मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रदर्शन
१४ मंसिर २०७८
•
१ मिनेट पाठ
मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रदर्शन
रौतहटका नवयुवक कलाकारहरुले मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन्। निर्बिज नाट्य समूह तथा सरिता फाउन्डेसनको प्रस्तुतिमा रौतहटका नवयुवक कलाकारहरुले मातृभाषा बज्जिका सडक नाटक प्रदर्शन गरेका हुन्।




मन्डला थिएटरका कलाकार आदित्यनारायण मिश्रको लेखन तथा निर्देशनमा कुमार चन्दन, सुरजनारायण झा, शिवानी गुप्ता, खुश्बु कर्ण, रविन्द्र कुमार, अभिजीत राम, रविन्द्र पासवात, जानवी गुप्ता, रोहित पाण्डेय, सीतासुन्दर सहनी, धिरव पासवान, कृष्णनन्दन कुमारसहितका कलाकारहरुले गरुडामा छुवाछुत तथा जातीय विभेदविरुद्ध जीवन्त नाटक प्रस्तुत गर्दा सयौँ दर्शक एकसाथ द्रविभूत भएका थिए।

नाटक हेर्ने दर्शकले समेत नाटककै भागको रुपमा प्रतिक्रिया दिन पाउने गरी सडक नाटकको एउटा प्रकार कचहरी नाटकको प्रस्तुतिमा प्रस्तुत गरिएको नाटक ज्यादै प्रभावकारी भएको दर्शकको प्रतिक्रिया रहेको थियो।

दुई हप्तासम्म प्रशिक्षण दिएपछि कलाकारहरु तयार भएका छन्। नवोदित कलाकारहरुले गरेको पहिलो प्रस्तुति अत्यन्त आकर्षक रहेको साहित्यकार संजय साह मित्रले प्रतिक्रिया दिएका छन्।

कलाकारहरुलाई प्रशिक्षण तथा नाटकको प्रदर्शनको व्यवस्थापनमा गरुडा नगरपालिकाका चर्चित युवा समाजसेवी अनिलकुमार यादवले व्यक्तिगत आर्थिक सहयोग गरेका छन्। प्रशिक्षणको समापनको अवसरमा बोल्दै समाजसेवी यादवले मातृभाषा र कलाकारितालाई अगाडि बढाउन आफू व्यक्तिगत रुपसे जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन्।
अर्को समाचार
चाम्लिङ भाषाको पठन–पाठनका लागि दुई लाख
२७ असार २०७७
•
२ मिनेट पाठ
चाम्लिङ भाषाको पठन–पाठनका लागि दुई लाख
आफ्नो मातृभाषामा वाक्य तयार पार्दै खोटाङ बाहुनीडाँडाकी वाम्बुले भाषी बालिका । तस्बिर : दमन/नागरिक
चाम्लिङ राई भाषाको पठन–पाठनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । चाम्लिङ राईको बाहुल्यता रहेको विद्यालयमा सोही भाषाको कक्षा सञ्चालनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा दुई लाख बजेट बिनियोजन गरेको हो । विनियोजन गरिएको रकम हाल चाम्लिङ भाषाको पठन–पाठन भइरहेका विद्यालय वा चाम्लिङ भाषाको कक्षा सञ्चालन गर्न चाहने विद्यालयलाई उपलव्ध गराइने मेयर इवन राईले बताए ।  




हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन सञ्चालन हुँदै आएको छ । चाम्लिङ राई भाषामा पठन–पाठन सञ्चालन गर्दै आएका विद्यालयले प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च कटौती भएको गुनासो गरिरहेका बेला नगरपालिकाले बजेट विनियोजन गरेको हो । विनियोजित रकम चाम्लिङ भाषामा अध्यपन गराउने शिक्षकलाई प्रोत्साहन भत्ताकारुपमा उपलब्ध गराइने मेयर राईले बताए । चाम्लिङ भाषा पढाउने शिक्षकले पाउने प्रोत्साहन भत्ता र चाम्लिङ भाषाकै पाठ्यापुस्तक ढुवानीका लागि प्राप्त हुँदै आएको सहयोग आर्थिक वर्ष २०७६÷०७७ देखि कटौती भएको गुनासो आएको थियो ।  

धितुङमा बुलापन्थे माबिमा कक्षा ५ सम्म, सुर्यज्योती आविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म, दलित जनजारण प्राबिमा कक्षा ५ सम्म, जनकल्या प्राबि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म र पारुहाङशरण प्राबिमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठन–पाठन हुँदैआएको छ । सर्वावती प्राबिमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातीका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्स अध्ययन गरिरहेका बुलापन्थे माबिका शिक्षक रकम रोदुङले बताए । 

चाम्लिङ राईको बाहुल्यता भएको धितुङमा चाम्लिङ भाषाको संरक्षण र संवद्र्धनका लागि तत्कालिन गाबिसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलव्ध गराउनेगरी चाम्लिङ भाषामा पठन–पाठन सुरु गरिएको थियो । शिक्षकको सरुवा हुँदा सुर्यज्योती आविमा दुई÷तीन वर्ष चाम्लिङ भाषाको पठन–पाठन अवरुद्ध नै भएको थियो ।  

हाल भने सो विद्यालयमा पनि चाम्लिङ भाषाको पठन–पाठन निरन्तर भइरहेको छ । चाम्लिङ राई भाषा पढाउने शिक्षकका लागि स्थानीय तह कार्यान्वयनमा आउन अगाडि एक आर्थिक वर्ष तत्कालिन शिक्षक खम्बराज राई (हाल प्रमुख प्रशासकीय अधिकृत रौतामाई गाउँपालिका, उदयपुर)को पहलमा किरात राई यायोक्खा प्रारम्भिक कमिटिमार्फत एक लाख बजेट व्यवस्था गरिएको थियो ।  

धितुङमा चाम्लिङ राई भाषा पढाउने शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको त्यो नै सबैभन्दा ठूलो रकम थियो । नगरपालिकाले विभिन्न भाषाभाषीको प्रोत्साहनमा नीति तथा कार्यक्रम बनाएको भए पनि हालसम्म कुनै पनि विद्यालय भाषिक पठन–पाठनका लागि सहयोग माग्न नआएको मेयर राईले बताए ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस