वीरगन्ज– नारायणी अञ्चल प्रहरी कार्यालय, वीरगन्जको टोलीले आइतबार दिउसो पाँच किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। भारततर्फ गइराखेका वीरगन्ज–१३ बस्ने २२ वर्षे बिकुकुमार सर्राफलाई प्रहरीले चाँदीसहित पर्सा सिर्सिया–५ बाट पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक अनुराग द्विवेदीका अनुसार सर्राफ चाँदी बोकेर साइकलमा सिर्सिया हुँदै सीमातर्फ बढ्न लागेका थिए। बरामद चाँदीसहित सर्राफलाई पथलैयास्थित राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयमा पठाइने उनले बताए।