सिनामंगल सडक तत्काल बनाउन निर्देशन
१६ मंसिर २०७१
•
५ मिनेट पाठ
सिनामंगल सडक तत्काल बनाउन निर्देशन
काठमाडौं-जताततै हिलो र खाल्डा। ठाउँठाउँमा ह्युमपाइप ल्याएर असरल्ल छाडिएका छन्। १० मिटर सडक विस्तार गरेर १४ मिटर बनाइएको छ। तर, हिलो र पानी तथा भत्काइएका संरचनाका कारण पैदलयात्रीसमेत हिँड्न मिल्दैन।




पुरानो बानेश्वर–सिनमंगलको यो दुरवस्था एक वर्षदेखि हो। स्थानीयले दर्जनौं पटक सडक बनाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरेका थिए। तर, सडकको अवस्था सुधि्रएन। स्थानीयकै गुनासोपछि मंगलबार उपप्रधानमन्त्री समेत रहेका संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सडक अनुमगन गरे। हिलाम्मे र खाल्डाखुल्डीमा हिँडेपछि तुरुन्त सम्बन्धित निकायलाई सडक निर्माण गर्न निर्देशन पनि दिइहाले।

उपप्रधानमन्त्री सिंहसहित सडकको स्थलगत निरीक्षणमा उक्त सडकको निर्माण जिम्मेवारी पाएको निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख प्रशान्त झासहित सडक विभागका महानिर्देशक माधव कार्कीसमेत गएका थिए। सिंहको निर्देशनलगत्तै आयोजना प्रमुख झाले सडक निर्माणको कामलाई तीव्रता दिने बताए।

निरीक्षणपछि उपप्रधानमन्त्री सिंहले भने, 'जनताले वर्षौं देखि सास्ती भोगिरहँदा पनि हामी काममा ढिलाइ गरिरहेका छौं। त्यसकारण अब जनताले धेरै दिन दुःख पाउनु हुँदैन तत्काल सडक निर्माण गर्नुपर्छ।' उनले केही दिनपछि पुनः सडक निरीक्षणमा आउने भन्दै निर्माणलाई तीव्रता दिन निर्देशन दिएका हुन्। सिंहले लामो समयदेखि निर्माणाधीन पुरानो बानेश्वरदेखी सिनामंगल पुलसम्म जाने सडकको पैदल हिँडेर निरीक्षण गरेका थिए। निरीक्षण क्रममा उनीसँगै स्थानीयको समेत सहभागी थिए। स्थानीयले सडक निर्माण नहुँदा सवारीका नाममा साइकलसम्म गुडाउन नपाएको र हिँड्न समेत अप्ठेरो परिरहेको गुनासो गरेका थिए।

सिनामंगल–पुरानोबानेश्वर–डिल्लीबजार–पुतलीसडक खण्डको सडक निर्माणको जिम्मा आयोजनाले पिआर कन्स्ट्रक्सनलाई दिएको छ। तर, कहिले ढल बिछ्याउने त कहिले खानेपानी पाइप बिछ्याउने बहानामा सडक निर्माण गर्नुसट्टा झन् खाल्डा बनाउँदै छाड्ने काम भइरहेको छ। निर्माण क्रममा भएको ढिलासुस्तीका कारण दैनिक हजारौं पैदलयात्री र सयौं सवारीले सास्ती खेप्नुपरेको छ।

सडक निर्माणको जिम्मेवारी पाएको आयोजनाको ढिलासुस्ती र लापरबाहीको मारमा पैदलयात्री र सवारी मात्र होइन उक्त क्षेत्रमा व्यापार गर्ने पनि परेका छन्। विस्तार क्रममा भत्काइएको संरचना समयमै खाली नगर्नु र निर्माणमा ढिलाइ हुँदा व्यापार खस्केको व्यापारी बताउँछन्। यस्तै, निर्माणमा भएको ढिलाइले धुलोधुँवाको समस्या पनि बढेको उनीहरुको गुनासो छ।

विस्तार क्रममा भत्काइएका संरचनाको व्यवस्थापन नहुँदा, निर्माण सामग्री ल्याएर जथाभावी राख्दा र खाल्डा खन्दै छाड्ने गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पुरानो बानेश्वरदेखि भीमसेनगोलासम्म सवारी चलाउनै नसकिने अवस्था छ। अन्य स्थानमा पनि खाल्डाखुल्डीका कारण दैनिक दुर्घटना हुने गरेको छ।

आयोजना प्रमुख झाले निर्माण क्रममा ढिला भएको स्विकार्दै भने, 'समयमै काम नहुँदा धेरैले दुःख पाएका छन्, हामीले छिटो काम सक्न ठेकेदार कम्पनीलाई भनिरहेका छौं।' उनले निर्माण अगाडि बढाइसकेकाले छिट्टै उक्त खण्ड बन्ने जनाए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस