१० किलो चाँदीसहित दुई भारतीय पक्राउ
११ मंसिर २०७१
•
१ मिनेट पाठ
१० किलो चाँदीसहित दुई भारतीय पक्राउ
महोत्तरी– सशस्त्र प्रहरीले बिहीबार महोत्तरीको मटिहानी गाविसबाट १० किलो चाँदीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुवनीको मधवापुर–४ का दिलीपकुमार साह र वडा नम्बर ८ बस्ने रोशनकुमार साह रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले जनाए।
जनकपुरबाट चाँदी बोकेर भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँचका क्रममा सशस्त्र प्रहरीले मटिहानी–८ स्थित महावीर मन्दिरनजिकै पक्राउ गरेको हो।

सीमा सुरक्षा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी चाँदीसहित दुई भारतीय पक्राउ परेको जानकारी गराएको हो। मटिहानीका सश्ास्त्र प्रहरी निरीक्षक कृष्ण पौडेलको नेतृत्वमा रहेको प्रहरी टोलीले सुराकीका आधारमा नाका खडा गरी जाँच गर्दा छवटा प्लास्टिकको झोलाभित्र मसिनो दाना (बुयिना) आकारमा रहेको १० केजी चाँदी बरामद गरेको हो।

अनुमानित सात लाख रुपैयाँको चाँदीसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ। रासस
अर्को समाचार
साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ
१३ जेष्ठ २०७५
•
३ मिनेट पाठ
साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ
रौतहट– साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने सुन चाँदी व्यवसायी सन्नी कुमारलाई सीमावर्ती भारतीय बजार बैरगनियाको भारतीय सुरक्षाकर्मीले साढे नौ किलोभन्दा बढी चाँदीसहित आइतबार पक्राउ गरेको हो। भारतीय बजारबाट चाँदी लिएर गौरतर्फ आउँदै गरेका व्यवसायी सन्नीलाई सीमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

गौर नपा ३ मा सन्नी ज्वेलर्सका संचालक सन्नी कुमारले विआर ३० केयु ३३८२ मारुती स्वफट जिपमा ९ किलो ६ सय ग्राम चाँदीका गहना भारतीय बजारबाट लिएर गौरतर्फ ल्याउने क्रममा सिमावर्ती क्षेत्र बैरगनिया बोर्डरमा खटिएका एसएसबीले चेकजाँच गर्दा उक्त चाँदी बरामद गरेको हो।

चाँदीसहित पक्राउ परेका सन्नी कुमारलाई एसएसबीको २० बटालियनको वागमती क्याम्पमा आइतबार सार्वजनिक गर्दै असिस्टेन्ट कमाडेण्ट श्रीकुमारले बरामद गरिएको चादीको मूल्य नेपाली ११ लाख र मारुती जिपको मूल्य साढे सात लाख गरी साढे १८ लाखको उक्त सामानसहित व्यापारी सन्नीलाई आवश्यक कारवाहीका लागि वैरगनिया कष्टमलाई जिम्मा लगाएको बताए।

सुनचाँदी व्यवसायी सन्नीकुमारको गौरमा दुई वटा पसल थापेर सुन नेपालबाट भारततर्फ र चाँदी भारतबाट नेपालतर्फ तस्करी गर्दै आएको बुझिएको छ। गत बर्ष काठमाडौंबाट १ किलो सुन लिएर अर्जुन सिंह (भरिया) आइरहदा तत्कालिन मकवानपुरका एसपी मिरा चौधरीको कमाण्डमा खटिएका गस्ती टोलीले अमलेशगंजबाट नियन्त्रणमा लिएको सुन पनि सन्नीकै रहेको थियो।

सुन चाँदीका व्यवसायी सन्नी कुमार र निजका वुवा विजयकुमार स्वर्णकार सिमावारी पारीको कारोवारमा धेरै दिनदेखि सक्रिय रहदै आएको गौरका एक सुनचाँदी व्यसायीले बताए । व्यवसायी सन्नीको घर सिमापारी भारतको सितामढी वैरगनिया स्थित माइस्थानमा रहेको छ तर निजले नेपाली नागरिकता बनाउन सफल भई गौर ३ स्थित कारागार नजिक घर बनाएर बसोबास गर्दै आएका छन्। एसएसबीले पक्राउ गर्दा उनले आफनो ठेगाना बैरगनिया माईस्थान जनाएपछि उनले दोहोरो नागरिकता प्रयोग गरेर दुवै देशमा आफनो कालो कारोवार संचालन गर्दै आएको स्रोतको दाबी छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस