गृहमा एक चौथाइ कर्मचारी अभाव
१० पौष २०७८
•
३ मिनेट पाठ
गृहमा एक चौथाइ कर्मचारी अभाव
गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिलासुस्ती हुन थालेको छ।त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्।




कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको छ। तर सो मन्त्रालयले कर्मचारी पठाउन नसकेको गृहका उच्च अधिकारीहरू बताउँछन्। गृह स्रोतका अनुसार खासगरी शाखा अधिकृत र नायब सुब्बासरहका कर्मचारीको अभाव देशभर खड्किएको छ।

संगठन तथा व्यवस्थापन सर्भेअनुसार देशभर गृह र मातहतका निकायमा कार्यालय सहयोगीदेखि सचिवसम्म ४ हजार ५ सय दरबन्दी छन्। कुल दरबन्दीमध्ये १ हजार २ सयभन्दा बढी दरबन्दी रिक्त रहेको गृह स्रोतको भनाइ छ। मन्त्रालयका अनुसार शाखा अधिकृत तहका कर्मचारीका दरबन्दी ५ सय ३९ छन्। तीमध्ये १ सय २० दरबन्दी रिक्त रहेको जनाइएको छ। यसैगरी १ हजार ८ सय नायब सुब्बासरहका दरबन्दीमध्ये करिब ३ सय रिक्त छन्।

गृह प्रवक्ता प्रदीप कोइरालाले गृहमा ठूलो संख्यामा कर्मचारी अभाव भएको बताए। रिक्त कर्मचारी परिपूर्ति गर्न संघीय मामिला मन्त्रालयको ध्यानाकर्षण गराएको बताए। खाली दरबन्दी विवरण लोकसेवा आयोगमा समेत पठाइसकिएको उनको भनाइ छ। ‘मन्त्रालयमातहतका सेवामा ढिलासुस्ती नहोस्, बरु थप प्रभावकारी बनाउन सकियोस् भनेर दरबन्दीअनुसार कर्मचारी पठाउन आग्रह गरेका हाैँ,’ प्रवक्ता कोइरालाले भने। मन्त्रालयका अर्का एक कर्मचारी उपत्यकाबाहिर सबैतिर कर्मचारीको अभाव रहेको बताउँछन्। त्यसमा पनि दुर्गम हिमाली जिल्ला र प्रदेशमा कर्मचारीको अभाव झनै खड्किएको उनको भनाइ छ।

मन्त्रालयका अनुसार सरकारले ई–पासपोर्टको व्यवस्था लागु गरेपछि राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीको भिड ह्वात्तै बढेको छ। ई–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर लिनुपर्ने बाध्यता सरकारले बनाएको छ। यसकारण देशभर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ। गृहले देशका ७७ वटै जिल्ला प्रशासनमार्फत राष्ट्रिय परिचयपत्र दिन सक्ने व्यवस्था गरेको छ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि गृहका कर्मचारीले सहजीकरणको काम गर्दै आएका छन्। त्यस काममा कर्मचारीको अभाव भएको गृह स्रोतको भनाइ छ। गृहका एक कर्मचारीले भने, ‘केही ठाउँमा राष्ट्रिय परिचयपत्र लिन बिहान ४ बजेदेखि नै लाइन लाग्ने गरेको देखियो।’ राष्ट्रिय परिचयपत्रबाहेक गृहबाट प्रदान गरिने नागरिकतालगायत अन्य सेवामा पनि कर्मचारीको अभाव भएकाले सेवा प्रवाह छिटोछरितो हुन नसकेको गृहकै कर्मचारीहरू बताउँछन्।

संघीय मामिला मन्त्रालयले कुनै समन्वय नगरी गृह र मातहतका प्रशासन समूहका कर्मचारीहरूलाई बाहिरका कार्यालयमा सरुवा गर्ने गरेकाले कर्मचारीको अभाव खड्किएको गृहका एक उपसचिवले बताए। यस विषयमा गृहले संघीय मामिलालाई चिठी पठाएरै समन्वय गरेर मात्र सरुवा गर्न आग्रह गरिसकेको छ। साथै, गृहले मंसिर ८ गते अर्को चिठी लेखेर मातहतका कर्मचारीलाई अन्यत्र गरिएको सरुवा रद्द गरी पूर्ववत् स्थानमै पठाउन सामान्यसँग आग्रहसमेत गरेको छ।

गृहका ती उपसचिवले सहायक प्रजिअ पदमा सरुवा गरी पठाएका करिब आधा दर्जन उपसचिवसरहका कर्मचारी सो पदमा जान नचाहँदा पहुँचका भरमा अन्य मन्त्रालयमा सरुवा हुन सफल भएको उल्लेख गरे। ‘यस्तो भएपछि जिल्लामा हामीले कसलाई पठाउने’, उनले भने।

सरुवा भएको ठाउँमा जान अटेर गर्ने कर्मचारीलाई संघीयले उल्टै आकर्षक कार्यालयमा पठाउने प्रवृत्तिले गृहमा कर्मचारीको अभाव बढेको ती कर्मचारीको तर्क छ। गृह प्रवक्ता कोइरालाले भने गृह र सामान्यबीच कुनै असमझदारी नरहेको दाबी गरे। गृहका अनुसार उपसचिव र त्यसभन्दा माथिल्ला पदमा कर्मचारी अभाव छैन।

यता सामान्यका उच्च अधिकारीहरू आफूहरूसँग पर्याप्त कर्मचारी नभएकाले माग भएअनुसार कर्मचारी पठाउन नसकिएको बताउँछन्। अघिल्लो साता अर्थ मन्त्रालयले गरेको पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयसम्बन्धी कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कुल दरबन्दीको ४० प्रतिशत कर्मचारी रिक्त रहेको जानकारी गराएका थिए।

संघीय निजामती सेवा ऐन नआउँदा तीन तहको सरकारमा ठूलो संख्यामा कर्मचारीको अभाव भएको संघीय मामिला मन्त्रालयका अधिकारीहरूको भनाइ छ। हरेक वर्ष करिब ३ हजारभन्दा बढी कर्मचारीले अवकाश लिन्छन्। लोकसेवा आयोगले कर्मचारी भर्ना लिइरहेका बेला सर्वोच्चमा रिट परेपछि भर्ना प्रक्रिया पनि अवरोध भएको छ।
अर्को समाचार
सिंहदरबारका कर्मचारी कटौती गर्न प्रधानमन्त्रीलाई नै सकस
२८ माघ २०८०
•
३ मिनेट पाठ
सिंहदरबारका कर्मचारी कटौती गर्न प्रधानमन्त्रीलाई नै सकस
पाँच वर्षअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा संघको मातहतमा करिब ४८ हजार दरबन्दी कायम गरिएको थियो। हरेक वर्ष त्यो संख्या बढ्दै गएको छ। संघीय मामिला मन्त्रालयका अनुसार यतिबेला संघमा कर्मचारीहरूको दरबन्दी ५३ हजार तीन सय ८२ पुगेको छ। यसबाट पाँच वर्षको अवधिमा संघमा कर्मचारीहरूको दरबन्दी पाँच हजारभन्दा बढी बढेको पाइएको छ।




चालु आर्थिक वर्षको बजेटमा सरकारले संघमा कर्मचारीको दरबन्दी कटौती गर्ने र यसका लागि संघको मातहतमा रहेका सबै निकायले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गर्ने घोषणा गरेको थियो। तर, केन्द्रमा कार्यरत कर्मचारी त्यसमा पनि सिहंदरबारमा कार्यरत कर्मचारी कटौती गर्ने प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई फलामको च्युरासरह भएको छ।

कर्मचारी कटौतीको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै गर्ने भन्दै मन्त्रिपरिषद्को गत पुस १२ गते बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओएनएम परिमार्जन गरी ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो।
निर्णय गरेको डेढ महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन। संघीय मामिला मन्त्रालयका उपसचिव रूपनारायण खतिवडाका अनुसार शुक्रबार साँझसम्म पनि प्रधानमन्त्री कार्यालयमा कर्मचारी कटौती गर्ने प्रस्ताव प्रमाणीकरण भई मन्त्रालयमा आइपुगेको छैन।

उक्त प्रस्ताव मन्त्रालयमै नआएपछि राष्ट्रिय किताबखानामा पठाउन सकिएको छैन। किताब खानामा पठाएपछि मात्र कर्मचारी कटौती गर्ने प्रस्ताव कार्यान्वयनको चरणमा जान्छ। त्यसैले उक्त प्रस्ताव कहिले कार्यान्वयन हुन्छ, यसको टुंगो छैन।

