दैनिक निस्कने सय टन अस्पतालजन्य फोहोर कसरी व्यवस्थापन हुन्छ?
२६ मंसिर २०७८
•
६ मिनेट पाठ
दैनिक निस्कने सय टन अस्पतालजन्य फोहोर कसरी व्यवस्थापन हुन्छ?
जन्मदेखि मृत्युसम्म हामी कुनै न कुनै समयमा अस्पताल पुगेकै हुन्छौं। आफ्नो जीवनकालमा स्वास्थ्य सेवाको उपयोग नगर्ने को नै हुन्छ र? स्वास्थ्य हेरचाह गतिविधिको क्रममा अस्पतालहरुले निकै महत्वपूर्ण भूमिका खेलिरहेका छन्। स्वास्थ्य जीवनको संरक्षण मात्र नभई जीवन बचाउने काममा अग्रस्थानमा रहेका अस्पतालहरुको कुनै विकल्पनै छैन।




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा ६ हजार ९ सय ३४ वटा स्वास्थ्य संस्थाहरु छन्। ति अस्पतालहरुबाट दैनिक कति फोहोर निस्कन्छन् र व्यवस्थापन कसरी हुन्छन् भन्ने प्रश्न उठ्ने गर्छ।

स्वास्थ्य संस्थाबाट निस्किएका खतरनाक रसायनिक पदार्थहरु जमिनको सतहमा मिसियो भने माटोको उत्पादकत्व घट्ने र पिउने पानीको स्रोत दूषित हुने तथा ल्याण्डफिल साईट आसपास क्षेत्रको वातावरणमा नकारात्मक असरहरु देखिने गरेको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरे बताउँछन्। काठमाडौं उपत्यकाका निजी तथा सरकारी अस्पतालबाट एकदिनमा करिब सय टन फोहोर निस्कने उनले बताए।

विगत २० वर्षदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्रको फोहोर व्यवस्थापनमा क्रियाशील रहेको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेका अनुसार कतिपय सरकारी अस्पतालहरुमा फोहोर संकलन गर्दा मानवजन्य अङ्ग, आलो रगत, सिरिञ्जहरु फेला पर्ने गरेको छ।

‘स्वास्थ्य संस्थाहरुले फोहोर थुपारेपछि, व्यवस्थापन गर्नेले जस्तोसुकै तरिकाले गरोस् भन्ने मनस्थितिले फोहोर थुपार्ने गरेको हामीले देखेका छौं,’ उनले भने, ‘अहिले ओखरपौवा ल्याण्डफिल साईटमा फोहोरको पहाड बनाउने काम भईरहेको छ, त्यहाँको लिच्चेड कोल्फु खोलामा बगेर जान्छ। यदि त्यो खोलाको पानी कुनै जनावरले पिएमा बाच्दैन र यदि मानिसको खुट्टा वा हात त्यो पानीमा पर्‍यो भने हातखुट्टा नै पाक्छ। सामान्य फोहोरले निम्त्याएको असर त यस्तो छ भने, चिकित्साजन्य फोहोरको जोखिम झन् बढी छ।’

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य हेरचाहका गतिविधिका क्रममा उत्पन्न हुने कुल फोहोरको, ८५ प्रतिशत फोहोर घरेलु फोहोरको तुलनामा गैर–खतरनाक फोहोरको रुपमा वर्गीकरण गरेको छ। बाँकी १५ प्रतिशत सामग्रीलाई भने खतरनाक फोहोरको रुपमा वर्गिकरण गरेको छ। जुन, संक्रामक, रासायनिक वा रेडियोधर्मी पनि हुन सक्छ। स्वास्थ्यजन्य फोहोरमा सम्भावित हानिकारक सूक्ष्मजीवहरू हुन्छन्। जसले अस्पतालका बिरामी, स्वास्थ्यकमी र सर्वसाधारणलाई पनि संक्रमित तुल्याउन सक्छ। यस्ता सूक्ष्मजीवहरू स्वास्थ्य संस्थाबाट सिधै वातावरणमा पनि फैलिन सक्छन्।

यस किसिमको लापरबाही भएमा अस्पतालदेखि ल्यान्डफिल साईटसम्म फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीहरु उपचारका क्रममा प्रयोग भएको विषाक्त वा संक्रामक धारिलो सामग्रीको उच्च जोखिममा पर्ने गर्दछन्। साथै श्वासप्रश्वास सम्बन्धी समस्या, एचआईभि एड्स र हेपटाईटिस ‘बि’ लगायतका रोगबाट सफाईकर्मीहरु संक्रमित हुन सक्छन्।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार नेपालमा अस्पतालजन्य फोहोरको व्यवस्थापन निकै दयनीय अवस्थामा रहेको छ। संगठनले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालका ५ प्रतिशत स्वास्थ्य संस्थाले मात्र अस्पतालमै फोहोर वर्गीकरण गरि संकलन र व्यवस्थापन गरेका छन्। फोहोरको प्रकृति अनुसार स्रोत मै वर्गीकरण गर्नु फोहोर व्यवस्थापनको प्रारम्भिक र अनिवार्य नियम हो। तर नेपालमा केही स्वास्थ्य संस्थाबाहेक बाँकीले यो नियमको पालना गरेको पाइँदैन।

नेपालमा पहिलो पटक अस्पतालजन्य फोहोरको व्यवस्थापन वि.सं २०६८ सालमा विर अस्पतालबाट सुरु भएको थियो। अस्पतालका तत्कालिक निर्देशक प्रा.डा.बुलन्द थापाको नेतृत्वको टोलीले स्वास्थ्यजन्य फोहोरको वर्गीकरण, निर्मलीकरण तथा विसर्जन गर्ने कामको सुरुवात गरेको थियो। अस्पतालबाट उत्पादन भएको पुनःप्रयोग गर्न मिल्ने फोहोर बिक्री गरेर मासिक रुपमा ५० हजार रुपैयाँ आमदानी समेत गर्न सफल भएको थियो। तर हाल त्यो पनि बन्द भईसकेको अवस्था छ। हाल केही सरकारी अस्पतालहरुले मात्र स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन गरीरहेको पाइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहोरमैला व्यवस्थापन केन्द्रनै स्थापना गरी चिकित्साजन्य फोहोरको व्यवस्थापन गर्दै आएको छ। अस्पतालले नर्सिङ्ग ईन्चार्ज उषा देवकोटाको नेतृत्वमा फोहोरको व्यवस्थापन गर्दै आएको छ। अस्पतालले फोहोर संकलन गर्ने क्रममानै वर्गीकरण गरी संकलन गर्ने गरेको छ। संकलन गरेको फोहोरलाई अस्पतालको फोहोरमैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोरलाई छुट्याई व्यवस्थापन गरिरहेको छ।

अस्पतालजन्य फोहोरहरु अस्पताल हाताभन्दा बाहिर पठाउनुभन्दा पहिले फोहोरको उचित उपचार गर्न जरुरी हुन्छ। यसका लागि केमिकल वा तापजन्य उपकरणको प्रयोग गरी फोहोरलाई निर्मलीकरण गर्न सकिन्छ। साईरेक्स, हाईपोक्लोराईड र क्लोरिन लगायतका रशायनहरुको प्रयोग गरेर खतराजन्य फोहोरलाई निसंक्रमण गरिन्छ भने संक्रमित फोहोरको उचित प्रबन्ध गर्न वैज्ञानिक तथा आधुनिक उपकरण मेडिकल अटोक्लेवबाट निर्मलीकरण गरिन्छ। त्यसबाहेक फोहोरलाई सुरक्षित रुपमा अस्थायी भण्डारण गरेर पनि अन्तिम व्यवस्थापन गर्ने गरिएको देवकोटाले बताइन्।

त्यसैगरी सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामति कर्मचारी अस्पताल लगायतले पनि पद्धतिगत रुपमा चिकित्साजन्य फोहोरको उचित व्यवस्थापन गर्ने गरेको वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गाना बताउँछन्। तर निजी अस्पतालहरुले स्वास्थ्यजन्य फोहोर कसरी व्यवस्थापन गरिरहेको छन् भन्ने विषयमा सरकारले अनुगमन गरेको भने पाइँदैन।

शाखाका प्रमुख ढुङ्गानाका अनुसार हाल नेपालभरका ५५ वटा अस्पतालहरुमा फोहोर व्यवस्थापनको वस्तुस्थितिको बारेमा अध्ययन भईरहेको छ। ‘अध्ययन प्रतिवेदन आएपछि स्वास्थ्य संस्थाहरुमा फोहोर व्यवस्थापन गर्ने मापदण्ड बनाउने प्रक्रियामा हामी अगाडि बढ्ने छौं’, उनले भने।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्य जन्य फोहोरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सो को सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ। साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहोरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड जरिवाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिएको छ।

फोहोर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालजन्य फोहोर व्यवस्थापन निर्देशिका– २०७१ जारी गरे तापनि त्यस अनुरुप फोहोर व्यवस्थापनमा काम नभएको सम्बन्धित सरोकारवालाको भनाई छ। नागरिक स्तरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना तथा अस्पतालहरुमा फोहोर व्यवस्थापनको लागि आवश्यक पूर्वाधारको व्यवस्थापन नभएसम्म चिकित्साजन्य फोहोरको व्यवस्थापन हुन नसक्ने विर अस्पतालका पूर्व निर्देशक प्रा डा. बुलन्द थापाको भनाई रहेको छ।

अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नभए वा सामान्य त्रुटिले समेत संक्रामक रोग फैलाउन सक्ने सम्भावना बढाउँछ। अझ विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण मास्क, पन्जा र पीपीई लगायतका स्वास्थ्य सामग्रीको खपत बढेसँगै फोहोरमा यस्ता सामग्रीहरुको मात्रा पनि बढेको छ। जसका कारण रोगब्याधि फैलिने सम्भावना बढेको देखिएको छ।

सामान्य अवस्थामा पनि अस्पतालजन्य फोहोरको व्यवस्थापन जटिल प्रक्रिया हो। अझै संक्रमित फोहोरको व्यवस्थापन त झनै जटिल प्रक्रिया हो। यसको उचित व्यवस्थापन गर्न नसकेको अवस्थामा यसबाटै महामारी फैलिने सम्भावना अझै बढी गर्दछ। संक्रमण नियन्त्रणका लागि अस्पतालजन्य फोहोरको व्यवस्थापनमा सम्पूर्ण सरोकारवाल निकायले अत्यन्तै संवेदनशीलताका साथ काम गर्नुपर्ने देखिन्छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस