काठमाडौं- सार्क सम्मेलनका लागि सवारी व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकामा आज (सोमबार) बाट जोर–बिजोर प्रणाली लागु भएको छ। जोर गतेका दिन जोर नम्बरका र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका गाडी मात्र गुड्न पाउने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो व्यवस्था लागु गरेको हो। पहिलो दिन मंसिर ८ गते जोर नम्बर प्लेटका सवारी मात्र गुड्नेछन्। यही क्रमअनुसार मंसिर १० र १२ गते पनि जोर नम्बरले छुट पाउनेछ। बिजोर नम्बर प्लेटका गाडी भने मंसिर ९ र ११ गते मात्र चलाउन पाइनेछ।महाशाखाका अनुसार उपत्यकामा ७ लाख ५५ हजार हाराहारी सवारी साधन गुड्छन्। यीमध्ये जोर–बिजोर प्रणाली लागु भएपछि करिब ३ लाख १७ हजार सवारी गुड्ने अनुमान छ भने बाँकी सवारी थन्किने अनुमान गरिएको छ। महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले जोर–बिजोर नियमविपरीत सवारी चलाउनेलाई दुई सय रुपैयाँ जरिवाना तिराउनुका साथै सवारी बाटोबाटै फर्काइने बताए।
अस्पताल, एम्बुलेन्स, दमकल, शव वाहन, गृह मन्त्रालयको पास लिएका सरकारी गाडी, कूटनीतिक नियोग, हरियो नम्बर प्लेटका पर्यटक सवारीमा भने जोर–बिजोर प्रणाली लागु गरिएको छैन। प्रेस पास लिएका सवारी र विवाहका लागि दुलाहादुलही चढेको सवारीलाई समेत यो नियम लागु हुने छैन। विवाहको जन्ती चढ्ने सवारीमा भने जोर–बिजोर लागु गरिएको महाशाखाले जनाएको छ।
त्यस्तै, दूध, तरकारी, पानी तथा पेट्रोलिमय पदार्थ बोकेका सवारीलाई बिहान ६ बजे अगाडिसम्म र राति विशिष्ट पाहुना होटलमा पसिसकेपछि जोर–बिजोर लागु हुने छैन। त्योबाहेकको समयमा भने जोर–बिजोरमै चल्नुपर्ने व्यवस्था गरिएको छ।
सम्मेलनको सुरक्षा हेरेर सोमबारबाटै पुरानो बसपार्कसमेत खाली गरिने भएको छ। त्यहाँ आउजाउ हुने सवारीलाई उपत्यकाका विभिन्न पाँच स्थानमा पार्किङ गर्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ। यो नियम मंसिर १२ सम्म लागू हुनेछ।
यी पाँच दिनमा चक्रपथबाहिरबाट रत्नपार्क, पुरानो बसपार्क, जमल, सुन्धारा, त्रिपुरेश्वरलगायत भित्री सहरमा जान कम्तीमा दुईवटा सवारी फेर्नुपर्नेछ। महाशाखाले चक्रपथबाहिरबाट आउने सवारीलाई सानो गौचरन, लैनचौर, जडिबुटी, त्रिवि गेट र ढुंगेअड्डासम्म मात्र आउन दिनेछ। त्यहाँबाट सहरभित्र आउने यात्रुले अर्को गाडी चढ्नुपर्नेछ।
पुरानो बसपार्कमा कपन, जोरपाटी, साँखु, सुन्दरीजल, चाबहिल हुँदै आउने सवारीलाई सानो गौचरनमा, बालाजु, वनस्थली, टोखा, बुढानिलकण्ठ हुँदै आउनेलाई लैनचौरमा, भक्तपुर, काभ्रेबाट आउनेलाई जडिबुटीमा, दक्षिणकाली, फर्पिङ, कीर्तिपुर, थानकोट, स्वयम्भुतर्फ चल्नेलाई त्रिवि गेट र थानकोट, मातातीर्थ, मच्छेगाँउ, नागढुंगातर्फ चल्ने सवारीलाई ढुंगेअड्डामा पार्किङ व्यवस्था गरिएको छ।