काठमाडौं- बलिउड स्टार आमिर खान र नेपाली राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्काले कुपोषण अन्त्यका लागि 'सुनौला हजार दिन'को औपचारिक सुरुवात गरेका छन्। जन्मेदेखि हजार दिन बच्चाका लागि महत्वपूर्ण हुने भएकाले 'सुनौला हजार दिन' भनिएको हो। यो समयमा आमाले अनिवार्यरुपमा दुध चुसाउनु पर्ने हुन्छ। जसले गर्दा बच्चालाई कुपोषण हुनबाट जोगाउनेछ।युनिसेफले राजधानीको याक एन्ड यति होटलमा आयोजना गरेको कार्यक्रममा आमिर खानलाई युनिसेफको साहायक स्तरीय सद्भावना दूतको रुपमा नियुक्तसमेत गरिएको छ। नियुक्ति पत्रमा हस्क्षार गर्दै आमिर खानले कुपोषण अन्त्यका लागि नेपाललगायत ८ वटै सार्क राष्ट्रमा निरन्तर लाग्ने बताए।
युनिसेफको निम्तोमा तीन दिने नेपाल भ्रमणमा आएका खानले काम विशेषले आफू नेपाल आउनुपरेको बताए। नेपाल राम्रो देश भएकाले छिट्टै सपरिवार नेपाल घुम्न आउने बताए। 'काम विशेषले नेपाल आएको हुँ। नेपाल राम्रो देश हो। त्यसैले चाँडै सपरिवार नेपाल घुम्नन आउनेछु।'
उनी आजै भारत फर्किनेछन्।