खतिवडाका अनुसार महिला मन्त्रालय मातहतको महिला विकास विभाग खारेज गर्ने र सञ्चार मन्त्रालय मातहतमा एउटा छुट्टै कार्यालय राष्ट्रिय साइबर सुरक्षा केन्द्र गठन गर्ने प्रस्ताव मात्र प्रधानमन्त्री कार्यालयबाट प्रमाणीकरण भई सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको छ।

सञ्चार मन्त्रालयले हुलाक सेवाअन्तर्गतका एक हजार ६ सय ७५ दरबन्दी कटौती गर्ने प्रस्ताव तयार गरेको छ। उक्त प्रस्ताव संघीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्मा तत्कालै लग्ने तयार गरेको छ। अन्य मन्त्रालयले तयार गरेको ओएनएम प्रस्ताव संघीय मामिला मन्त्रालयमार्फत नै मन्त्रिपरिषद्मा लग्नुपर्ने नियममा व्यवस्था छ।
हुलाक सेवाका दरबन्दी कटौती गर्ने प्रस्तावमा अर्थ मन्त्रायले समेत सहमति दिइसकेको छ। मन्त्रालयका अनुसार देशभरका तीन हजार ७४ वटा अतिरिक्त हुलाक यही वर्षबाट खारेज हुने भएका छन्। यसबाट हुलाक प्रतिनिधि, डाँकबाहक जस्ता पदमा कार्यरत करिब ११ हजार हुलाकीले यसै वर्षबाट बिदा पाउने भएका छन्।

मन्त्रालयका अनुसार संघको मातहतमा रहेका ४२ निकायमध्ये ३० निकाय ओएनएम सर्भे गर्ने प्रक्रियामा छन। बाँकी १२ निकायले सर्भेको प्रक्रिया नै सुरु गरेका छैनन। ४२ निकायमा संघ मातहतका मन्त्रालय, राष्ट्रिय आयोग, योजना कार्यालय तथा अन्य कार्यालय पर्छन्। जबकि मन्त्रालयले ओएनएम सर्भे गर्न सबै मन्त्रालय तथा निकायलाई गत असारमै परिपत्र गरेको थियो। उक्त परिपत्रलाई १२ वटा निकायले आलटाल गरिरहेका छन्।

मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्याल्यमा कर्मचारी कटौती गर्ने प्रस्ताव कार्यान्वयन नगर्न पहुँचवाला सचिव तथा सहसचिवले दौडधुप सुरु गरेका छन्। निर्णय कार्यान्वयन हुनेबित्तिकै तीन सचिव, दुई सहसचिव, ३७ जना उपसचिवसहित ६८ जना कर्मचारी प्रधानमन्त्री कार्यालयबाट बिदा हुनेछन्। तर उनीहरू बिदा हुन चाहेका छैनन्। त्यसैले यो निर्णय अलपत्र अवस्थमा पुगेको हो।

हाल प्रधानमन्त्रीको कार्यालयमा एकनारायण अर्याल, अर्जुन पोखरेल, लिलादेवी गडतौला, मणिराम गेलाल, गणेश पाण्डे र खगेन्द्र नेपाल गरी ६ जना सचिव छन्।
यसैगरी प्रम कार्यालयमा एक इञ्जिनियर (प्राविधिक)को पनि दरबन्दी छ। अब इञ्जिनियरको दरबन्दी हट्ने भएको छ। हाल यस पदमा सरजुकुमार बैद्य कार्यरत छन्।

तत्कालीन सचिव रमेश सिंह प्रधानमन्त्री कार्यालयमा तानिएका बेला उनका लागि इञ्जिनियर समूहको दरबन्दी सिर्जना गरिएको थियो। हाल प्रधानमन्त्रीको कार्यालयमा कर्मचारीको कुल दरबन्दी दुई सय ९५ छ । यसबाहेक करिब ७० जना करारमा कर्मचारी कार्यरत छन्। दुई सय ३५ बाट ६८ घटाउदा अब प्रधानमन्त्री कार्यालयमा एक सय ६७ जना मात्र कर्मचारी कार्यरत हुनेछन् ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस