिनी र वृद्धवृद्धालाई बा–आमालाई जस्तै व्यवहार गर्थे।
डा. शर्माकै अगुवाइमा विसं २०५१ सालमा भक्तपुरमा ‘नेपाल अर्बुदरोग निवारण संस्था (भक्तपुर क्यान्सर अस्पताल) स्थापना भएको हो। संस्थाका संस्थापक उपाध्यक्ष रहेर उनले सुरुमा भक्तपुर अस्पतालको एउटा सानो कोठाका ५ बेडबाट क्यान्सर अस्पताल स्थापना सुरु गरेका थिए। संस्थाको अध्यक्षता तत्कालीन अधिराजकुमारी जयन्ती शाहले गरेकी थिइन्।
नेपालमा क्यान्सरका कारण थुप्रै बिरामीको मृत्यु भइरहेको र क्यान्सरको प्रमुख कारण धूमपान र सुर्तीजन्य पदार्थ सेवन रहेको भन्दै उनले त्यसविरुद्ध लड्न उक्त संस्था स्थापना गरेका थिए। 
धूमपान र सुर्तीजन्य पदार्थ सेवनमा कमी ल्याउन उनकै पहलमा नेपालमा पहिलोपटक सुर्तीजन्य पदार्थमा स्वास्थ्य कर लगाउने व्यवस्था भएको थियो। क्यान्सर रोगबाट बच्ने चेतनामूलक सन्देश लिएर उनी नेपालका गाउँगाउँ पुगे। उपचार खर्च गर्न नसक्नेलाई दाता खोजेर उपचार सेवा समेत प्रदान गर्न समेत उनी त्यत्तिकै सक्रिय थिए।
संस्थाका वर्तमान अध्यक्ष लोकन्द्र श्रेष्ठका अनुसार डा. शर्माले ०५१ सालमा दिवासेवाका रुपमा सानो कोठाबाट क्यान्सर उपचार सुरु गरेका थिए। सरकार तथा अन्य दाताहरुको सहयोगमा उनले त्यसैलाई क्यान्सर अस्पतालको रुप दिए। हाल उक्त अस्पताल एक सय बेड क्षमताको छ। डेढ वर्षअघिसम्म उनी सोही अस्पतालमा काम गरिरहेका भेटिन्थे।
‘डा. शर्मा नेपालमा क्यान्सर उपचारका लागि प्रयोग हुने रेडियसन उपचार विधि भित्र्याउने व्यक्तिसमेत हुन्,' श्रेष्ठले भने, ‘उनकै पहलमा कोवाल्ट ६० रेडियसन उपचार प्रविधि नेपाल भित्रिएको हो।' 
नेपालमा क्यान्सर रोगको दर बढ्दै गएपछि डा. शर्माले नेपालका सबै विकास क्षेत्रमा एक–एकवटा क्यान्सर उपचार केन्द्र स्थापना गर्ने सपना देखेका थिए। ‘डा. शर्माको सपना हामी पूरा गरेर छाड्छौं,' अध्यक्ष श्रेष्ठले भने, ‘उहाँकै सपनाअनुसार पूर्वाञ्चलको सिरहामा एउटा केन्द्र स्थापना भइसकेको छ, अन्य क्षेत्रमा पनि छिट्टै काम अगाडि बढाउनेछौं।'
अर्को समाचार
‘चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अयोग्य’
३० भदौ २०७६
•
३ मिनेट पाठ
‘चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अयोग्य’
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सरकारले अयोग्यलाई नियुक्ति गरेको बताएका छन्। सरकारले श्रीकृष्ण गिरीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेपछि आइतबार पत्रकार सम्मेलन गर्दै अयोग्य व्यक्तिलाई आयोगको उपाध्यक्षमा नियुक्त विषय सार्वजनिक भएको भन्दै चित्त बुझ्दो जवाफ दिन सरकारसमक्ष माग राखेका छन्।

‘अहिले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति अन्तिम छनोटमा योग्यता नपुगेका, राजनीतिक दल र गुटका कार्यकर्ता र छनोटमा पर्याप्त पारदर्शिता नअपनाइएको भन्ने जन आरोपको माझमा उपाध्यक्ष नियुक्ति गरिएको समाचार आएको छ,’ डा. केसीले भने, ‘यस विषयमा अध्यक्षको हैसियतले प्रधानमन्त्री ,सरकार, छनोट समिति र सम्बन्धित निकायले जनतालाई चित्तबुझदो उत्तर नदिएमा तथा उपयुक्त कदम नचालिएमा उपाध्यक्षमा छानिएका व्यक्तिको नेतृत्वमा वैधानिक तथा नैतिक प्रश्न आउने छ।’

डा. केसीले विभिन्न माग राख्दै आफ्ना माग सुनुवाइ नभए पुनः अनसन बस्ने चेतावनी दिएका छन्। समितिले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षका नियुक्ति भएका डा. गिरी सन् २००२ देखि मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकको रुपमा दर्ता भएका हुन्। सामान्यतया नेपालमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्षे स्नातकोत्तर कोर्ष गर्नुपर्ने हुन्छ। उनले गरेको एमएस कोर्षलाई स्नातकोत्तरको मान्यता दिने कि नदिने भन्ने विवाद उत्पन्न भएको छ।

चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा वीस वर्षको अनुभव भएको व्यक्तिलाई उपाध्यक्ष लागि सिफारिस गर्न सक्ने प्रावधान भए पनि उनीसँग चिकित्सा शिक्षाको क्षेत्रमा दश वर्षको अनुभव नभएको भन्दै उनको योग्यता माथि प्रश्न उठेको छ तर डा. गिरीले २०६३ सालदेखि नै प्रध्यापन सुरु गरेको जिकिर गर्दै आएका छन्। गिरी यसअघि राष्ट्रिय ट्रमा सेन्टरको हार्डजोर्नी विभागको प्रमुखका रुपमा कार्यरत थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस