टिपरको ‘सिकार'
१३ मंसिर २०७१
•
७ मिनेट पाठ
टिपरको ‘सिकार'
काठमाडौं- मंसिर ४ गते शुक्रबार दिउँसो २ः३० बजे। सोलुखुम्बु स्थायी घर भई हाल बौद्ध बस्दै आइरहेका २१ वर्षका पदम रसाइली र उनका साथी २४ वर्षका दिनेश राई मोटरसाइलकमा भक्तपुर सूर्यविनायकतर्फ जाँदै थिए। आफ्नो लेनमा सामान्य रफ्तारमै गइरहेका उनीहरुको मोटरसाइकललाई सोही लेनमा तीव्रगतिमा आएको टिपरले पछाडिबाट ठक्कर दियो।भक्तपुर सिर्जनानगर चोकमा बा१क ७४९४ नम्बरको टिपरले बा६२प २२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेका २४ वर्षीय राईको मृत्यु भयो भने मोटरसाइकल चलाइरहेका रसाइली गम्भीर घाइते हुन पुगे। आफ्नो कुनै गल्ती नहुँदा पनि दुर्घटनामा परेका रसाइली नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा उपचाररत छन्। टिपर चालक शेरबहादुर तामाङ प्रहरी नियन्त्रणमा छन्।
सोही दिन बिहान सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) अगाडि बा२ख ७२३९ नम्बरको टिपरले बा५१प १९०७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा धापासीका २४ वर्षीय प्रकाश राईको मृत्यु भयो। राईको स्कुटरलाई पनि तीव्र रफ्तारमै आएको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।
अघिल्लो साता पनि टिपरकै ठक्करबाट २५ वर्षीय मन्जु घिमिरेले ज्यान गुमाउनुपर्योय। ललितपुर–४, पट्टिपाचोकमा बा२ख ८८०९ नम्बरको टिपरले बागडोल बस्ने अर्घाखाँची मैदानकी घिमिरेलाई बिहान ६ बजेतिर ठक्कर दिएको थियो। ठक्करका कारण गम्भीर घाइते भएकी उनको उपचार क्रममा सानेपास्थित स्टार अस्पतालमा मृत्यु भएको हो।
आफ्नो गल्ती नै नहुँदा पनि दिनेश, प्रकाश र मन्जुले मनलाग्दी कुदाइएको टिपरको सिकार बन्नुपर्योि। साताअघि उपत्यकामा भएका यी तीन दुर्घटना प्रतिनिधि घटनामात्र हुन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा मात्र महिनामा औसत ६० भन्दा बढी टिपर दुर्घटना हुने गरेको छ।
महाशाखाका अनुसार अधिकांश दुर्घटनाको कारण चालकको लापरवाही हँकाइ नै हो। चालकको तीव्र रफ्तारका कारण अधिकांश टिपरले अन्य सवारीलाई ठक्कर दिने घटना बढी हुने गर्छ। टिपरले धेरैजसो मोटरसाइकल, साना सवारी र पैदलयात्रीलाई ठक्कर दिने गरेको महाशाखाको तथ्यांकले देखाएको छ।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार टिपर अरु सवारीभन्दा बलियो र ठूलो हुने भएकाले चालकले सामान्य ठोक्किँदा आफूलाई असर गर्दैन भन्दै बेतोड कुदाउँछन्। 'अरु सवारीभन्दा बलिया टिपरलाई चालकले बेतोड कुदाउँछन्,' उनले भने, 'अनियन्त्रित रुपमा कुदाउँदा कहीं न कहीं लगेर ठोकेकै हुन्छन्।' उनका अनुसार टिपर चलाउने चालकको उमेरसमेत निकै कम हुने गरेको पाइएको छ।
अन्य सवारीलाई ठक्कर दिनेमा टिपर नै अग्रस्थानमा आउने महाशाखा प्रमुख अधिकारी बताउँछन्। ठक्कर दिनेमा मात्रै होइन, दुर्घटनापछि भाग्नेमा पनि टिपर चालक नै अगाडि छन्। 'टिपरसँग सम्बन्धित अधिकांश दुर्घटनामा अन्य सवारी तथा पैदलयात्रीलाई ठक्कर दिएको नै छ,' उनले भने, 'यसरी ठक्कर दिँदा बलियो सवारीमा भएका कारण टिपर चालकलाई केही हुँदैन, त्यसैले दुर्घटनालगत्तै फरार हुन्छन्। टिपर चालककै कारण हिट एन्ड रनका केस बढी भएका हुन्।' उनले फरार चालकलाई टिपरका आधारमा पक्राउ गर्ने गरिएको बताए।
उनका अनुसार टिपर चालकले अनियन्त्रित रुपमा कुदाउनुका पछाडि सानो उमेरका चालक हुनु र चालकले टिपका आधारमा थप पैसा पाउनु प्रमुख कारण हुन्। 'चालकलाई तलब थोरै दिइएको हुन्छ तर टिपका आधारमा भत्ता बढी दिने चलन रहेछ,' उनले भने, 'जसका कारण भत्ता बढी पाउने आसमा आलाकाँचा चालकले टिपरलाई तीव्र रफ्तारमा दौडाउँछन् र दुर्घटना गराउँछन्।' उनका अनुसार सवारीलाई छाडा दौडाउनेमा टिपरजस्तै ट्रकका चालक पनि छन्।
'टिपर र ट्रकका चालकको सवारी हुँइकाउने र अरु सवारीतर्फको पेलाइ उस्तै छ,' अधिकारीले भने, 'उनीहरुको छाडा चलाइका कारण दुर्घटना बढ्न थालेपछि हामीले ट्रक र टिपर दुवैलाई विशेष निगरानीमा राख्न थालेका छौं।' उनका अनुसार उपत्यकामा हुने दुर्घटनामा टिपर र ट्रकले झन्डै ३० प्रतिशत हिस्सा ओगट्छन्।
महाशाखाको पछिल्लो चार महिनाको तथ्यांकअनुसार उपत्यकामा ट्रक र टिपर गरी झन्डै चार सय दुर्घटना भएका छन्। तथ्यांकअनुसार साउन महिनामा ट्रक ६५ वटा, टिपर २७, भदौमा ट्रक ७७, टिपर ३१, असोजमा ट्रक ६०, टिपर २३, कात्तिकमा ट्रक ७६, टिपर २९ वटा दुर्घटना भएका छन्। यस्तै अघिल्लो आर्थिक वर्षमा उपत्यकामा मात्र ८ सय ९२ वटा ट्रक र ५ सय टिपर दुर्घटना भएका थिए। उपत्यकामा टिपरभन्दा ट्रक धेरै मात्रामा कुद्ने गर्छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस