तीव्र पुनर्निर्माणमा जोड
१७ पौष २०७८
•
१ मिनेट पाठ
तीव्र पुनर्निर्माणमा जोड
२०७२ सालको महाभूकम्पले भत्केका भौतिक संरचनाहरुको तीव्र पुनर्निर्माण गर्न जोड दिइएको छ। ग्रिल तथा स्टील व्यवसायी संघ भक्तपुरको शनिबार भएको नवौं वार्षिक साधारणसभाका वक्ताहरुले भूकम्प गएको यति लामो वर्ष हुँंदा पनि अहिलेसम्म पुनर्निर्माणले पूर्णता पाउन नसकेको भन्दै दुःख व्यक्त गरे। त्यसकारण पुननिर्माण तीव्रता दिनुपर्ने आवश्यकता उनीहरुले औंल्याए। वक्ताहरुले छिटो निर्माणका लागि इको प्यानलको प्रयोगमा जोड दिए।  




ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले भूकम्पपछिको तीव्र पुनर्निर्माण आवश्यक भएको बताए। जसरी भए पनि भूकम्पले क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण यथाशक्य छिटो हुनुपर्नेमा उनले जोड दिए। त्यसका लागि छिटो निर्माण सम्पन्न गर्न सकिने निर्माण सामग्रीहरुको प्रयोग उपयुक्त हुनसक्ने उनले बताए। तीमध्ये इको प्यानल पनि एक भएको उनले सुनाए।  

नयाँं प्रविधि भित्र्याउन सरकारले केही सहुलियत दिनुपर्ने खाँंचो उनले औंल्याए। उनले फलामजन्य वस्तुको अनियन्त्रित मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।  

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले इको प्यानल तीव्र पुनर्निर्माणको पर्याय भएको बताए। इको प्यानलको प्रयोगबाट तीव्र पुनर्निर्माण सम्भव हुने उनले बताए। कारखानामा पहिला नै तयार पारेर निर्माणस्थलमा जोड्न मात्रै लगे पुग्ने भएकोले इको प्यानलको प्रयोगबाट तीव्र निर्माण सम्भव हुने उनले बताए। कार्यक्रमका सभापति एवं आयोजक संघका अध्यक्ष इश्वरबहादुर खड्काले फलामजन्य वस्तुमा काम गर्ने व्यवसायीहरुको विविध समस्याबारे चर्चा गरे।
अर्को समाचार
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
५ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मारेर १४ जनालाई पक्राउ गरेको छ।




व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा १३ महिला र एक पुरुष छन्। उनीहरूमध्ये १३ जना नेपाली र एक जना बंगलादेशी नागरिक रहेका छन्।

पक्राउ पर्नेमा रामेछापकी २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोटकी २६ वर्षीया सुवु गुरुङ, खोटाङकी २५ वर्षीया चन्द्र बस्नेत, भोजपुरकी ३० वर्षीया पार्वती खत्री, नवलपरासीकी २० वर्षीया पूर्णिमा भोटे, काभ्रेपलान्चोककी २४ वर्षीया पबिना खड्का र दोलखाकी ३१ वर्षीया अनु तामाङ छन्।

त्यस्तै रामेछापकी २३ वर्षीया कविता मगर, २१ वर्षीया सविता बोहरा, झापाकी ३३ वर्षीया अम्बिका कार्की, नुवाकोटकी २१ वर्षीया शर्मिला गिरी, धादिङकी २० वर्षीया रोसनी भुजेल र ३० वर्षीया मिना भुजेल पक्राउ परेका छन्।

पक्राउ पर्ने अर्का व्यक्ति बंगलादेशका ३८ वर्षीय मसुद राना हुन्। उनी काठमाडौंको ठमेलमा बस्दै आएका थिए।

प्रहरीले पक्राउ परेका १४ जनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी दानबहादुर थापाले जानकारी दिएका छन्।

काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस