काठमाडौं-राजधानीको बबरमहलमा तीन जनाको ज्यान जाने गरी सोमबार साँझ भएको बस दुर्घटनाका चालकलाई मादक पदार्थ सेवन (मापसे) गरी लापरबाही ढंगले सवारी चलाएको आशंकामा अनुसन्धान अगाडि बढाइएको छ।तीव्र रफ्तारमा आएको सवारी दुर्घटनालगत्तै बसका चालक भाग्नु र दुर्घटना भएको भोलिपल्ट मंगलबार चालक प्रहरी सम्पर्कमा आउनु शंकास्पद भएको भन्दै प्रहरीले मापसे गरी लापरबाह गरेको हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले चालकको रगतको नमुना परीक्षणका लागि अस्पताल पठाइसकेका छन्।
दुर्घटनालगत्तै बस चालक चन्द्रबहादुर तामाङ भागेका थिए। ‘चालकले त्यतिबेला मापसे गरेका कारण पक्राउ पर्ने डरले भागेको हुन सक्छ,' अनुसन्धानमा संलग्न प्रहरीले नागरिकसँग भने, ‘तर भोलिपल्ट मापसेको दुर्गन्ध हटेपछि सम्पर्कमा आएको हुन सक्छ।' उनका अनुसार बिहान ९ बजेपछि चालक तामाङ प्रहरी सम्पर्कमा आएका थिए।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार बसका चालक तामाङ मंगलबार काभ्रे बस व्यवसायी संघको सहयोगमा प्रहरी सम्पर्कमा आएका हुन्। संघले ३७ वर्षे चालकलाई डिल्लीबजार कालिकास्थानबाट सिंहदरबार प्रहरी वृत्तमा बुझाएको थियो। वृत्तले अनुसन्धानका लागि परिसरमा बुझाएको थियो। प्रहरीका अनुसार घटनाको समयमा मापसे गरेको अवस्थामा पक्राउ परेका भए चालकलाई कडा कारबाही हुने भएकाले मापसेसहितको कारबाहीबाट जोगिन चालक फरार भएका हुन सक्छन्।
नियमअनुसार यस्ता दुर्घटनामा मापसे गरी लापरबाही गरी सवारी चलाएको पाइए १० वर्षसम्म जेल सजाय, जरिवाना र क्षतिपूर्तिको सजाय हुन्छ। अझ यस्ता दुर्घटनामा चालकले जानीजानी दुर्घटना गराएको पाइए सर्वस्वसहित जन्मकैद हुन्छ।
तर, सामान्य दुर्घटनामा सवारी ऐनअनुसार केही दिनको थुना र तोकिएको जरिवाना तिनुपर्ने हुन्छ। नियमअनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेको परिवारले तेस्रो पक्ष बिमामार्फत पाँच लाख रुपैयाँ र घाइते परिवारले क्षतिका आधारमा क्षतिपूर्ति पाउँछन्। बबरमहल दुर्घटनाका चालक तामाङले पनि उक्त दुर्घटनालाई सामान्य दुर्घटना बनाउनका लागि घटनास्थलबाट भागेको हुनसक्ने प्रहरीको शंका छ।
सिंहदरबार वृत्तका डिएसपी सन्तोष खड्काले चालक तामाङसँग घटना विषयमा बयान लिने काम बाँकी रहेकाले बयानपछि मात्र बताउन मिल्ने बताए। ‘चालकसँग बयान लिइएको छैन,' उनले भने, ‘हामी यो विषयमा अनुसन्धानकै क्रममा छौं।
बबरमहलस्थित आठ लेनको मूल सडकमा सोमबार साँझ तीव्र गतिले हुइँकिँदै आएको काभ्रे बस व्यवसायी संघको बा१ख ८६७६ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो भने ९ जना घाइते भएका थिए। काभ्रे, धुलिखेलबाट पुरानो बसपार्कतर्फ आउँदै गरेको उक्त बस तीन मोटरसाइकललाई ठक्कर दिँदै बीचसडकमै पल्टेको थियो। बस पल्टँदा अर्को एउटा मोटरसाइकललाई थिचेको थियो। बसले बा३२प २६७६ नम्बरको मोटरसाइकल पूर्ण रूपले थिचेको थियो भने बा६२प ३६९८, बा३७प ७६३९ र बा५६प ३५३८ नम्बरका मोटरसाइकललाई बसले पल्टिनुअघि नै ठक्कर दिएर हुत्याइदिएको थियो।
दुर्घटनालगत्तै प्रत्यक्षदर्शीले उद्धार गरी मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पठाएका ५ जनामध्ये ३ जनाको उपचार क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेमा महोत्तरीका तिलकप्रसाद गौतम र उनका भाइ रुद्रप्रसाद गौतम थिए भने अर्का एक जना बाराका मकडल मिया ठकुरायन थिइन्। महाबौद्धमा जुत्ता व्यापार गर्दै आएका गौतम दाजुभाइ पसलको काम सकेर कोटेश्वरतर्फ डेरामा फर्कंदै थिए।
दुर्घटनाका कारण गम्भीर घाइते बनेका वीर अस्पतालका डा. पदमदेव शर्माको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसारको उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। यस्तै अर्का घाइते पाँचथरका यमकुमार मगरको स्वास्थ्यमा पनि सुधार आएको छ। मगरको निजामती अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको अवस्था भने सामान्य छ। अन्य घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, सोमबार साँझ नै अर्को दुर्घटनाका फरार चालक पनि प्रहरी सम्पर्कमा आएका छन्। पुरानो बसपार्क–भद्रकाली सडकमा ना२ख ३२१७ नम्बरको पानीट्यांकरले बा५०प ७६७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक विवेक पौडेलको घटनास्थलमै मृत्यु भएको थियो। तीव्र गतिमा आइरहेको ट्यांकरले स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करलगत्तै चालक सुमन लिम्बु फरार भएका थिए। ट्यांकर चालक लिम्बु सिंहदरबार वृत्तमा छन्। उनका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। काठमाडौं छैमले बस्ने ३६ वर्षे लिम्बुले प्रहरीसँगको सोधपुछ क्रममा दुर्घटनाका क्रममा स्कुटी चालकले लेन अनुशासन मिचेको बताएका छन्।