नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग
२० मंसिर २०७८
•
१ मिनेट पाठ
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग
बाँकेको राप्ती नदीमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीयवासीले माग गरेका छन्। उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले चिन्ता व्यक्त गरेका हुन्। 




जल उपभोक्ता समितिको मूल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टेपरी हुँदै सिधनिया पुलसम्मको क्षेत्रमा स्काभेटर र जेसिबी प्रयोग गरेर अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयवासी चमेली बाकवलले जानकारी दिए।

उनका अनुसार, राप्तीनदीमा अवैधरुपमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भई बगरमा परिणत हुने र वर्षात्मा बस्तीनै डुबानमा पर्ने जोखिम बढ्दै गएको छ। राप्तीसोनारी–६ फत्तेपुरका स्थानीयवासीले आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले राप्ती नदीमा भइरहेको दोहन रोक्न माग गरेको स्थानीयवासी बनिलाल थारुले बताए। स्थानीयले नदीबाट हुने कटान, पटान र डुबान रोकथामका लागि तटबन्ध निर्माण गरिदिनुपर्ने माग पनि गरेका छन्। जिल्लामा नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का प्रक्रिया सुरु हुन नसक्दा अवैधरुपमा उत्खनन भई करोडौँ राजस्व गुमेको छ। 

चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि बाँकेका नदीजन्य पदार्थको ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन। ठेक्का प्रक्रियामा नजाँदा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार भई राजस्व गुम्न पुगेको छ। सो अवसरमा प्रजिअ खत्रीले राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका लागि आफ्नोतर्फबाट पहल गर्ने जानकारी दिए। रासस
अर्को समाचार
नदीजन्य पदार्थको अवैध उत्खनन र ओसार–पसार रोक्न सरोकारवाला सहमत
३० जेष्ठ २०७९
•
३ मिनेट पाठ
नदीजन्य पदार्थको अवैध उत्खनन र ओसार–पसार रोक्न सरोकारवाला सहमत
बाँकेको राप्ती सोनारी–६ मा अवैध रुपले घाटगद्दी गरिएको नदीजन्य पदार्थ। तस्बिरः नागरिक
जिल्लामा नदीजन्य पदार्थको दिर्घकालीन रुपले व्यवस्थापन गर्नका लागि अवैध उत्खनन र ओसार–पसार रोक्न जिल्लास्थित सरोकारवाला निकाय सहमत भएका छन्। जिल्ला समन्वय समिति बाँकेले सोमबार गरेको छलफलमा उपस्थित सरोकारवालाले यसका लागि प्रचलित नियम, कानुन अनुसार थप नियमन र व्यवस्थापन कार्य गर्ने/गराउने निर्णय गरेका हुन्।  




प्राकृतिक स्रोत, साधन तीन वटै तहको साझा कार्यसूची, नेपालको संविधानतः भएकाले यसको दिगो व्यवस्थापन र उपयोग गर्न जिल्लाका सार्वजनिक निकाय, राजनीतिक दल र सरोकारवालाले आवश्यक सहयोग र समन्वय गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता जनाइएको छ।  

जिल्लामा सबैभन्दा बढी नदीजन्य पदार्थको स्रोत रहेको राप्ती सोनारी गाउँकार्यपालिकाको यही जेठ १७ र २३ गतेको बैठकले नदीजन्य पदार्थको अवैध उत्खनन रोकेर दिर्घकालीन रुपले व्यवस्थापन गर्ने निर्णय गरेको थियो। यस्तै गाउँ कार्यपालिकाले जेठ १९ र २० गते स्थलगत रुपमा अनुगमन गरी नदीजन्य पदार्थको घाटगद्दी नापजाँच गरेको थियो।  

अनुगमनका क्रममा फेला परेका अवैध घाटगद्दी नियन्त्रण गर्न आवश्यक प्रक्रिया पुर्याएर जफत गर्ने पनि जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले निर्णय गरेको छ। यसका लागि गाउँपालिकाको स्टक प्रमाणितलाई आधार मानेर समितिले संयुक्त रुपमा सरोकारवालाको सहभागितामा जफत गर्ने निर्णय गरिएको छ।  

बैठकमा नदीजन्य पदार्थ व्यवस्थापन गर्न राप्ती सोनारी गाउँपालिकाको प्रयास र अनुभव समेत सुनाइएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले अहिलेसम्म नदीजन्य पदार्थ व्यवस्थापनका लागि राप्ती सोनारीले गरेका काम र प्रयासबारे प्रस्तुतीकरण गरेका थिए।  

सो क्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नदीजन्य पदार्थ व्यवस्थापन गर्नका लागि सबै तहका सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए। ‘जिल्लामा नदीजन्य पदार्थ व्यवस्थापन गर्ने काममा जिल्ला समन्वय समिति सबैको साथमा छ,’ उनले भने, ‘सबैले हातेमालो गरेर नदीजन्य पदार्थको व्यवस्थापन गरौं।’  

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नदीजन्य पदार्थलाई ब्यवस्थित गर्ने काममा गाउँकार्यपालिकाले हात हालिसकेकाले यसलाई पूर्णता दिन जिल्लाका सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए। ‘नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण गर्न गाउँपालिकाको सिंगो कार्यपालिका टिम लागेको छ, यसलाई सही सिस्टममा ल्याएपछि मात्र गाउँपालिकाले ठेक्का खोल्ने वातावरण बन्न सक्छ, नत्र हामीलाई गाह्रो हुने स्थिती छ।’ 


जिल्ला अनुगमन तथा व्यवस्थापन समितिको बैठकमा नदीजन्य पदार्थ व्यवस्थापनबारे छलफल गरिँदै।
जिल्लामा राप्ती सोनारीपछि डुडुवा पनि नदीजन्य पदार्थका हिसाबले दोस्रो धनी गाउँपालिकाको रुपमा चिनिन्छ। डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नदीजन्य पदार्थ व्यवस्थापनमा सँगै हातेमालो गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए। ‘राप्ती सोनारीको जति समस्या डुडुवामा छैन, तर हामी कहाँपनि नदीजन्य पदार्थको दिर्घकालीन व्यवस्थापन गर्नुपर्ने अवस्था चाही छ, यसका लागि साझा मुद्दा बनाएर अगाडि बढौं,’ उनले भने।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले नदीजन्य पदार्थ व्यवस्थापन गर्दा आवश्यक पर्ने शान्ति सुरक्षामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। ‘नदीजन्य पदार्थ व्यवस्थापन हुन थाल्दा म अत्यन्त खुसी भएको छु, यसका लागि आवश्यक पर्ने शान्ति सुरक्षाको सवालमा सहयोग गर्न म एकदम तयार छु र मैले सुरक्षा निकायका प्रमुखलाई पनि यसमा सहयोग गर्न भनिसकेको छु,’ उनले भने।

बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले नदीजन्य पदार्थ व्यवस्थापनमा गाउँपालिकाले थालेको काममा असहयोग गर्ने प्रहरीलाई ठाउँका ठाउँ कारबाही गर्ने बताए। ‘गाउँपालिकाले नदीजन्य पदार्थ व्यवस्थापन गर्न थालेको काममा सहयोग गर्न सबै प्रहरी युनिटलाई मैले निर्देशन दिइसकेको छु, यदी कसैले सहयोग गरेन भने मलाई भन्नुस्, म ठाउँका ठाउँ कारबाही गर्छु,’ उनले भने। 
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस